AnonymousUser

Logout

सर्लाहीको ब्रह्मपुरीमा स्कुल बसले किचेर बालिकाको मृत्यु

ईश्वरपुर नगरपालिका–१, चौलिखामा रहेको टेमुको एकेडेमीमा अध्ययनरत छात्रालाई घर पुर्‍याउन गएको स्कुल बसले ओर्लने क्रममा किचेको प्रहरीले जनाएको छ।

सुक्खा पहिरोले डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

सडकको बीच भागमा ठूला ढुंगा खसेका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

थाइल्यान्डको खाद्य बजारमा गोली चल्दा ५ सुरक्षाकर्मीको मृत्यु

बैंककस्थित खाद्य बजारमा सोमबार दिउँसो भएको सामूहिक गोलीकाण्डमा पाँच सुरक्षाकर्मीको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन्।

वारेस राख्न अनुमति माग्दै माधव नेपालले दिएको निवेदन विशेष अदालतद्वारा अस्वीकृत

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जलिसँग सम्बन्धित १८ करोड ५८ लाख बिगो मागदाबी गरिएको भ्रष्टाचार मुद्दामा वारेस राख्न दिएको निवेदन विशेष अदालतले अस्वीकृत गरेको छ।

‘संघीयता कार्यान्वयनअघिको बेरुजु फर्छ्यौट गर्न सकिँदैन, विकल्प खोजियोस्’

संविधान कार्यान्वयनपछि धेरै संरचना खारेज भई जिम्मेवारी तल्लो तहमा हस्तान्तरण भए पनि अहिलेसम्म संघीय मन्त्रालयहरूले ती निकायको बेरुजुको भार खेपिरहेकाले यस विषयमा निकास खोज्नुपर्ने सचिवहरूले बताएका छन्।

उपल्लो मुस्ताङ पुगेका विदेशी पर्यटकबाट २९ करोड राजस्व

उपल्लो मुस्ताङ भ्रमण गरेका चार हजार २१९ विदेशी पर्यटकबाट सरकारले २९ करोडभन्दा बढी राजस्व संकलन गरेको छ।

सांसदको मुख्य जिम्मेवारी कानून बनाउने, तर त्यसैमा चुक्छन्

सांसदहरूले सभामा पेश भएका विधेयक नपढ्ने, एउटा विषयको विधेयकलाई अर्कै ठानेर बोल्ने र पारित विधेयकका प्रावधान नै थाहा नपाउने उदाहरण धेरै छन्। विधि र कानून निर्माणमा किन भइरहेको छ कमजोरी?

सिन्धुलीमा एकै परिवारका १६ जना सम्पर्कविहीन, खोजतलास गर्दै प्रहरी

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बाट एकै परिवारका १६ जना सदस्य सम्पर्कविहीन भएका छन्। प्रहरीले स्थानीयसँग मिलेर उनीहरूको खोजी शुरू गरेको छ।

कोशीमा ३ हजारभन्दा बढी डेंगी संक्रमित, ३ जनाको मृत्यु

कोशी प्रदेशअन्तर्गत पहाडी जिल्लामा डेंगी संक्रमित न्यून रहे पनि तराईका चार जिल्लामा बढी रहेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

सोमबार नेप्से परिसूचक २.०७ अंकले घटेर २९६२.१३ को बिन्दुमा पुगेको छ।

गोसाइँकुण्डमा स्नानका क्रममा डुबेका दुई युवाको शव फेला

रसुवास्थित गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका मोरङका दुई युवाको शव सोमबार निकालिएको छ।

ट्राफिक नियम नमान्दा गन्तव्यमा नपुग्दै गुम्छ जीवन

सिन्धुलीका प्रमुख राजमार्गमा तीव्र गति, ट्राफिक नियमको बेवास्ता र जनचेतनाको कमीका कारण पछिल्लो एक वर्षमा ३० जनाभन्दा बढीको ज्यान गएको छ भने ५२२ जना घाइते भएका छन्।

नेपालमा एमसीसीको निरन्तरता

अर्थमन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै एमसीसीको निरन्तरताबारे औपचारिक जानकारी गराएको छ।

सर्वोच्चको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस

न्याय सेवा आयोगको सोमबार बिहान बसेको बैठकले सर्वोच्चको मुख्य रजिस्ट्रारसहित विभिन्न पदमा नियुक्ति सिफारिस गरेको हो।

स्वर्णदेशः रंगमञ्चमा ‘डंकी रुट’

जति परिस्थिति असहज हुँदै जान्छ, त्यति सहयात्रीहरूमा आपसी विश्वास र सहयोग भंग हुँदै जान्छ। फेरि एक अर्कालाई भरोसा गर्नुको विकल्प पनि हुँदैन। नयाँ यात्री जोडिन्छन्। आफ्नै साथी छुट्न्छन्।

वर्षाका कारण देशभरका ८ राजमार्ग पूर्णरूपमा अवरुद्ध

प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मुख्य राजमार्ग अवरुद्ध भएका हुन्।

गाजामा भोकमरी, हजाराैँ बालबालिका कुपोषणको शिकार

गाजामा बढीरहेको भोकमरीबारे अन्तर्राष्ट्रिय निन्दाको सामना गरिरहेको इजरायलले हवाईजहाजबाट सहायता सामग्री खसाल्न थालेको छ।

वीरगन्ज नाकाबाट १५ अर्बभन्दा धेरैको धान–चामल आयात

वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा धान र चामल दुवैको आयातमा वृद्धि भएको छ।

भद्दा प्रहसनको पटाक्षेप

विद्याका मन्तव्य र वक्तव्यहरूको विश्लेषण गर्ने हो भने स्पष्ट हुन्छ कि उनी एमाले नै थिइन् र हुन्। उनलाई राष्ट्रपतिमा पनि एमालेले नै पठाएको हो। राष्ट्रपति हुँदा पनि उनले एमालेकै निर्देशन र पक्षमा काम गरिन्।

इंग्ल्यान्ड बन्यो युरो च्याम्पियन

इंग्ल्यान्डले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ गोलअन्तरले हराउँदै  महिला युरो २०२५ को उपाधि जितेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।