AnonymousUser

Logout

कर्णाली विकास बैंक घोटाला प्रकरणमा मिश्र पक्राउ

विसं २०६६ देखि ०७५ सम्म बैंकको अध्यक्ष रहेका पशुपति दयाल मिश्र अहिले नेकपा (एमाले)का केन्द्रीय सदस्य हुन्।

बांग्लादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय

बांग्लादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना मुद्दामा छ महिनाको जेल सजाय सुनाइएको छ।

सबै उपसमूहसहित ३४ अंकले बढ्यो नेप्से

आज १.२९ प्रतिशतको वृद्धिपछि नेप्से २,६९४.८२ को बिन्दुमा कायम भएको हो।

कुलिङ पिरियडसम्बन्धी व्यवस्था सच्च्याउन राष्ट्रियसभालाई अनुरोध गरिने

राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडसम्बन्धी व्यवस्था सच्च्याउन राष्ट्रियसभालाई अनुरोध गर्ने निर्णय गरेको छ।

बाँदरले दु:ख दिएपछि कागुनो खेती गर्न थाले कृषक

पोखरा महानगरपालिका–२८ काफलघारीका कृषक बाँदरको बढ्दो समस्यालाई दृष्टिगत गर्दै कागुनोखेतीतर्फ आकर्षित भएका छन्।

मोटरसाइकलमा ढुवानी: चालकले नै नबुझे कसले बुझ्ने?

अग्ला प्लाइउड, सिसा, झ्यालका चौकोस, खसीबोका, सुँगुर, कुर्सीका थाक, ठूला सुटकेश बोकेका यात्रुलाई पछाडि राखेर मोटरसाइकल कुदाउँदा दुर्घटनाको जोखिम बढेको छ।

संविधानसभा सदस्य रामअयोध्या यादवको निधन 

मधुमेह रोगबाट पीडित यादवको वीरगन्ज हेल्थकेयर हस्पिटलमा उपचारका क्रममा बुधबार बिहान निधन भएको छ।

कञ्चनपुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराका अनुसार ठक्कर दिने जिप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते, १ गम्भीर

वडाध्यक्ष रत्नबहादुर खत्रीका अनुसार स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा हस्तबहादुरसहित पाँच जना घाइते भएका छन्। 

संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको फैसला आज

अध्यादेशबाट संवैधानिक परिषद्सम्बन्धी व्यवस्था संशोधन गर्नु गैरसंवैधानिक भएको जिकिर गर्दै सर्वोच्चमा अधिवक्ता ओमप्रकाश अर्यालसमेतले १५ वटा रिट दायर गरेका थिए।

एसईई: शिक्षाको अवधारणामै गम्भीर समीक्षा जरुरी

बिहानै एक भारी घाँस या एक डोको दाउरा बटुलेर आफै खाना तयार गरी हतार–हतार घन्टौँ परको स्कुल भ्याउने विद्यार्थीले प्राप्त गर्ने उपलब्धिलाई अन्य विद्यार्थीको उपलब्धिसँग तुलना गर्नु कत्तिको न्यायसंगत छ?

बुकीपाटनमा पदमार्ग र काठेपुल, पर्यटकलाई सहज

साँघुरो गोरेटोमा गोठाला र वस्तुभाउ हिँड्ने गर्थे। अहिले विभिन्न स्थानमा विश्रामस्थल, पदमार्ग र काठेपुल निर्माण भएपछि गोठाला र पर्यटकलाई सहज भएको छ।

देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनाङमा राम्रो खेतीपातीको कामनासहित मनाइँदै ‘यार्तुङ’ पर्व

खेतीबाली लगाइसकेपछि किसानको थकान मेटाउन र राम्रो उत्पादनको कामनाका लागि ‘यार्तुङ’ अर्थात् घोडेजात्रा पर्व मनाउने चलन छ।

जुम्लाको राक्से पाटनमा पहिरोमा पुरिए एउटा घोडा र १३ भेडा

जुम्लाको तातोपानी गाउँपालिका–८, राक्सेस्थित पाटनमा सोमबार दिउँसो ४ बजे पहिरो जाँदा १३ भेडा र एउटा घोडा पुरिएर मरेका छन्।

हिमतालको जोखिम घटाउन जीसीएफको ५ अर्ब अनुदान

नेपालले जोखिमयुक्त चार हिमतालको सतह घटाउन र जलवायुजन्य विपद् न्यूनीकरणका लागि हरित जलवायु कोषबाट करिब पाँच अर्ब रुपैयाँ (३.६२ करोड अमेरिकी डलर) अनुदान पाउने भएको छ।

सर्पदंशका बिरामीः अस्पताल टाढा, मृत्यु नजिकै

बर्सेनि हात्ती, गैँडालगायत जनावरको आक्रमणबाट भन्दा धेरै मानिसको मृत्यु सर्पदंशबाट हुन्छ। तर चिकित्सक नै उपचारमा अभ्यस्त नहुँदा र सर्पदंश केन्द्र पुर्‍याउन ढिला हुँदा धेरै बिरामीको ज्यान बाटोमै जान्छ।

मनसुनको एक महिना: ६७४ घटनामा ३१ जनाको मृत्यु, ११२ घाइते

यसपालिको मनसुन शुरू भएयता एक महिनामा ६७४ विपद्का घटना भएका छन् भने २६ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ।

ट्रम्पको सहायता कटौतीले १ करोड ४० लाख मानिसको मृत्यु हुनसक्छ: अध्ययन

ट्रम्प प्रशासनको ‍विदेशी सहायता कटौतीका कारण सन् २०३० सम्ममा १ करोड ४० लाखभन्दा बढी मानिसले ज्यान गुमाउन सक्ने ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययनले प्रक्षेपण गरेको छ।

मेवा बेचेर आम्दानी गर्दै दाङको कृषि सहकारी

घोराही–४ गोग्लीमा रहेको बलिदान कृषि सहकारीले मेवाका बिरुवा र फल बिक्री गरेर आम्दानीसँगै आफ्ना सदस्यलाई रोजगारी दिँदै आएको छ।