AnonymousUser

Logout

लिग२: नेदरल्यान्ड्समाथि नेपालको लगातार दोस्रो जित

स्कटल्यान्डको डन्डीस्थित फोर्टहिल क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९.२ ओभरमा अलआउट हुँदै २२० रनमा समेटियो। 

१० महिनामा प्रदेश सरकारले गरे १ खर्ब रुपैयाँ खर्च

संघीय सरकारले प्रदेश सरकारका लागि वित्तीय समानीकरण अनुदान ६० अर्ब रुपैयाँ, सशर्त अनुदान २५ अर्ब ८४ करोड र पूर्वाधारका आयोजना कार्यान्वयन गर्न समपूरक अनुदान ६ अर्ब २० करोड रुपैयाँ उपलब्ध गराएको थियो।

पाकिस्तानले २० प्रतिशतले बढायो रक्षा बजेट

भारतसँग पछिल्लो महिनाको तनावपूर्ण संघर्षपछि पाकिस्तानले रक्षा खर्चमा २० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ।

एशियन कप छनोट : नेपाल लाओससँग पराजित

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल लाओसँग पहिलो पटक पराजित भएको हो।

काठमाडौँ महानगरको केन्द्रीय कार्यालयकै पिउने पानीमा भेटियो कोलिफर्म

खानेपानीमा कोलिफर्म भेटिएपछि २ लाख जरिबानासँगै काठमाडौँ महानगरले आपूर्तिकर्तासँगको सम्झौता पनि भंग गरेको छ। 

नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको लक्ष्य

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३६ रन बनायो।

समावेशी नीति नबने एआईले असमानता बढाउन सक्ने

नेपालमा काम खोजिरहेका युवा एआईप्रति उत्सुक भए पनि डिजिटल ज्ञानको कमी, डाटा सुरक्षा, मानसिक स्वास्थ्य तथा अनलाइन प्लेटफर्मका खतराबारे जानकार नहुँदा उनीहरू जोखिममा पर्नसक्ने प्रतिवेदनले औँल्याएको छ।

को–को हुन् प्रहरीले गोली हानेर समातेका लागुऔषध कारोबारी?

हवाई फायर गर्दा पनि उत्तेजित भएर प्रहरीमाथि आक्रमण गर्न नछाडेपछि तीन राउन्ड गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नेपाल र साउदी अरेबियाबीच श्रमिक लैजानेसम्बन्धी नयाँ दुई सम्झौता

श्रममन्त्री भण्डारीले घरेलु श्रमिकको सम्झौतालाई थाती राखेर सामान्य र सीपयुक्त श्रमिकको सीप प्रमाणीकरण कार्यक्रमसम्बन्धी तत्काल दुई वटा सम्झौता गर्न साउदी अरब तयार भएको बताए।

सर्वोच्च अदालतमा ३ न्यायाधीश सिफारिस

न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ।

एक्सक्लुसिभ

नेपाल प्रिमियर लिग : अपारदर्शिताको बलिङ, भ्रष्टाचारको ब्याटिङ

खेलाडी, खेलप्रेमीदेखि खेलकुदमा लगानी गर्न इच्छुक कर्पोरेट क्षेत्रसम्मको आत्मविश्वास ह्वात्तै बढाइदिएको नेपाल प्रिमियर लिग कसरी अपारदर्शी खेल र अनियमितताको दलदलमा फस्यो? को छन् यसका पछाडि?

मान्छेको रौँभन्दा पनि पातलो भ्वाइलिन

यस प्रकारको न्यानो टेक्नोलोजीलाई अगाडि बढाउन सकिए भविष्यमा शरीरमा औषधि पुर्‍याउन, साना शल्यक्रिया गर्न र चिकित्सा मेसिनहरू सुधारमा प्रयोग गर्न सकिने वैज्ञानिकहरूको भनाइ छ।

अस्ट्रियाको स्कुलमा गोली चल्दा ९ जनाको मृत्यु‍

अस्ट्रियामा स्कुलमा गोली चल्दा ९ जनाको मृत्यु भएको छ भने धेरै विद्यार्थी र शिक्षक गम्भीर घाइते भएका छन्।

१० महिनामा भित्रियो १३ खर्ब ५६ अर्ब रेमिट्यान्स

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको जनाएको छ।

फन्टे खोलामा नगरपालिकाको मनोमानीः छोपिएको आधा भाग खुलाएर अलपत्र

दुई वर्षअघि ह्युमपाइप बिछ्याएर पुरिएको खोलालाई गत चैतमा गोदावरी नगरपालिकाले खुला गर्ने निर्णय गरेको थियो। तर खोलै पुरेर बनाइएको सडकको आधा भागबाट मात्र ह्युमपाइप निकालिएको छ।

कोशी प्रदेशबाटै पूर्वी एशियातर्फ फर्कियो मनसुन

पूर्वी एशिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु कोशी प्रदेश बाट उता फर्किएको मौसमविद्ले बताएका छन्। 

बेलायत र क्यानडा पठाइदिन्छु भन्दै ११ करोड ठगी आरोपमा ३ जना पक्राउ

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-२ का रवीन्द्र वासुकला, मोरङ रतुवामाई नगरपालिका-१० का लक्ष्मण पराजुली र धनुषा सबैला नगरपालिका-१२ घर भएका अरुणराज शर्मा रहेका छन्। 

तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य

चाँदीको मूल्यमा पनि केही फेरबदल भएको छ। एक तोला चाँदी २ हजार १५० मा कारोबार भइरहेको छ।

बीपी कोइराला क्यान्सर अस्पतालले यसरी व्यवस्थापन गर्दैछ फोहोर

माइक्रोवेभ टेक्नोलोजी आफैमा सुरक्षित भएकाले यसले वातावरणीय प्रदूषण नल्याउने अस्पतालले जनाएको छ। मेसिनबाट निस्किने बाफलाई समेत हेपा फिल्टरमार्फत शुद्ध पारेर मात्र वातावरणमा छाड्ने गरिएको छ। 

राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ भदौमा आउने

हमालको ३५ वर्ष लामो फिल्म करिअर, अहिलेसम्म सार्वजनिक नभएको उनको व्यक्तिगत जीवन, परिवार एवं समाज र अन्य विभिन्न विषय पुस्तकमा समेटिएको छ।