AnonymousUser

Logout

बाबु र छिमेकीको हत्या आरोपमा एक जना पक्राउ

कोदालो प्रहार गरी बाबु र छिमेकीको हत्या गरेको आरोपमा सुनवल नगरपालिका–२ का हेमराज थारू पक्राउ परेका छन्।

भारतको कश्मीरमा बन्यो विश्वकै अग्लो रेलवे आर्क पुल

आइफेल टावरभन्दा ३५ मिटर अग्लो र कुतुब मिनारभन्दा लगभग पाँच गुणा उचाइ भएको यो पुल २८ हजार ६६० मेगाटन स्टील प्रयोग गरेर निर्माण गरिएको हो।

पतञ्जलिको जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएसँगै सूर्यविनायकका प्रमुख थापा निलम्बित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९३ जनालाई प्रतिवादी बनाएर दायर गरेको भ्रष्टाचार मुद्दामा नगरप्रमुख थापा पनि प्रतिवादी छन्।

बालकृष्ण खाण र टोपबहादुर रायमाझीसहित शरणार्थी प्रकरणका अभियुक्त अमेरिकाको ‘वाच लिस्ट’मा

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका मुख्य राजनीतिक पात्र र तिनका परिवारसमेतको अमेरिकी भिसा तथा आवागमन प्रक्रिया ‘वाच लिस्ट’मा परेको छ।   

सप्तरीमा डाँका समूहद्वारा लुटपाट, १ जनाको हत्या 

सप्तरीको सुरुंगा नगरपालिका–८ स्थित कान्तालाल चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको थियो। लुटपाटको प्रतिकार गर्दा चौधरीको हत्या भएको प्रहरीले जनाएको छ।

रामेछापमा मकैबालीमा फौजी किराको प्रकोप

मन्थली नगरापालिका, रामेछाप नगरपालिका, लिखु तामाकोशी, गोकुलगंगा, खाँडादेवी गाउँपालिकालगायत विभिन्न पालिकाका खेतबारीमा लगाइएको मकैमा फौजी किरा फैलिएको छ।

सप्तकोशीमा बेपत्ता एक गोताखोरको शव फेला

सशस्त्र प्रहरी जवान झापाका हरदेव राजवंशीको शव उनी बेपत्ता भएको स्थानभन्दा करिब तीन किलोमिटर तल नदी किनारमा भेटिएको हो।

भारत-पाक युद्धमा चिनियाँ संलग्नताले दक्षिण एशियामा पार्ने प्रभाव

चीनको सक्रिय सहयोगले पाकिस्तानलाई रणनीतिक लाभ भएको छ। जसको कारण अहिले आएर सम्पूर्ण दक्षिण एशियाको शक्ति सन्तुलन बिथोलिएको छ।

सप्तकोशीमा बेपत्ता गोताखोरको खोजी जारी

विपद् सेमुलेसन अभ्यासका क्रममा दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत हरदेव राजवंशी र नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सुरज साउद सप्तकोशीमा बेपत्ता भएका थिए। 

देशका अधिकांश स्थानको मौसम सफा रहने पूर्वानुमान

दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

फ्रान्सलाई हराउँदै स्पेन नेसन्स लिगको फाइनलमा

फ्रान्सलाई ५-४ ले हराउँदै स्पेन फाइनलमा पुगेको हो। स्पेनले अब उपाधिका लागि पोर्चुगलसँग खेल्नेछ।

ललितानिवासमा बयान मात्र लिएको अख्तियारले पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालविरुद्ध किन चलायो भ्रष्टाचार मुद्दा?

मन्त्रिपरिषद्को निर्णय क्षेत्राधिकारभित्र नपर्ने भन्दै ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसँग बयान मात्र लिएको अख्तियारले पतञ्जलि जग्गामा भने प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।

लुम्बिनीमा तीन वर्षमा १० अर्ब राजस्व संकलनको प्रक्षेपण

लुम्बिनी प्रदेशको आन्तरिक राजस्व संकलन तीन वर्षभित्र १० अर्ब पुर्‍याउन सकिने सम्भावना औँल्याउँदै राजस्व सुधार कार्यदलले विस्तृत प्रतिवेदन तयार पारेको छ।

कोशीमा उद्धार अभ्यासका क्रममा सशस्त्रका २ गोताखोर बेपत्ता

सप्तकोशी नदीमा उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरी बलका दुई गोताखोर बेपत्ता भएका छन्।

प्रतिनिधिसभामा विपक्षीको विरोध कायमै, बैठक शुक्रबारसम्म स्थगित

निर्धारित समयभन्दा झन्डै साढे चार घण्टा ढिला गरी बसेको प्रतिनिधिसभाको बैठक प्रारम्भ हुनेबित्तिकै प्रतिपक्षी सांसदले उठेर विरोध जनाएपछि सभामुखले बैठक शुक्रबारसम्मका लागि स्थगित गरेका छन्।

न्युजिल्यान्डको संसदमा हाका नाच्ने ३ माओरी सांसद निलम्बित

माओरी पार्टीका यी सांसदहरूले गत नोभेम्बरमा आदिवासी अधिकार समाप्त गर्ने भनिएको विधेयकको विरोधमा संसदमै हाका प्रदर्शन गरेका थिए।

कानून मिचेर कैदीलाई सजाय माफी, छुटेर फेरि अपराध

जघन्य अपराधमा संलग्नलाई राजनीतिक आस्था वा ‘पैसाको चलखेल’का आधारमा कानून विपरीत बाँकी सजाय छुट र माफी मिनाहा दिने गरिएको छ। यसरी छुटेका कतिपय फेरि अपराध गरेर जेलमै पुग्छन्।

लगानी बोर्डबाट ५७ अर्ब ६४ करोडको मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत

लगानी बोर्ड नेपालको ६४औँ बैठकले मुक्तिनाथ केबलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ। 

पतञ्जलि जग्गा हिनामिना प्रकरण : अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसहित को–कोलाई बनायो प्रतिवादी?

आयोगले पतञ्जलिको जग्गा प्रकरणलाई ४ मुख्य कसुरजन्य कार्यमा विभाजन गरी विश्लेषण गरेको छ। जसमा मालपोत, गुठी, भूमिसुधार मन्त्रालयका कर्मचारीदेखि तत्कालीन प्रधानमन्त्रीसम्म संलग्न रहेको आयोगको दाबी छ।

सुदूरपश्चिममा किट अभावले कोभिड परीक्षण प्रभावित

भारतमा कोभिड संक्रमण बढिरहेकाले खुला सिमानाकाका कारण सुदूरपश्चिममा पनि संक्रमणको जोखिम बढेको छ। बुधबार गौरीफन्टा नाकामा भारतबाट आएका ३६ जनामा कोभिड परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको थियो।