AnonymousUser

Logout

पन्जाबसँग गुजरात ११ रनले पराजित

पन्जाबका कप्तान श्रेयस ऐरले अविजित ९७ रन बनाए। ऐरले ४२ बलमा ९ छक्का र ५ चौका प्रहार गरेका थिए।

राजवंशको औसत आयु

चीनका अन्तिम सम्राट पुयीलाई १० वर्ष जेल हालेपछि उनकै पुरानो दरबार नजिकको बगैँचामा माली बनाइयो। बाँकी जीवन मालीकै काम गरेर बिताए।

साउनयता ५६ अर्ब बराबरको खानेतेल निर्यात

छिमेकी मुलुक भारतसँग मात्र नेपालले आठ महिनामा ५ खर्ब ६३ अर्ब ६७ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ।

यस्तो रहनेछ बुधबारको मौसम

दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

एशियन कप छनोट: नेपाल मलेसियासँग पराजित

एएफसी एशियन कप छनोटअन्तर्गत मंगलबार भएको खेलमा नेपाल मलेसियासँग पराजित भएको छ।

खड्का गाउँमा दुई समूहबीच भएको झगडामा १ जनाको मृत्यु, १६ जना पक्राउ

प्रहरीले काठमाडौँको खड्का गाउँमा सोमबार साँझ एक जनाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा १६ जनालाई पक्राउ गरेको छ।

बाँकेको नरैनापुरमा आगलागीबाट जले १७ घरगोठ

बाँकेको नरैनापुर गाउँपालिकामा मंगलबार आगलागीबाट १७ घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

दलहरूबीच सहमति नजुट्दा मधेश प्रदेशसभाको बैठक अनिश्चित

दलहरूबीच सहमति नजुट्दा मधेश प्रदेशसभा बैठक अनिश्चित बनेको छ।

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक ९ महिनादेखि अवरुद्ध

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार–खिवाङ–शिख–चित्रे सडकअन्तर्गत अन्नपूर्ण–५ घोप्टेखर्कमा गत असारमा पहिराले भत्काएको सडकमर्मत नहुँदा स्थानीय र पर्यटकलाई समस्या भएको छ।

देउवाको दबाबमा दोहोरिइरहने काण्ड

प्राविधिक र व्यवस्थापकको रूपमा हितेन्द्रदेव शाक्य विद्युत् प्राधिकरणभित्र कुलमान घिसिङभन्दा कमसल ठानिँदैनन्। तर सरकारको विवेकरहित र जनभावना विपरीतको निर्णयले शाक्य जनताको नजरमा खलनायक हुने खतरा छ।

बटेश्वरका तत्कालीन प्रशासकीय अधिकृत चौधरीसहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

अख्तियारले धनुषाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित ३ जनाविरुद्ध ६ लाख ४४ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ।

पूर्वी नाकाबाट प्लाइउड निर्यात ठप्प, पानीट्यांकीमा रोकिए ३४ वटा ट्रक

भारतले आयात हुने सामान बीआईएस प्रमाणित हुनुपर्ने नयाँ नियम लगाएपछि नेपालबाट प्लाइउड, सिमेन्टलगायत उत्पादनको निर्यात अवरुद्ध भएको छ।

म्यानपावरको किर्ते कागजातका कारण दुई नेपाली ४० दिनदेखि मुम्बईको जेलमा

वैदेशिक रोजगारीमा हिँडेका सर्लाहीका सद्दाम हुसेन र गुलबहार आलम ४० दिनदेखि महाराष्ट्र प्रहरीको थुनामा छन्। नाइस रेक्रुटिङ एजेन्सीले श्रम स्वीकृतिको नक्कली कागज बनाइदिँदा उनीहरू फन्दामा परेका हुन्।

भोजपुरमा ३ महिनापछि हवाई उडान

पुसबाट बन्द भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले मंगलबारदेखि उडान शुरू गरेको छ।

शेयर बजार पुनः ओरालो यात्रामा, ५८ अंकले घट्यो नेप्से परिसूचक

मंगलबार नेप्से परिसूचक ५८.०५ अंकले घटेर २५८२.७३ को विन्दुमा कायम भएको छ भने पाँच अर्ब १८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

मानवसँग द्वन्द्व बढेपछि क्यामरा ‘ट्यापिङ’बाट हिउँ चितुवाको अनुगमन गरिँदै

हिउँ चितुवाले दुःख दिइरहेको गुनासो आइरहेकाले स्थानीयको पशुधनको क्षति न्यूनीकरण र चितुवाको संरक्षणमा आवश्यक व्यवस्थापन गर्नेगरी क्यामरा ट्यापिङ गरी अनुगमन गरेको अन्नपूर्ण संरक्षण क्षेत्रले जनाएको छ।

मस्कुलर डिस्ट्रोफी उपचार तथा रोकथामको कार्ययोजना बनाउन सुझाव समिति गठन

मस्कुलर डिस्ट्रोफीको रोकथाम तथा बिरामी र परिवारलाई पुनर्स्थापनाका लागि आवश्यक नीति तथा कार्यक्रम तयार पार्न समितिलाई जिम्मेवारी प्रदान गरिएको छ।

‘चारैतिर अँध्यारो हुँदा कसले उज्यालो ल्याएको थियो, त्यो मात्रै हामीलाई थाहा छ’

‘नेताहरूले जसरी हामीलाई कसैले देख्दैन भनेर यो सबै गरिरहेका छन्, यसको हिसाबकिताब हुनेछ नै। यी घटनाक्रम र नेताराज त सबैले देखिरहेका छन्।’

तनहुँमा सवारी दुर्घटनाबाट ९ महिनामा ४८ जनाको मृत्यु

तनहुँमा चालु आर्थिक वर्षको फागुनसम्म भएका ४४ वटा सवारी दुर्घटनामा  ४८ जनाले ज्यान गुमाएका हुन्। ती दुर्घटनामा ८१ जना घाइते भएका छन्।

वीरगन्जबाट ८ महिनामा ५३ अर्ब २६ करोडका वस्तु निर्यात

चालु आवमा भटमासको तेल निर्यात बढेको छ। बितेका आठ महिनामा २८ अर्ब १९ करोड रुपैयाँ मूल्य बराबरको १३ करोड ४७ लाख १० हजार लिटर भटमासको तेल निर्यात भएको हो।