AnonymousUser

Logout

जलवायुका कारण सगरमाथा हिमक्षेत्र उच्च जोखिममा

इसिमोडको अध्ययनले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रले अभूतपूर्व हिमनदीको पग्लिने दर बढ्नेजस्ता समस्या भोगिरहेको देखाएको छ। यो दर पछिल्ला दशकमा पहिलेको तुलनामा ६५ प्रतिशतले बढेको देखिन्छ।

प्रदर्शनरत सबै पक्षलाई संयमित रहन मानव अधिकार आयोगको आग्रह

आयोगले विगतका केही अभ्यास हेर्दा शान्तिपूर्ण भनिएका प्रदर्शन पनि ध्वंसात्मक र हिंसात्मक हुन पुगेका तथ्यलाई ध्यानमा राखी आगामी दिनमा त्यस्ता हिंसात्मक गतिविधि हुन नदिन प्रदर्शनरत पक्ष सचेत हुनुपर्नेमा जोड दिएको छ।

काभा कप: अफगानिस्तानसँग नेपाल पराजित

ढाकामा आइतबार भएको खेलमा अफगानिस्तानले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो

आइतबार नेप्से परिसूचक ५.१९ अंकले बढेर २५०९.०४ बिन्दुमा कायम भएको छ।

नवनियुक्त २ मन्त्रीले लिए शपथ, १० सदस्यीय बन्यो मन्त्रिपरिषद्

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

नवलपुरमा तिहार अवधिमा २६ सवारी दुर्घटना, चार जनाको मृत्यु

कात्तिक १ देखि ८ गतेसम्म २६ वटा मोटरसाइकल, आठ वटा स्कुटरसहित तेलको ट्यांकर तथा अटो रिक्सालगायत ६ वटा सवारीसाधन दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

तीन महिनामा करिब चार खर्बको व्यापार घाटा

तीन महिनामा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ। यसै अवधिमा १३ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ बराबरको स्मार्टफोन पनि आयात भएको छ।

तिहारपछि ११ हजार ६०० ले घट्यो सुनको मूल्य

तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ र चाँदी तोलामा २६५ रुपैयाँले घटेको हो।

मन्त्रिपरिषद् विस्तार हुँदै

मौजुदा मन्त्रिपरिषद्मा ४ जना नयाँ मन्त्री थपिने भएका छन्। उनीहरूले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।

मूलधारका क्षेत्रीय सिनेमा, जो हुन् करोड क्लबका मालिक

भारतमा पछिल्लो समय क्षेत्रीय (रिजनल) चलचित्रको 'क्रेज' बढेको छ। कोभिडपछि विभिन्न ओटीटी माध्यममार्फत 'एक्स्पोज' पाएसँगै नेपाली सिनेमा हलमा पनि यस्ता चलचित्रले स्थान पाउने र दर्शक तान्ने गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्प मलेसियामा

एक हप्ता लामो एशिया भ्रमणका दाैरान ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि भेट गर्नेछन्। उनको यस भ्रमणलाई धेरै देशले चासोका साथ हेरिरहेका छन्।

पर्यटकको पर्खाइमा नदैगुफा

धार्मिक रूपमा पनि ऐतिहासिक महत्त्व बोकेको नदैगुफाबाट अग्ला-अग्ला हिमाल नियाल्न सकिन्छ।

विश्वकप लिग–२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएई शृंखलाको पहिलो खेलमा आज नेपालले बलियो टोली अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ।

फुकुयामाको सुशासनको मोडलमा ‘जेनजी’अघि र पछिको नेपाल

राणाकाल, पञ्चायतकाल र पुराना नेताले चलाएको लोकतन्त्रमा संरक्षक-ग्राहक सम्बन्धले सुशासनलाई बिगारेको छ। राणाकालमा संरक्षकका रूपमा राणाहरू हुन्थे र ग्राहकका रूपमा भारदार, कर्मचारी र व्यापारी हुन्थे।

आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन आग्रह

मनसुन सकिएर वर्षा हुन छाडेपछि देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको प्राधिकरणले जनाएको छ।

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना

कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

विपिन जोशीको सम्झनामा ‘विपिन चोक’ नामकरण

इजरायल–हमास युद्धमा हमासद्वारा अपहरणपश्चात् ज्यान गुमाएका विपिन जोशीको सम्झनामा 'विपिन चोक' नामकरण गरिएको छ।

छठ पर्वले जनकपुरका बजारमा केराको माग र मूल्य दुवै बढ्यो

अहिले स्थानीय महेन्द्रनगर, ढल्केवर, वीरेन्द्रबजार, गोदार, सबैला, बटेश्वर, लक्ष्मीनियाँका बजारमा केराको कारोबार बढेको छ। हाल जनकपुरधामलगायत मुख्य बजारदेखि ग्रामीण हाटबजारसम्म केरा किन्ने ग्राहकको भीड लागेको छ।

चिनियाँ दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्ने ईयूको घोषणा

अप्रिलदेखि बेइजिङले केही निश्चित निर्यातका लागि लाइसेन्स अनिवार्य गरेको छ, जसले विश्वव्यापी उत्पादन क्षेत्रहरूमा तरंग सिर्जना गरेको छ।

मनाङमा लेक लागेर भरियाको मृत्यु

मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर शनिबार एक जनाको मृत्यु भएको छ।