AnonymousUser

Logout

राष्ट्रियसभा: प्रकृति लम्सालको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिनको माग

सभाको आकस्मिक समयमा बोल्दै सांसदहरूले लम्सालको मृत्यु प्रकरणबारे गम्भीर छानबिन गर्नुपर्ने माग गरेका थिए।

प्रकृति मृत्यु प्रकरणः होस्टेलबाहिर उभिएका नेपाली विद्यार्थीले रातभरि गाली सुनिरहे

भुवनेश्वरस्थित केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि विश्वविद्यालयले निस्कासन गरेका नेपाली विद्यार्थीलाई २४ घण्टा नबित्दै फिर्ता बोलाएको छ। तर विद्यार्थी अझै त्रसित छन्।

ज्येष्ठ नागरिकलाई दन्त उपहार

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले ७० वर्ष माथिका आंशिक वा पूर्ण रूपमा दाँत नभएका ज्येष्ठ नागरिकलाई दन्त उपहार प्रदान गर्ने भएको छ।

जाजरकोटमा शुरू भयो भूकम्पपछिको पुनर्निर्माण

पश्चिम नेपालमा भूकम्पबाट क्षति भएका निजी घरहरूको विस्तृत विवरण संकलनमा विपद् अध्ययन केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय र प्राधिकरणबीच सम्झौता गरी काम भइरहेको छ।

तोलामा ७०० रुपैयाँले बढ्यो सुनको मूल्य 

छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सवारी दुर्घटना: ६ महिनामा १ हजार २३३ जनाको मृत्यु

लापरबाहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको संख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको छ।

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने

सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि साधारणतया बदली रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

ट्रम्पको उटपट्याङ कूटनीति, पेलानमा ‘वसुधैव कुटुम्बकम्’

धेरै विशेषज्ञहरू ट्रम्पको जीतलाई अमेरिकाको अन्तको रूपमा हेरिरहेका छन्। तिनको जीतलाई प्रजातान्त्रिक मूल्यहरूको हारसित तुलना गरिरहेका छन्।

क्यानडामा ८० जना सवार जहाज पल्टियो, १७ घाइते

क्यानडाको टोरन्टो पियरसन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा डेल्टा एयरलाइन्सको जहाज पल्टिएको छ।

ज्यालामा विभेद भोगेपछि ठेकेदार बनेकी पार्वती

घर तथा विभिन्न संरचना निर्माणमा पुरुषसरह मजदुरी गर्दा पनि महिला भएकाले ज्याला कम पाउन थालेपछि पार्वतीले आफै निर्माणको ठेक्का लिने योजनासहित मिस्त्रीको काम सिकिन्।

प्रतिनिधिसभाबाट भ्रष्टाचार निवारण विधेयक सर्वसम्मतिले पारित

‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ।

संसद्मा झूट बोलेको अभियोगमा सिंगापुरका विपक्षी नेतालाई जरिबाना

सिंगापुर वर्कर्स पार्टीका महासचिव प्रितम सिंह एक सांसदमाथि छानबिन गरिरहेको संसदीय समितिसमक्ष झूट बोलेको अभियोगमा दोषी ठहर भएका हुन्।

अन्तर्राष्ट्रिय महिला फुटबल : नेपालको विजयी शुरूआत

अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालले किर्गिस्तानलाई १– ० गोल अन्तरले पराजित गरेको छ।

ओडिसा घटनाबारे कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा विश्वविद्यालयमा भएको घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको बताएकी छन्।

भूमि ऐन संशोधनमै यो अपहत्ते किन?

अध्यादेश किन भन्ने जिज्ञासामा स्वयं प्रधानमन्त्री र गठबन्धन साझेदारसमेत ‘जवाफी’ बन्न सकेका छैनन्। राज्यपद्धतिको सिंगो विषयमा एमालेसचिव, सत्तापक्षीय सचेतक र कार्यकर्ताले मात्रै ‘पक्षपोषण’ गरिरहेका छन्।

नेपाली राजदूतावासले गर्‍यो किटका प्रतिनिधिसँग छलफल, विद्यार्थीलाई छात्रावासमा फर्कन आग्रह

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उडिसाको किट विश्वविद्यालयले नेपाली विद्यार्थीलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी दिएको जनाएको छ।

महाकुम्भ मेलाबाट फर्किँदै गरेको कार दुर्घटना हुँदा ३ जनाको मृत्यु

भारतको प्रयागराजमा लागेको महाकुम्भ मेलामा सहभागी भएर फर्किने क्रममा कार दुर्घटना हुँदा रुपन्देहीको देवदहका तीन जनाको मृत्यु भएको छ।

नेप्से परिसूचक २९.८७ अंकले बढ्यो, १० अर्बको शेयर किनबेच

सोमबार नेप्से परिसूचक २९.८७ अंक अर्थात् १.१० प्रतिशतले बढेर २७२७.९१ को बिन्दुमा कायम भएको छ।

एक महिनामा साढे ४ हजार सवारी दुर्घटनामा, १९९ जनाको मृत्यु

कुल दुर्घटनामा परेका सवारीसाधनमध्ये दुई हजार ४७४ अर्थात् ५४.५५ प्रतिशत मोटरसाइकल रहेका छन्।

निर्वासित ११२ भारतीय नागरिक बोकेको तेस्रो अमेरिकी सैन्य विमान आइपुग्यो अमृतसर

अमेरिकी सैनिक विमानले तेस्रो खेपमा निर्वासित थप ११२ भारतीय नागरिकलाई उत्तरी शहर अमृतसरमा ल्याएर छाडेको अधिकारीहरूले बताएका छन्।