गणनाका क्रममा यस वर्ष सबैभन्दा धेरै चखेवा जातका चरा एक हजार ६८ र सबैभन्दा कम सेतोकण्ठे गरुड, पानीचाहा, चित्रांगद र फुस्रो टिकटिके चरा एउटा–एउटा मात्र फेला परेको थियो।
गौशाला नगरपालिका–३ नवराजपुरस्थित गौशालामा गाईको बिजोग छ। उचित सम्भार, खानपान र उपचारको अभावमा गाईका हाडछाला मात्र देखिन्छन्।
शाही बाज भनेर चिनिने ‘पेरिग्रिन फ्याल्कन’ संसारको सबैभन्दा द्रुत गतिमा उड्ने पक्षी हो। हेर्दा बाज वा चिलजस्तो देखिए पनि खासमा चिलभन्दा सुगासँग नजिकको सम्बन्ध भएको चरा हो।
काठमाडौँ उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पुस शुक्ल पूर्णिमादेखि शुरू भएको माधवनारायण व्रत पनि अश्वमेध यज्ञ गरी समापन गरिने भएको छ।
सिटीको मैदानमा भएको प्लेअफको पहिलो लेगमा रियल ३-२ गोलले विजयी भयो। खेलमा सिटीले दुई पटक अग्रता लिए पनि जोगाउन सकेन।
कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहेको छ। मध्य र पूर्वी तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ।
रुकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठमहिने नाबालकसहित दुई जनाको हत्या भएको छ।
पश्चिम नवलपरासीमा निर्माण शुरू भएका ५० वटा खानेपानी योजना वर्षौंदेखि अधुरै रहँदा स्थानीय आर्सनिकयुक्त चापाकलको पानी पिउन बाध्य छन्।
पत्रकार दीर्घराज उपाध्यायको कवितासंग्रह ‘आमा म आउँदैछु’ सार्वजनिक भएको छ।
‘भूमिसम्बन्धी अध्यादेश’लाई सरकारले सीमारहित रूपमा प्रत्यायोजन गरेको, जसले सुशासन प्रवर्द्धनलाई अवमूल्यन गर्नुका साथै राजनैतिक नियतमाथि प्रश्न उठाएको ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई), नेपालको भनाइ छ।
सरकारले जारी गरेको ‘भूमिसम्बन्धी अध्यादेश’ विविध बहानामा विभिन्न व्यक्तिलाई जग्गाको परिमाणको सीमाक्षेत्रसमेत नतोकी बिक्री वितरण गर्ने या बाँड्न ल्याइएको जसपाको भनाइ छ।
गोसाइँकुण्ड क्षेत्रको संरक्षण र सम्भावित दुर्घटना रोक्न पानी जमेका तालतलैयामाथि हिँड्न प्रतिबन्ध लगाइएको गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ।
अदालतले कुनै मुद्दालाई अग्राधिकार दिनुको अर्थ हो– प्राथमिकतामा राखेर चाँडो टुंगो लगाउने। सर्वोच्च न्यायालयले अग्राधिकारप्राप्त मुद्दा किनारा लगाउन गरिरहेको ढिलासुस्तीले भने अर्कै अवस्था देखाउँछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७औँ स्थानमा परेको ट्रान्सपरेन्सी इन्टरनेसन नेपालले जनाएको छ। नेपालले १०० अंकमा जम्मा ३४ अंक प्राप्त गरेको छ।
सभामुख देवेन्द्र घिमिरेले समय व्यवस्थापनमा भएको असमझदारीका सन्दर्भमा आवश्यक अध्ययन गरेर निर्णय गरिने बताएपछि प्रतिनिधिसभाको बैठक शुरू भएको छ।
सिमेन्टलगायत निर्माण सामग्री एवं खाद्यवस्तुको मूल्यवृद्धिबारे छलफल गर्न बसेको संसदीय समिति बैठकमा उद्योगमन्त्री दामोदर भण्डारी र माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की अछामीबीच सवाल–जवाफ भएको छ।
प्रतिनिधिसभाको बैठकमा सांसद चित्रबहादुर केसीले हमासले बन्धक बनाएका विपिन जोशीको रिहाइका लागि सरकारले गरेको कोशिश र संघर्षका बारेमा संसद्लाई जानकारी गराउन ध्यानाकर्षण गराएका छन्।
मंगलबार नेप्से परिसूचक ६.५४ अंकले बढेर २६८३.८६ को बिन्दुमा कायम भएको छ।
प्रतिपक्षी दलका सांसदले कुन विधि र प्रक्रियाका आधारमा सत्तापक्षीय सांसदलाई पटक–पटक बोल्न दिइएको हो भन्दै प्रतिनिधिसभामा विरोध जनाएका छन्।