न्युजर्सीका डेमोक्रेटिक प्रतिनिधि जोश गोट्टहाइमरले इलिनोइसका रिपब्लिकन डारिन लाहुडसँग मिलेर यो विधेयक पेश गरेका हुन्।
दोरम्बा शैलुङ गाउँपालिकाको दोरम्बा, डडुवा, गौश्वारालगायत क्षेत्रका किसान आलु रोप्न व्यस्त छन्। यहाँको ४० हजार हेक्टरभन्दा बढी जमिनमा आलुखेती हुने गरेको छ।
मधेश प्रदेशको राजधानी जनकपुरमा सञ्चालन हुने तालिममा १८ देखि ४० वर्ष उमेर समूहका २० जनाको सहभागिता रहनेछ।
नगरपालिकाले मगर समुदायको बाहुल्यता भएका विद्यालयमा मगर भाषामा पढाइ सञ्चालन गर्ने नीति लिएको छ। नेपाल मगर संघसँगको सहकार्यमा स्थानीय पाठ्यक्रम निर्माण गरिएको छ।
दुर्घटनामा गाडीचालक दोलखाको गौरीशंकर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको छ। मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बूको अवस्था गम्भीर छ।
बाँसखर्कका २३९ मध्ये २०० घरपरिवारले सुन्तला खेती गरेका छन्। एउटा परिवारले वार्षिक कम्तीमा ५ लाख रुपैयाँको सुन्तला बेच्छन्।
नदी, पानी र प्रकृतिलाई उत्सवका रूपमा मनाउनु हाम्रो सभ्यताको सुन्दर पक्ष हो। तर यही मौका छोपेर सर्वसाधारणलाई पाप र धर्मको त्रास देखाई लुट धन्दा मच्चाइन्छ। त्योचाहिँ खेद र सुधारको विषय हो।
प्राप्त बजेट सीमाबाट नयाँ आयोजना प्रस्ताव गरी आयोजनाको संख्या बढाउँदै जाँदा भुक्तानीमा समस्या आएको र आयोजना बढ्न गई समग्र खर्च व्यवस्थापन चुनौतीपूर्ण हुँदै गएको अर्थ मन्त्रालयले जनाएको छ।
दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहनेछ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा परेका तर पुस मसान्तसम्म कार्यान्वयनमा नगएका योजना तथा कार्यक्रम रद्द गर्ने भएको छ।
सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको जंगली हात्ती (मकुना)को मृत्यु प्रकरण छानबिन गर्न समिति गठन गरेको छ।
‘जलनका कारण छन्– आगो, रासायनिक, विद्युतीय, ग्यास, तेजाब आदि। यसमा सबैभन्दा बढी खुला आगो हो। तर मिडियामा बिक्री हुने आधारमा तेजाब आक्रमणलाई सबैभन्दा चर्चामा ल्याइएको छ।’
पछिल्लो ६ महिनामा सिमेन्टको मूल्य ४० प्रतिशत बढेपछि हस्तक्षेप गर्न संसद्को सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको थियो। तर मूल्य बढाउन ‘कार्टेलिङ’ गरेका उत्पादक फुक्काफाल छन्।
स्रोतमा चाप परेपछि अनिवार्य दायित्वबाहेक चालु खर्चतर्फ विनियोजित रकममध्ये हालसम्म खर्च भई बाँकी रहेको रकमको २५ प्रतिशत रोक्का राख्ने निर्णय पनि सरकारले गरेको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले डब्लूएचओबाट बाहिरिन कार्यकारी आदेशमा हस्ताक्षर गरेको केही हप्तापछि अर्जेन्टिनाले पनि डब्लूएचओबाट आफ्नो सहभागिता फिर्ता लिने घोषणा आएको छ।
चितवन जिल्ला अदालतले सहारा सहकारी ठगी मुद्दामा पूर्वगृहमन्त्री रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
राष्ट्रियसभा सदस्यले ताप्लेजुङको पाथीभरा क्षेत्रमा स्थानीयको स्वीकृति लिएर मात्रै केबलकार स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
काठमाडौँ महानगरले विभिन्न १३ स्थानमा ‘अन डिमान्ड पेडेस्ट्रियन क्रसिङ’ जडान गरेको छ। जसले सडक पार गर्न सहज हुनेदेखि सवारी दुर्घटनाको जोखिम कम हुने महानगरको अपेक्षा छ।
संखुवासभाको भोटखोला गाउँपालिका–४ नामासेबाट प्रसूति व्यथा लागेको १८ घण्टापछि एक महिलालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
बिहीबार नेप्से परिसूचक ११.६४ अंकले घटेर २६९९.८१ को विन्दुमा कायम भएको छ।