AnonymousUser

Logout

सुदूरपश्चिमबाट मौसम बदली शुरू, बढ्न थाल्यो चिसो

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात तथा अन्य केही क्षेत्रमा हल्का वर्षासमेत हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

हेटौँडामा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक जना घाइते

हेटौँडा उपमहानगर–१ तिरतिरे धारास्थित सडकमा सोमबार साँझ भारतीय नम्बर प्लेटको कारले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

सहकारी ठगी प्रकरण : छविको बयान लिइयो, रविलगायतको मंगलबारदेखि

सोमबार छविलाल जोशीको मात्र बयान लिइएको, मंगलबार रवि लामिछानेसहित अन्य प्रतिवादीको बयान हुने कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीको भनाइ छ।

शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बांग्लादेशको कूटनीतिक नोट

बांग्लादेशले पूर्वप्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचारिक रूपमा अनुरोध गरेको छ।

लोडसेडिङ सम्झाउने त्यो मैनबत्ती, शहरी जीवनमा जम्नथालेको यो क्यान्डल

केही वर्ष अघिसम्म घर–घरमा नभई नहुने मैनबत्ती लोडसेडिङ हटेसँगै हराउन थाल्यो। अहिले सामान्य मैनबत्तीको बिक्री ठप्पप्रायः छ, त्यसको ठाउँ बजारमा सुगन्धित क्यान्डलले लिँदै छन्। 

चर्च ब्वाइजले जित्यो झापा कपको उपाधि

एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइजले झापा कपको उपाधि जितेको छ। उपाधि जितेसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

रवि लामिछानेको सांसद पद निलम्बन

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार सूचना जारी गरेर रवि लामिछानेको सांसद पद निलम्बनमा परेको जानकारी गराएका छन्।

डीपी अर्याललाई रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी

रास्वपाले उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ।

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको विवाद मिलाउन सहजीकरण समिति गठन

आर्थिक र कर्मचारी नियमावलीसँग बाझिने गरी काठमाडौँ विश्वविद्यालयले एकपक्षीय रूपमा निर्णय गरेको भन्दै धुलिखेल अस्पतालले असन्तुष्टि जनाएपछि विवाद उत्पन्न भएको थियो।

विद्युत् वितरण प्रणाली सुधार्न जुट्यो ७२ अर्ब ९३ करोड लगानी

देशभित्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन, छिमेकी देशसँग विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार गर्न प्राधिकरणलाई ७२ अर्ब लगानी जुटेको छ।

सहकारी ठगी आरोपमा चन्द्रागिरि–१२ का वडाध्यक्ष पक्राउ

सहकारी ठगीको आरोपमा प्रहरीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्षलाई पक्राउ गरेको छ।

हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख आचार्य छोरासँगै मृत फेला

जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य भक्तपुरमा छोरासहित मृत फेला परेका छन्।

नेप्से परिसूचक २८.९१ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक १.११ प्रतिशतले बढेर २६१२‍ को विन्दुमा उक्लिएको छ।

एनपीएलको फाइनलमा अभद्र व्यवहार गर्ने २ जना पक्राउ

एनपीएलको फाइनल खेलका क्रममा अभद्र व्यवहार गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

रुस–युक्रेनबीचको युद्धमा ११०० उत्तर कोरियाली सैनिक हताहत : दक्षिण कोरिया

रुस र युक्रेनबीचको युद्धमा ११ सय उत्तर कोरियाली सैनिक हताहत भएको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस)ले जनाएको छ।

दुई पाङ्ग्रेको सवारी, दुर्घटनाको भारी 

नेपालीको दैनिक जीवनलाई निकै सहयोगी बनेका मोटरसाइकल, स्कुटर लगायतका दुई पाङ्ग्रे सवारी साधन सडक सुरक्षामा प्रमुख चुनौती बन्न थालेका छन्। 

आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन मन्त्रीलाई सुझाव

मन्त्री पौडेलले निर्वाह भत्तामा आवासीय चिकित्सकको असन्तुष्टि समाधान गर्न सुझाव दिन कार्यदल गठन गरेका थिए।

१३ वर्षदेखि अलपत्र तमोर नदीस्थित लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण हुँदै

उक्त मोटरेबल पुल निर्माण सम्पन्न भएपछि पाँचथर र तेह्रथुमको सदरमुकाम सबैभन्दा छोटो दुरीमा जोडिने छन्।

मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन

सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरूको अगुवाइमा स्थापित शक्ति समूहकी संस्थापक अध्यक्षसमेत हुन्।

कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा

रुसले जनवरीमा अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प सत्तामा आउनुअघि सकेसम्म धेरै क्षेत्र सुरक्षित गर्न हालैका महिनाहरूमा पूर्वी युक्रेनमा आफ्नो अग्रगति तीव्र पारेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।