AnonymousUser

Logout

झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनीले ५० हजार क्विन्टल खरिद गर्ने

बिर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ५८०.६२ रुपैयाँ तोकेको छ। यो मूल्य बजार भाउभन्दा माथि रहेको कम्पनीले जनाएको छ।

हिउँदमा पनि रोकिएन तिङ्लामा पहिरो, १०० भन्दा बढी घर जोखिममा

सोलुदुधकुण्ड–११ तिङ्लास्थित सारेलुकीचौर बस्तीको माथिल्लो भागमा करिब ५०० मिटर लामो पहिरो बस्तीतर्फ सर्दै छ, जसले स्थानीय त्रसित छन्।

वायु प्रदूषण नियन्त्रण कसको जिम्मेवारी?

घरबाट निस्किने जैविक फोहोरलाई सकिन्छ घरमा नै व्यवस्थापन गरौँ, नत्र कम्तीमा वर्गीकरण गरौँ। समाजका सबै मिलेर फोहोर जलाउने कामलाई निरुत्साहन गरौँ।

यस्तो रहनेछ बिहीबारको मौसम

दिउँसो कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल हुने

नेपालगन्ज रंगशालामा हुने लुम्बिनी कप महिला फुटबलमा नेपाल र भारतका गरी ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ।

हाइड्रोपावर लगानीकर्ता ऊर्जामन्त्रीको स्वार्थमा भइरहेको कानून बदल्ने खेल

ऊर्जामन्त्री दिपक खड्का जलविद्युत् क्षेत्रका ठूला लगानीकर्ता हुन्। उनले यही स्वार्थमा प्रयोग गरिरहेको पदीय प्रभावमा संसदीय समितिदेखि राज्यसंयन्त्रहरू नै हतियार बनिरहेका छन्, कसरी? 

पर्सामा रास्वपाका सभापति लामिछानेसहित १४ जनालाई पक्राउ पुर्जी जारी

अदालतले बुधबार रास्वपाका सभापति लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको हो।

नेपालमा लगानी बढाउन प्रधानमन्त्री ओलीद्वारा चिनियाँ लगानीकर्तासँग आग्रह

प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधारका काम भइरहेका छन्। थप नीतिगत र व्यावहारिक सुधार गरी लगानी विस्तार र व्यापार सहजीकरणका लागि तयार छौँ।’

प्रधानसेनापति सिग्देल भारत भ्रमणमा जाने

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा उनी भारतको भ्रमणमा जाने कार्यक्रम तय गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पेश

दक्षिण कोरियाको ३०० सदस्यीय संसद‍्मा विपक्षी दलसँग भारी बहुमत छ तर प्रस्ताव पारित गर्न आवश्यक दुईतिहाइ बहुमत भने पुग्दैन।

लुम्बिनीलाई हराउँदै एनपीएलमा विराटनगरको पहिलो जित

यसअघि लगातार दुई खेलमा पराजय बेहोरेको विराटनगरले लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गर्दै पहिलो जित निकाल्न सफल भएको हो।

चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप

रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ८ जना प्रहरी तथा १६ जना प्रदर्शनकारी घाइते भएका छन्।

झन्डै २५ अंकले घट्यो नेप्से, ९ अर्ब १३ करोडको कारोबार

आज नेप्से २४.९७ अंकले घटेर २,७५०.८७ को बिन्दुमा कायम भएको छ।

सरकारी नम्बर प्लेटका दुई गाडीबाट गाँजा बरामद, एक जना पक्राउ

सुनसरीको धरान उपमहानगरपालिका–१३ अमरहाटबाट मंगलबार राति प्रहरीले ६९० किलोग्राम गाँजा बरामद गरेको छ।

विराटनगर किंग्सलाई लुम्बिनी लायन्सले दियो १९२ रनको विशाल लक्ष

लुम्बिनी लायन्स लिगको पहिलो खेल खलिरहेको छ भने लगातार दुई खेल हारेको विराटनगर किंग्स पहिलो जितको खोजीमा छ।

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन शुरू

१३.५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’ बाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको १३२ केभीए क्षमताको अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

सर्पदंशबाट बर्सेनि ३ हजारको मृत्यु, कसरी जोगिने?

नेपालमा सर्पदंश उपचार केन्द्र १०५ वटा छन्, तर जनचेतना अभाव र समयमै अस्पताल पुर्‍याउन नसक्दा धेरैले ज्यान गुमाउँछन्। अन्धविश्वासका कारण पनि सर्पदंशपछि कतिपयको मृत्यु हुने गरेको छ।

नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरे। 

म्याग्दीमा १३ वर्षमा पनि पूरा भएन खानेपानी आयोजना

अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने मोहरेडाँडाको फेदीमा रहेको कुकुरचिहान र लोप्रेको जंगलको मुहानको पानी संकलन गरेर जलजला गाउँपालिकामा वितरण गर्ने लक्ष्य छ। 

एनपीएल: काठमाडौँसँग कर्णाली ३ विकेटले पराजित

काठमाडौँका कप्तान करण केसीले आक्रामक ब्याटिङ गरे। उनले १० बलमा २ चौका र २ छक्काको मद्दतमा २८ बन बनाए।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।