सरकारले बालबालिका र वृद्धवृद्धाका साथै फोक्सो वा मुटुको समस्या भएका व्यक्तिलाई ‘सकेसम्म घरभित्रै बस्न’ आग्रह गरेको छ।
भन्सार छलेर आएका माछा सस्तो मूल्यमा पाइने र नेपाली माछाले सो मूल्यसँग प्रतिस्पर्धा गर्न नसकेको व्यवसायीको गुनासो छ।
अमेरिकामा भर्खरै सम्पन्न राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भए। चुनावी अभियानका क्रममा ट्रम्पले ‘यहुदी कार्ड’ प्रयोग गरेको टिप्पणी हुने गरेको छ।
साताको दोस्रो कारोबार दिन अर्थात् सोमबार नेपाली बजारमा सुनको मूल्य तोलमा १ हजारले बढेको छ।
सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।
युरो २०२४ को उपविजेता इंग्ल्यान्डले प्रशिक्षक ली कास्लीको अन्तिम खेल सम्झनलायक बनायो। अब इंग्ल्यान्डको प्रशिक्षणको रुपमा थोमस टुचेल रहने छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पद छाड्नुभन्दा दुई महिनाअघि नै ठूलो निर्णय लिएका छन्।
नेपाल सरकारले उनको अन्त्येष्टिका समयमा दिइने सम्मानसम्बन्धी निर्णय आजै बिहान बस्ने मन्त्रिपरिषद्बाट गर्ने तयारी गरेको छ।
लोकतन्त्रलाई व्यापक रूपमा अघि बढाउनुपर्छ, पार्टीगत सङ्कुचनबाट माथि उठ्नुपर्छ, समावेशी सोचसाथ लैजानुपर्छ भन्ने विचार अगाडि बढाउने व्यक्ति हुनुहुन्थ्यो दमननाथ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।
कीर्तिपुर नगरपालिका प्रमुख पदमा प्रमुख दलसहित आठ पार्टी र १२ जना स्वतन्त्रसमेत गरी २० जनाले उम्मेदवारी दर्ता गराएका छन्।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ गोरचौतारामा आइतबार भएको बस दुर्घटनामा घाइते भएकामध्ये एक चालकको मृत्यु भएको छ।
विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा ३ वर्षअघि राष्ट्र बैंकले कर्जा नियन्त्रण गरी आयात घटाउने नीति लियो। त्यहीँबाट मन्दी शुरू भएको मान्ने निजी क्षेत्र उक्त नीतिलाई अझै चलायमान अर्थतन्त्रको बाधक मान्छन्।
युक्रेनको ऊर्जा पूर्वाधारलक्षित रुसी आक्रमणमा परी केही नागरिकको समेत ज्यान गएको राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताएका छन्।
तनहुँको बन्दीपुर गाउँपालिका–५ नयाँपुल गोरेचौतारामा आइतबार दिउँसो दुई वटा बस ठोक्किँदा २९ जना यात्रु घाइते भएका छन्।
सिकलसेलको उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै वार्ड स्थापना भएको छ।
साइबर प्रविधिमा आधारित ठगीमा मुख्य गरी उपहार तथा तथा पार्सल, सामाजिक सञ्जाल, अनलाइन व्यापारसम्बन्धी झूटा प्लेटफर्म, ओटीपी, लट्री लगायतका माध्यम प्रयोग भएको पाइएको प्रतिवेदनमा उल्लेख छ।
हुस्सु–कुहिरोले विराटनगर, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, नेपालगन्ज, धनगढी, सुर्खेत, लुम्लिङ्टारलगायत विमानस्थलमा निर्धारित समयमा उडान हुन नसक्दा काठमाडौँ विमानस्थलको उडान तालिकासमेत प्रभावित बनेको छ।