हमासले सोमबार इजरायललाई फिर्ता गर्ने भनिएका चार जना मृत बन्धकको नाम सार्वजनिक गरेको छ। सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम पनि उल्लेख छ।
बैठकमा हालको अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षाका समसामयिक विषयमा समीक्षा गरिएको रक्षा मन्त्रालयका सचिव एवं परिषद्का सदस्य–सचिव सुमनराज अर्यालले जानकारी दिए।
परराष्ट्र मन्त्रालयले विगत दुई वर्षदेखि हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात रहेको जनाएको छ ।
जेन–जी आन्दोलनका क्रममा भएको विध्वंसले थला परेको मुलुकको सर्वोच्च न्यायालय एक महिनापछि पनि मुद्दाको सुनुवाइमा फर्कन सकेको छैन। अदालतमा इजलास बस्ने ठाउँ छैन, हजारौँ मुद्दाका मिसिल नै छैनन्।
पूर्वसभामुख उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध भेपमार्फत सुन तस्करी प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएपछि विकल्पका रूपमा जोगमाई खोलामा ‘डाइभर्सन’ निर्माण गरी तिल्केनी–सिमलगो मार्गमा यातायात सञ्चालनको तयारी थालिएको छ।
भक्तपुरको ताल्को (टेलाकू) क्षेत्रका स्थानीय तिहारका लागि माटोका पाला बनाउन व्यस्त देखिएका छन्।
सोमबार नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० को बिन्दुमा कायम भएको हो।
रिहा भएकाहरूलाई दक्षिणी इजरायलको एक सैन्य आधारमा लगिएको छ। त्यहाँ उनीहरूलाई आफ्ना परिवारसँग पुनर्मिलन गराइ हेलिकप्टरमार्फत स्वास्थ्य परीक्षणका लागि इजरायलका विभिन्न अस्पतालमा स्थानान्तरण गरिनेछ।
बैंककबाट काठमाडौँ आएका तीन भारतीय नागरिक ११ किलोभन्दा बढी गाँजासहित पक्राउ परेको प्रहरीले बताएको छ।
रौतहटको राजदेवी नगरपालिका–८ लक्ष्मीपुरका तीन जना बालिकाको पानीको एउटै खाल्डोमा परेर मृत्यु भएको हो।
भदौ २४ को विध्वंशमा करिब ८० अर्ब बराबरको नोक्सानी भएको उद्योग वाणिज्य महासंघको आकलन छ। उद्योग, व्यवसायीप्रति कतिपय मिडिया र सामाजिक सञ्जालमार्फत फैलाइएको भ्रम पनि यसमा जिम्मेवार भएको व्यवसायी बताउँछन्।
इजरायलका लागि नेपालका राजदूतले सोमबार रिहा हुने जीवित २० बन्धकको सूचीमा विपिन जोशीको नाम नरहेको बताएका छन्।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४० हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला तीन हजार २२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
इजरायलले पनि रिहा गरिने प्यालेस्टिनी कैदीहरूको नाम अनुमोदन गरेको छ। अबको केही बेरमा हमासले बन्धकहरुलाई छाडेपछि इजरायलले पनि प्यालेस्टिनी कैदीबन्दीलाई रिहा गर्ने बताइएको छ।
जेनजी–विद्रोहको मौकामा ठूलो संख्यामा कैदीबन्दी फरार रहेका र प्रहरीका हतियार पनि लुटिएको अवस्था जनाउँदै भारतले सीमावर्ती तथा आवागमन नाकामा निकै कडाइ गर्न थालेको छ।
इजिप्टको राष्ट्रपतिको कार्यालयले जनाएअनुसार, बैठकको सह–अध्यक्षता इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नेछन्।
सुपर सिक्समा यूएईलाई हराइसकेको नेपालले कतारसँगै ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ।
किसानको बगैँचामै प्रतिकिलो ७५ रुपैयाँभन्दा बढी मूल्यमा बिक्री भएको तिला गाउँपालिका–१ स्थानीय स्याउ व्यापारी रावतले जानकारी दिए।
मेक्सिकोमा ‘गल्ती गर्दा मात्र सिकिन्छ’ भन्ने कथन प्रचलित छ। ब्राजिलमा प्रायः गल्ती गर्नु मानवीय स्वभाव हो भन्ने शब्द दोहोर्याइन्छ, जसले मानवलाई पूर्ण बन्न गल्ती स्विकारेर अघि बढ्ने प्रेरणा दिन्छ।