एयर अरेबियाको विमान चढेर काठमाडौँ आएका एक जना चिनियाँ र दुई जना म्यानमारका नागरिक मंगलबार साँझ पक्राउ परेका हुन्।
बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले एक बिघा जमिनमा भुइँकटहरको खेती गरेका छन्। नेपाल प्रहरीबाट सेवा निवृत्त उनी विदेश जाने सोच त्यागेर गाउँमै कृषिमा सक्रिय भएका हुन्।
खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीन जनामध्ये एक जनाको मृत्यु भएको छ।
नेपालले जलवायु वित्तको विषय कसरी सम्बोधन गर्ने र नयाँ लक्ष्य कसरी निर्धारण गर्ने भन्नेबारे केन्द्रित हुनुपर्छ। कोपमा उठाउने जलवायु मुद्दा सम्बोधन गराउन टापु मुलुकको पनि ऐक्यबद्धता हुनुपर्नेछ।
लिभरपुलले भने च्याम्पियन्स लिगमा आफ्नो उत्कृष्ट लयलाई कायम राख्दै बायर लेभरकुजनलाई ४–० ले पराजित गरेको छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।
मानव बेचबिखन मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादीलाई कुवेतबाट पक्राउ गरी नेपाल ल्याइएको छ।
छठ पूजाका लागि कमलपोखरी झिलिमिली बत्ती राखेर सजाइएको छ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पोखरा विमानस्थलका लागि लिइएको चिनियाँ ऋणलाई अनुदानमा बदल्ने प्रयास नेपालले गरिरहँदा चिनियाँ राजदूतले ‘चिनियाँ ऋण अनुदानमा परिणत भएको नजिर नभएको’ बताएका छन्।
अनुसन्धान आयोगले हसिनाको निष्कासनपछि पाँच जनालाई गोप्य हिरासत केन्द्रबाट रिहा गरिएको तर अझै धेरैको विवरण नआएको जनाएको छ।
उच्च अदालत पाटनले दीपक मनाङेलाई गरेको पाँच वर्ष कैद सजायको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको छ।
थारू समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेलबाट यो समुदायका झन्डै १२ प्रतिशत नागरिक प्रभावित भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।
नेपाल पर्यटन बोर्डका अनुसार भारतीय र चिनियाँ पर्यटक घटेका छन् भने अमेरिकी पर्यटक बढेका छन्।
सोखले मिथिला चित्र कोरिरहेका महिलालाई सीप सिकाउँदै आर्थिक उपार्जनसँग जोड्न तीन दशकअघि खुलेको नारी विकास केन्द्र आफ्नै नेतृत्वको बदमासी र स्थानीय सरकारको बेवास्ताले बन्द हुन ठिक्क परेको छ।
पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर सूर्यदर्शन सहकारीको बचत रकम अपचलनको अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।
तिहारको बिदापछि खुलेको शेयर बजारमा नेप्से परिसूचक ०.२१ अंकले घटेर २६७७.४० मा सीमित भएको छ।
बजारमा छठ पर्वमा आवश्यक पर्ने सरसामान तथा फलफूल किन्नेको चहलपहल बढेको छ।
एक जना शिक्षकले मार्चयता तलब नपाएको, आफूसँग अन्य कुनै आयस्रोत नभएकाले आधारभूत आवश्यकता पूरा गर्न आफन्तहरूबाट ऋण लिइरहेका बताए।
असोज १२ गते माइखोलाको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका–१ र ७ स्थित धोद्रेबेँसीमा चार वटा टावरमा क्षति पुर्याएको थियो।
गाउँमा रहेका २६० घरधुरी चारवटा धाराको पानीमा निर्भर छन् । कहिलेकाहीँ धारामा पानी नआउँदा एक घण्टा पैदल दूरीमा रहेको तिला नदीको पानी पिउन बाध्य छन्।