AnonymousUser

Logout

भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

भैरहवामा चन्दा उठाएर बनाइएको विशाल सभागृह गोदामघरमा परिणत 

सञ्चालनका नाममा निजी क्षेत्रलाई भाडामा दिइएपछि जनस्तरबाट सहयोग जुटाएर बनाइएको भैरहवाको महेन्द्र सभागृह खण्डहर बनेको छ। भाडामा लिएको निजी कम्पनीले सभागृहलाई गोदामघर बनाएको छ। 

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलाको डेढ लाख

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

देशभर हैजा संक्रमितको संख्या २७ पुग्यो, काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै

सबैभन्दा बढी ललितपुरमा १६ र काठमाडौँमा एक गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ।

बेलायतमा हिंसात्मक प्रदर्शन बढेसँगै प्रधानमन्त्रीले डाके ‘कोब्रा मिटिङ’

बेलायतका विभिन्न शहरहरूमा भएका हिंसात्मक विरोध प्रदर्शनमा १५० भन्दा धेरै व्यक्ति पक्राउ परिसकेका छन्।

काभ्रेमा ‘उड्डयन व्यवस्थापन’ विषयमा शिक्षण गराइँदै

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) स्कुल अफ म्यानेजमेन्टअन्तर्गत सिम्रिक भेन्चर र सिद्धार्थ वनस्थली विद्यालयको साझदारीमा  पहिलोपटक यहाँ उक्त विषयमा शिक्षण हुने भएको हो।

दक्षिण चीन सागरमा बढ्दो तनावबीच जर्मनी र फिलिपिन्स रक्षा सम्झौता गर्दै

हालै बेइजिङ र मनिलाबीच दक्षिण चीन सागरमा तनाव बढेको छ। चीनले उक्त सागरको अधिकांश भूभागमा आफ्नो नियन्त्रण दाबी गर्दै आएको छ तर यस दाबीको कुनै कानूनी आधार छैन।

दोस्रो एकदिवसीय खेलमा श्रीलंकासँग भारत ३२ रनले पराजित

श्रीलंकाले दोस्रो एकदिवसीय खेलमा भारतलाई ३२ रनले पराजित गर्दै सिरिजमा १–० को अग्रता बनाएको छ।

पेरिस ओलम्पिक: टेनिसमा अल्काराजलाई हराउँदै जोकोभिचले जिते स्वर्ण

जोकोभिचको यो पहिलो ओलम्पिक उपाधि पनि हो। गत महिना भएको विम्बल्डन फाइनलमा अल्काराजले जोकोभिचलाई पराजित गर्दै उपाधि कब्जा गरेका थिए।

यसरी सम्भव भयो लोकसभा चुनावमा राहुल करिस्मा

गोदी मिडियाले मोदीले तेस्रो पल्ट चुनाव जितेर नेहरूबराबरी गरेको भन्दै प्रचार गर्‍यो, तर कसैले कति वर्ष शासन गर्‍यो भन्दापनि शासन कसरी गर्‍यो भन्ने महत्त्वपूर्ण हो।

मान्छेलाई आक्रमण गर्ने  बाघ नियन्त्रणमा

नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघ नियन्त्रणमा लिइएको छ।

यस्तो रहनेछ सोमबारको माैसम

मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौँको कालोपुलबाट हत्याको अभियोगमा २ जना पक्राउ

प्रहरीले काठमाडौँ महानगरपालिका–७ कालोपुलबाट श्रीमान‍्को हत्या अभियोगमा श्रीमतीसहित दुई जनालाई पक्राउ गरेको छ।

काभा भलिबल : नेपाल इरानसँग पराजित

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगमा नेपाल इरानसँग पराजित भएको छ।

३ दिनदेखि रारामा हवाई उडान प्रभावित

मौसम फेरबदल भइरहँदा विमानस्थलमा उडान हुन नसकेको रारा नागरिक उड्डयन कार्यालय मुगुले जनाएको छ। 

त्रिविका ३९ क्याम्पस भवन जीर्ण, एक्जिम बैंकको शर्तले पुनर्निर्माणमा अन्योल

भारतीय एक्जिम बैंकसँग भएको सम्झौतामा निर्माण कम्पनी, आधा जनशक्ति र निर्माण सामग्री भारतीय हुनुपर्ने, खरिद प्रक्रिया बैंकले तोकेअनुसार हुनुपर्ने लगायतका शर्त छन्। यही कारण पुनर्निर्माण अड्किएको छ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

नेपाली कांग्रेस र नेकपा एमालेका सांसदको समर्थनमा आइतबार मुख्यमन्त्री नियुक्त भएका कमलबहादुर शाहलाई नागरिक उन्मुक्ति पार्टीको पनि समर्थन रहेको छ।

भोटो देखाएर समापन भयो रातो मत्स्येन्द्रनाथको रथयात्रा (तस्वीरहरू)

वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मत्स्येन्द्रनाथको रथलाई जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलनअनुसार आइतबार भोटो देखाइएको छ।

ताप्लेजुङको आँखोप केन्द्रविन्दु भएर भूकम्प

आइतबार दिउँसो ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

बाँझो जग्गा सदुपयोग गर्न फलफूल खेती गर्दै भोजपुरका कृषक

सिँचाइ अभाव, बसाइँसराइलगायत कारण बाझिएको जग्गामा लगाइएको ड्रागन फ्रुट, एभोकाडो, कागती, टिमुर र किवीबाट वार्षिक मनग्य आम्दानी लिन थालेको कृषक कमल भुजेल बताउँछन्।