AnonymousUser

Logout

भीमदत्तका दर्जन घर कटानको जोखिममा

भीमदत्त नगरपालिका–९ निङलाशैनी टोलका दर्जनभन्दा बढी घर जोखिममा छन्। बाढीले कटान गरेर भ्वाङ परेको ठाउँमा अहिले त्रिपाल टाँगिएको छ।

श्रीमतीको आत्महत्यापछि श्रीमान् पक्राउ

कुसुमको साथमा भेटिएको ‘सुसाइड नोट’को आधारमा अनुसन्धान गर्न गत बुधबार पूर्णलाललाई पक्राउ गरेको प्रहरीले उनीविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा अनुसन्धान गरिरहेको छ।

कर्जा बढाउन खुकुलो मौद्रिक नीति, गभर्नर भन्छन्– सजग छौँ

व्यवसायीको दबाब र सरकारको हस्तक्षेपबीच राष्ट्र बैंकले व्याजदर थप घटाएर कर्जा बढाउन सघाउ पुग्ने किसिमका व्यवस्थासहित आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याएको छ।

कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले हाललाई कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायम राखी मन्त्रीहरूले राजीनामा दिएको बताए।

५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जनाको उद्धार

भारतको जम्मु कश्मीरमा बन्धक बनाइएका धनुषा र सिरहाका २८ जनाको उद्धार गरिएको छ।

बेचन झासँग नेपाल र भारतको दोहोरो मतदाता परिचयपत्र 

बेचनले नेपालमा नागरिकता लिएपछि बिहारमा मतदाता नामावली दर्ता गरेको देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए। 

सौर्य विमान दुर्घटना: आफन्तलाई जिम्मा लगाउन थालियो शव

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परिवार तथा आफन्तलाई जिम्मा लगाउन थालिएको छ।

ओलम्पिक शुरू हुनु केही घण्टाअघि फ्रान्सको रेल नेटवर्कमा आगजनी

पेरिस ओलम्पिक उद्घाटनको केही घण्टाअघि फ्रान्समा उच्च गतिको रेल नेटवर्कलाई प्रभावित पार्ने गरी भएको आगजनीबाट यातायात प्रणाली अवरुद्ध भएको छ।

विदेशबाट फर्काइएका कलावस्तुः राष्ट्रिय संग्रहालयको प्रदर्शनीमा, उद्गमस्थल फर्काउनै कठिन

नेपालबाट हराएका मूर्ति पछिल्लो दशक धमाधम फिर्ता भए पनि कतिपयलाई उद्गमस्थल पुर्‍याउन सकिएको छैन। राष्ट्रिय संग्रहालयमा राखिँदै आएका ५९ कलावस्तुको अहिले त्यहीँ अस्थायी रूपमा प्रदर्शनी गरिएको छ।

सौर्य विमान दुर्घटना: घाइते चालक शाक्यको स्वास्थ्यमा सुधार

काठमाडौँ मेडिकल कलेजले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी घाइते भएका चालक मनीषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको जनाएको छ।

घोराही–रक्षाचौर सडक ३५ वर्षदेखि अधुरै

घोराही–तुलसीपुर जोड्ने वैकल्पिक सडकका रूपमा रहेको घोराही–रक्षाचौर खण्ड निर्माण शुरू भएको ३५ वर्ष बितिसक्दा पनि स्तरोन्नति नहुँदा आवतजावतमा कठिनाइ हुँदै आएको स्थानीयको भनाइ छ।

मौद्रिक नीति: वैदेशिक रोजगारमा जानेलाई बिनाधितो कर्जा

युवामा उद्यमशीलता प्रवर्द्धन गर्न कर्जाको सहज र सरल पहुँच पुर्‍याउन सहजीकरण गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ।

स्वतन्त्र छानबिन समितिको निष्कर्ष : ट्यांकी  निर्माणमा लापरबाही गर्ने कर्मचारीहरूमाथि कारबाही हुनुपर्छ

पोखराको कोलपाटनमा ‘ओभरहेड टंयाकी’ बनाउँदा सरकारी निकायहरूले समन्वयको सट्टा लापरबाही गरेकाले साढे चार अर्बको लगानी जोखिममा परेपछि त्यसका जिम्मेवार कर्मचारीलाई कारबाही गर्नुपर्ने छानबिन समितिको राय छ।

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको शेयर धितोमा प्रवाह गर्ने कर्जाको अधिकतम २० करोडको सीमा खारेज गर्ने मौद्रिक नीतिमा उल्लेख छ।

मौद्रिक नीति सार्वजनिक: बैंकदर र निक्षेप संकलनदर घटाइयो

ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतबाट ५ प्रतिशत कायम गरिएको छ

जोखिमपूर्ण अवस्थाबाट पाइलटको उद्धार गर्ने प्रहरी पुरस्कृत

प्रहरी नायब उपरीक्षक सुकेदेव खनाल र टंक राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई पुरस्कृत गरिएको हो।

महाकाली सिँचाइ आयोजनाको काम १८ वर्षमा २२ प्रतिशत

कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य भए पनि बजेट अभावलगायत समस्याका कारण काम सुस्त छ।

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

रघुगंगा गाउँपालिका–२ सिरुबारीस्थित सडकमा शुक्रबार बिहान ठूलो ढुंगासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो।

नेपाल राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को उपाध्यक्षमा नेपाल निर्वाचित

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा सबै सदस्य राष्ट्रसँग निकट रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  

कीर्तिपुरका नगरप्रमुख राजकुमार नकर्मीको निधन

लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित नकर्मीको बिहीबार राति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको नगरपालिकाले जनाएको छ।