AnonymousUser

Logout

तोलामा ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य २ लाख २३ हजार २०० रुपैयाँ तथा त्यति नै परिमाणको चाँदीको मूल्य २ हजार ८१० रुपैयाँ निर्धारण भएको छ।

जेन–जी आन्दोलन : वैदेशिक रोजगारसम्बन्धी मुद्दाका मिसिल पनि खरानी

वैदेशिक रोजगार न्यायाधीकरणबाट फैसला भएर सर्वोच्चमा पुनरावेदन भएका मुद्दाका मिसिल जलेका छन्। अहिलेसम्म ३०० मुद्दाका मिसिल सर्वोच्च गएको पाइए पनि संख्या योभन्दा धेरै हुनसक्ने न्यायाधीकरणले जनाएको छ।

जेनजी प्रदर्शन: बनेपा नगरपालिकामा १० करोडको क्षति

प्रदर्शनका क्रममा नगरको तीनतले मुख्य प्रशासनिक भवन, योजना शाखा र प्राविधिक शाखा रहेको भवन पूर्ण रूपमा क्षति भएको छ।

सल्यानमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही जाँदै गरेको गाडी सल्यानको कपुरकोट गाउँपालिका– ३ चोरखोलामा दुर्घटना भएको छ।

जेनजी आन्दोलन: बीमा दाबी २३ अर्ब ३९ करोड

सम्पत्ती बीमा ५९४, मोटर बीमा दुई हजार २०९, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १४४, परिवहन बीमा ११ र अन्य बीमाका ३० वटा आवेदन परेको छ।

जेनजी आन्दोलनको वैचारिकता

जेनजी आन्दोलनको अग्रपंक्तिमा सक्रिय युवा राजनीतिक रूपमा सचेत, कतिपय कानूनकै अध्येता भएकाले संविधानलाई खतरामा नपार्ने गरी यसको रक्षार्थ शुरूदेखि नै खटिरहेका सर्वविदितै छ।

कोशी र बागमतीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

राति कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ।

वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो।

दशैँ अवधिभर मनसुनी वायुको प्रभाव कायमै रहने

दशैँ अवधिभर मनसुनी वायुको प्रभाव रहने भएकाले मौसमको अद्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।

मोटरसाइकल दुर्घटनामा एक अस्ट्रेलियाली नागरिकको मृत्यु

सिन्धुपाल्चोकको भोटेकोशीमा मोटरसाइकल दुर्घटनामा घाइते भएकी एक अस्ट्रेलियाली महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

एमाले सचिवालय बैठक आइतबार, कांग्रेस केन्द्रीय समिति असोज २६ मा

एमालेले आइतबार दिउँसो १ बजे सचिवालय बैठक बोलाएको छ भने नेपाली कांग्रेसले असोज २६ गते केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ।

चाडपर्वलक्षित सुरक्षा : देशभर ५० हजार सुरक्षाकर्मी परिचालन

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार चाडपर्वलक्षित सुरक्षाका लागि आवश्यकताका आधारमा ड्रोन र तालिमप्राप्त कुकुरको प्रयोग गरिनेछ भने सादा पोसाकमा समेत प्रहरी परिचालन गरिनेछ।

अन्तर्राष्ट्रिय दबाबबीच नेतान्याहुको अडान: हमासविरुद्धको युद्ध जारी रहन्छ

अन्तर्राष्ट्रिय विरोधका बीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्र महासभाको सम्बोधनका क्रममा गाजामा हमासविरुद्धको युद्ध जारी राख्ने अडान दोहोर्‍याएका छन्।

प्रदर्शनका घाइतेको उपचार गर्न ‘जेनजी क्लिनिक’ सञ्चालन गरिने

सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारलाई सहज र प्रभावकारी बनाउन 'जेनजी क्लिनिक' सञ्चालन गर्ने भएको छ।

काम नगरी वर्षौंसम्म अलपत्र परेका २३४ सडक र पुलका ठेक्का तोडिँदै

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो।

छोरीलाई मिर्गौला दिएर बचाएकी ७९ वर्षीया आमा

७९ वर्षीया गोमा भण्डारीले मिर्गौला दिएर ४६ वर्षीया छोरी सीतालाई दोस्रो जन्म दिएकी छन्। चिकित्सकले सामान्यत: ६५ वर्षभन्दा माथिलाई उपयुक्त दाता मान्दैनन्, तर मातृत्वले उमेर र जोखिम दुवैलाई जित्यो।

‘घाइतेलाई शरीरको भन्दा आन्दोलनको म्यान्डेटको चिन्ता छ’

मन्त्री महावीर पुनले ट्रमा सेन्टरमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्दा उनीहरूले आफ्नो व्यक्तिगत स्वास्थ्यभन्दा बढी आन्दोलनको माग पूरा हुने/नहुनेबारे चिन्ता व्यक्त गरेको बताएका छन्।

मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द

पर्यटन आगमनका दृष्टिले महत्त्वपूर्ण दशैँ-तिहारको समयमा देशभरका मुख्य पर्यटकीय गन्तव्यहरूमा पर्यटकको उपस्थिति निराशाजनक रहेको व्यवसायीहरूले बताएका छन्।

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।

इरानमाथि प्रतिबन्ध लगाउने राष्ट्रसंघको तयारी

प्रतिबन्धले इरानको आणविक तथा मिसाइल विकासमा संलग्न व्यक्ति, संस्था र कम्पनीहरूसँग विश्वव्यापी व्यापारमा रोक लगाउनेछ।