सडक नबन्दा बेलौरी बजार क्षेत्रकै सडक हिलाम्मे हुँदा हिँडडुलमा पनि समस्या भएको छ। दक्षिण क्षेत्रका नागरिकले हालसम्म आश्वासन मात्र पाएको स्थानीयको भनाइ छ।
सुपर आठको अन्तिम खेलमा बांग्लादेशले अफगानिस्तानलाई हराए मात्र अस्ट्रेलिया सेमिफाइनल पुग्नेछ।
मोदी कति पटक भारतको कस्तो प्रधानमन्त्री बने, त्यो उति महत्त्वपूर्ण होइन, जति भारतको बढ्दो विश्वव्यापी प्रभावको मारमा कसरी नेपाल पनि पर्दै छ भन्ने महत्त्वपूर्ण हो।
कोशी, मधेश, बागमती र गण्डकीका केही र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
रोपाइँ
यतिबेला किसान खेतमा धान रोप्न व्यस्त छन्। वर्षापश्चात् धानको ब्याड राखेका किसान अहिले आ–आफ्नो खेतमा रोपाइँमा व्यस्त भएका हुन्। असार–साउन अर्थात् वर्षायाम भनेको खेतीबाली लगाउने मध्य सिजन भएकाले यतिबेला धान लगायत अन्नबाली लगाउने गरिन्छ। यतिबेला देशका अधिकांश फाँटमा किसानलाई बिहानदेखि नै धान रोपाइँमा यतिबेला भ्याइनभ्याई हुन्छ। ललितपुरको बुंगमती क्षेत्रमा किसानहरू धान रोप्न शुरू गरिसकेका छन्। पानी ढिला पर्नुले धान रोप्न ढिला भएको किसानहरू बताउँछन्। ललितपुरको बुंगमती, खोकना धान उत्पादन हुने क्षेत्र हो।
बजेटमा पर्यटन, कृषि, उद्योग तथा व्यापार, हरित दिगो र विपद् उत्थानशील पूर्वाधार विकास, मूल्य शृंखला सवलीकरण र बजार प्रणाली सुदृढीकरण, न्यून कार्बन समाज र कार्बन तटस्थतालाई प्राथमिकतामा राखिएको छ।
निर्मला कुर्मी र सुमदरानी थारुको न्यायका लागि भन्दै विभिन्न माग राखी आन्दोलनरत रुवि खान र सरकारी वार्ता टोलीबीच पाँचबुँदे सहमति भएको छ।
सर्वोच्च अदालतले सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण गर्न परमादेश गरेको छ।
सर्लाही जिल्ला अदालतले रामबहादुर बम्जनलाई बालयौन दुरूपयोग मुद्दामा दोषी ठहर गरेको छ।
पछिल्ला दिनमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स र निजी कम्पनीहरूलाई आईपीओको इजाजतमा लचिलो बनिदिएर पाइने लाभको कारण सेबोन अध्यक्ष पदको ‘मूल्य’ ह्वात्तै बढेको छ।
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ।
कुप्रथा अन्त्यका लागि यसअघिका अध्ययन, कानून र अभियानको अध्ययन गरी कार्यान्वयन हुन नसक्नुको कारणसहित सरकारलाई आवश्यक सुझाव दिने गरी समिति बनाइने गृहमन्त्री रवि लामिछाने बताए।
महानगरले विद्युतीय सवारी प्रयोग गर्ने ललितपुरबासीले सम्पत्ति कर छुट मागेमा सम्पत्ति करमा ५ प्रतिशत कर छुट दिने उल्लेख छ।
साउदी अरबका अनुसार २०२४ को हज तीर्थयात्राका क्रममा एक हजार ३०१ जनाको मृत्यु भएको छ। मृतकमध्ये ८३ प्रतिशत ‘अनधिकृत रूपमा’ हज यात्रामा आएका थिए।
सर्वोच्च अदालतले फणीन्द्र देवकोटालाई गण्डकी प्रदेशसभा सदस्य पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ।
सोमबार नेपाल फाइनान्स र गणपति लघुवित्त वित्तीयको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु एकसिंगे गैँडाको खाग खरिदबिक्री गरेको अभियोगमा नौ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।
सरकारले आगामी भदौ मसान्तसम्म परिचयपत्र नम्बर प्राप्त गरी लाभग्राही परिचयपत्र नवीकरण गरेमा साउन १ गतेदेखिकै भत्ता उपलब्ध गराउने भएको छ।
सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेयोङस्थित लिथियम ब्याट्री निर्माता कम्पनी अरिसेलको प्लान्टमा बिहान १०ः३० बजे आगलागी शुरू भएको थियो।
बाख्रा विकास फार्म चित्लाङले गाईभैँसी पाल्न नसक्ने र थोरै घाँस भएका किसानका लागि दूध उत्पादन गर्ने जातको बाख्रा विकास गरिरहेको छ।