AnonymousUser

Logout

११ महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा

११ महिना अवधिमा नेपालले भारतसँग मात्र आठ खर्ब १३ अर्ब रुपैयाँ बराबर व्यापार घाटा बेहोरेको छ। चीनसँग दुई खर्ब ७० अर्ब ४० करोड रुपैयाँ व्यापार घाटा देखिएको छ।

खनिजजन्य पदार्थ उत्खननबारे स्पष्ट कानूनी व्यवस्था गर्न निर्देशन

संसदीय समितिले खानी तथा खनिज पदार्थ नियमावली, २०५६ को व्यवस्थामा परिमार्जन तथा संशोधन गरी समयानुकूल बनाउन निर्देशन दिएको छ।

योग दिवस

मनाइयो अन्तर्राष्ट्रिय योग दिवस

अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा सरकारले भक्तपुरको एसओएस बालग्राममा विशेष समारोह आयोजना गरेको छ। देशका अन्य विभिन्न स्थानमा पनि विभिन्न कार्यक्रम गरिएको छ। संयुक्त राष्ट्र संघको महासभाबाट सन् २०१४ डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएको थियो। सन् २०१५ को जुन २१ देखि नेपालले पनि हरेक वर्ष योग दिवस मनाउँदै आएको छ।

उकालो साप्ताहिक ब्रिफिङ: जीबी राईको खोजी, गृह प्रशासनको अलमल

उकालोमा यो साता जीबीबारे किन बोलिरहेछन् गृहमन्त्री?, कारागारभित्रै लागुऔषध कारोबार: जेल प्रशासन, सुरक्षाकर्मी, नाइके–चौकीदार सँगसँगै, अर्ब खर्चेर किनिएका मौसमी राडार चल्दैनन् सहितका खबर चर्चामा रहे।

निर्वाचन आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान गर्ने निर्णय

संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ गर्न सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ। 

इलाममा हट्दै आकासे पानीमाथिको निर्भरता

सिँचाइ सुविधा विस्तारसँगै इलाममा अन्नबाली, नगदेबाली तथा तरकारीबाली उत्पादनमा वृद्धि हुने स्थानीयको अपेक्षा छ।

पर्सा निकुञ्जमा सेना र तस्करबीचको भिडन्तमा १ जनाको मृत्यु 

पर्सा राष्ट्रिय निकुञ्जमा सेनाको गस्ती टोली र चोरी सिकारमा संलग्न समूहबीच मुठभेड हुँदा एक जनाको मृत्यु भएको छ। 

दुई वडा अध्यक्षले पाए जलेश्वरको कार्यवाहक प्रमुख र उपप्रमुखको जिम्मेदारी

प्रमुखमा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र यादव र उपप्रमुखमा वडा नं ३ का वडाध्यक्ष रतन चौधरीलाई चयन गरेपछि नगरपालिकाको अवरुद्ध ‍कामकारबाही सञ्चालनमा आएको प्रमुख प्रशासकीय अधिकृत जयकुमार साहले बताए।

पृथ्वीराजमार्गको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा

भासिएर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा आएको छ।

कांग्रेसको विरोधपछि लुम्बिनी प्रदेशसभा अवरुद्ध

कांग्रेसले लुम्बिनी प्रदेश सरकारले संघीयताविरोधी बजेट ल्याएको भन्दै विरोध जनाएपछि शुक्रबार संसद् बैठक अवरुद्ध भएको छ।

सार्वजनिक ऋण २४ खर्ब नाघ्यो, राजस्व संकलनमा वृद्धि

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठ मसान्तसम्ममा देशको आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड र बाह्यतर्फ १२ खर्ब सात अर्ब ८६ करोड रुपैयाँ रहेको छ। 

युक्रेनको समर्थन गर्ने रुसी शिक्षकलाई २० वर्ष जेल सजाय

युक्रेनको पक्ष लिएको र आर्थिक सहयोगसमेत पठाएको अभियोगमा अदालतले २७ वर्षीय शिक्षकलाई देशद्रोही ठहर गरेको हो।

कुटुम्ब ब्यान्डको दुई दशक : चिया पसलबाट शुरू, संस्थापकहरू अझै सँगसँगै

ब्यान्डका सदस्यले सन् २००७ मा पूर्वमाओवादी, पूर्वसैनिकसहित विविध क्षेत्रका मानिससँग अन्तरक्रिया गरेपछि विभेद, आन्दोलन र सामाजिक न्यायबारे बुझे। अनि ‘शान्तिका लागि संगीत’ अभियान लिएर दौडाहामा निस्किए।

मालढुंगा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द

सर्वदलीय बैठकले एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सवारी साधनलाई शनिबारदेखि असार २० गतेसम्म रोक लगाएको छ।

पर्सामा मेलमिलापबाट टुंगिए मिटरब्याजसम्बन्धी ९५८ मुद्दा

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिटरब्याजसम्बन्धी अझै एक हजार १९५ वटा उजुरी भने सम्बोधन हुन बाँकी छ।

अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

संयुक्त राष्ट्र संघको महासभाबाट सन् २०१४ डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ जुन २१ देखि यो दिवस मनाउन थालिएको हो।

झन्डै ७४ करोड भोटको तागत: ‘ग्लोबल साउथ’ले रोज्यो न्याय र समानता

यस जनमतका दूरगामी असर छन्। न्याय र समानतालाई प्राथमिकता दिने ग्लोबल साउथले नवउदारवाद र अधिनायकवादको यथास्थितिलाई चुनौती दिनेछ।

बुटवलको डेल्टा मार्टमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा

मार्टको वरपर घना बस्ती भएकाले बस्ती जोगाउन वारुणयन्त्र प्रयोग गरिएको थियो तर मार्टमा भने पूर्ण रूपमा क्षति पुगेको छ।

मनसुनी प्रणालीको प्रभाव: गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावका कारण मुलुकको पश्चिमी क्षेत्रमा मनसुन फैलिन समय लागिरहेको महाशाखाको भनाइ छ।

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा रिहा गर्न आदेश

दिल्लीको राउज एभिन्यू अदालतले मदिरा घोटालासम्बन्धी मुद्दामा मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।