AnonymousUser

Logout

सेन्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित नौ जना पक्राउ

सीआईबीको टोलीले ठगी मुद्दामा अनुसन्धानका लागि सेन्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित नौ जनालाई पक्राउ गरेको छ।

एसईईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डको तयारी

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ।

कोही किन राजदूत बनोस्...

नेपालमा राजनीतिक नेताहरूको गर्भे गोजीबाट निकालिएका अमुक पात्रहरू राजदूत बनेर जाने र रमिते हुँदै फर्कने ट्रेन्ड त अब ‘सनातनी’ भैसकेको छ। यसमा न प्रश्न छ, न जवाफ।

नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

मधेश प्रदेशको सांसद अनुदानबाट रामजाकी दलित आधारभूत विद्यालयमा अधुरो काम पूरा गर्न दिएको रकम हिनामिनाको आरोपमा नवराजपुरका तत्कालीन अध्यक्षसहित १४ जनाविरुद्ध विशे‍ष अदालतमा मुद्दा दायर भएको छ।

१० महिनामा भित्रियो करिब १२ खर्ब रेमिट्यान्स, २६.२ प्रतिशतले बढ्यो विदेशी मुद्रा सञ्चिति

राष्ट्र बैंकको विवरणअनुसार चालु आर्थिक वर्षको १० महिनासम्म करिब १२ खर्ब विप्रेषण भित्रिएको छ भने एक वर्षभन्दा बढी समयका लागि वस्तु तथा सेवाको आयात धान्ने विनिमय सञ्चिति रहेको देखिएको छ।

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा कांग्रेसका २७, राप्रपाका दुई, स्वतन्त्र सांसद एक र नेसपाका फणीन्द्र देवकोटाले मत दिए।

बयालपाटा अस्पताल सञ्चालनका लागि अत्यावश्यक बजेटको व्यवस्था गर्न माग

सरोकारवालाले सुदूरपश्चिमका मुख्यमन्त्रीसँग बयालपाटा अस्पतालको सञ्चालन तथा व्यवस्थापनका लागि अत्यावश्यक बजेटको सुनिश्चितता गरिदिन माग गरेका छन्।

गृहमन्त्रीलाई निलम्बन माग गरिएको रिटमा जीबी राईविरुद्धको मुद्दाको मिसिल झिकाउन आदेश

सर्वोच्च अदालतले गृहमन्त्री लामिछानेविरुद्धको रिटमा जीबी राईसमेत रहेको सहकारी ठगी मुद्दाको मिसिल रुपन्देही जिल्ला अदालतबाट झिकाउन आदेश दिएको छ।

दुर्घटना, सोती नरसंहार र भूकम्पमा परिवार गुमाएकी लक्ष्मीको अर्को पीडा

सवारी दुर्घटनामा श्रीमान् गुमाइन्, सोती हत्याकाण्डमा छोरा। वियोगैवियोगमाथि  विनाशकारी भूकम्प थपियो र घर भत्कियो, उनी घाइते भइन्। शोक र भूकम्पको घाउले लक्ष्मी सुनारलाई अझै पोलिरहेको छ।

प्रश्नपत्रको गोपनीयता भंग गरेको आरोपमा २ शिक्षक पक्राउ

प्रश्नपत्रको गोपनीयता भंग तथा परीक्षाको मर्यादा विपरीत कार्य गरेको आरोपमा प्रहरीले दुई शिक्षकलाई काठमाडौँबाट पक्राउ गरेको छ।

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

सोमबार एक करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब ४९ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

जुद्धोदय स्कुलको जग्गामा सञ्चालित सटर काठमाडौँ महानगरले बन्द गरायो (तस्वीरहरू)

काठमाडौँ महानगरपालिकाले क्षेत्रपाटीस्थित जुद्धादय माध्यमिक विद्यालयको जग्गामा निर्माण गरिएका व्यावसायिक सटरहरू बन्द गराएको छ।

भित्रियो यस वर्षको मनसुन प्रणाली

कोशी प्रदेशको पूर्वी भू–भाग हुँदै मनसुन प्रणाली भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

बेरुजु फर्स्योटमा देखिएका समस्या समाधान गर्न संसदीय समितिको निर्देशन

बेरुजु फर्स्योट र सरकारी बाँकीसरह असुलउपर गर्नुपर्ने रकम असुल गर्ने कार्यमा देखिएका समस्या समाधानका लागि निर्देशन दिइएको लेखा समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।

प्रधानमन्त्री दाहालसँग भारतीय विदेशमन्त्रीको भेटवार्ता

प्रतिनिधिमण्डलस्तरीय भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो।

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सवारी दुर्घटनामा मृत्यु भएकी निर्मला अधिकारीका आफन्तले हेटौँडामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

नेपालको माग जलवायु वित्तमा सहज पहुँच, अनुदानसमेत खर्च नगर्दा क्षमतामै प्रश्न

जलवायु वित्तमा सहज पहुँचको विषय नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा लगातार उठाउने गरेको छ तर जलवायुका नाममा आउने अनुदान रकम खर्च गर्न नसकेपछि सरकारको क्षमतामै प्रश्न उठ्न थालेको छ।

मह बेचेरै भोजपुरको नागीमा १ करोड रुपैयाँ भन्दा धेरै भित्रियो

टेम्केमैयुङ–४ मा पर्ने यो स्थानका अधिकांश किसानले व्यावसायिक रूपमा मौरीपालन गरेका छन्। नजिकै प्रशस्त वन क्षेत्र रहेकोले मौरीपालन फस्टाएको छ।

इजरायलका 'वार क्याबिनेट' मन्त्रीले दिए राजीनामा, प्रधानमन्त्री नेतन्याहूसँग असन्तुष्ट

प्रधानमन्त्री नेतन्याहूप्रति असन्तुष्ट बेनी गान्ट्जले यो निर्णय ‘गहिरो मनका साथ लिएको’ बताए।

विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउँदै भुम्रे मावि

स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले कक्षा ८, ९ र १० मा अध्ययनरत इच्छुक छात्रछात्रालाई निःशुल्करूपमा कपाल काट्ने तालिम सञ्चालन गरेको  हो।