सीसी क्यामेरा हेर्दा पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरीमा उनीहरूको संलग्नता रहेको पाइएपछि पक्राउ गरी छानबिनका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।
दिउँसो, देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र लुम्बिनीसहित पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
संघीय अस्पतालमा आएका उपकरणमध्ये १४ प्रतिशत जडान नै नगरिएको पाइएको छ।
बाँदरकै कारण धानखेती जोगाउन मुस्किल हुँदै गएपछि पोखरा महानगर–२६, खास्टेतालपारिका किसान सामूहिक रूपमा कागतीखेतीतर्फ लागेका छन्।
बाँदरकै कारण धानखेती जोगाउन मुस्किल हुँदै गएपछि पोखरा महानगर–२६, खास्टेतालपारिका किसान सामूहिक रूपमा कागतीखेतीतर्फ लागेका छन्।
पाथीभरा म्याराथनमा त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ प्रथम भएका छन्।
फेवातालको मापदण्ड ६५ मिटर कायम गरी संरक्षण गर्न सर्वोच्च अदालतले दिएको आदेशप्रति जिम्मेवार निकाय उदासीन छन्। त्यसको फाइदा उठाउँदै २२ जनाले तालको मापदण्ड घटाउन सर्वोच्चमै रिट दिएका छन्।
हमासका नेता याहया सिनवार र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलगायतविरुद्ध युद्ध अपराधको अभियोगमा पक्राउ पुर्जी जारी गर्न माग गर्दै आईसीसीमा निवेदन परेको छ।
दक्षिण अफ्रिकाको संवैधानिक अदालतले पूर्वराष्ट्रपति ज्याकोब जुमालाई आगामी निर्वाचनमा भाग लिन अयोग्य ठहर गरेको छ।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा देशले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ।
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको तालका कारण स्थानीय व्यापार व्यवसायसमेत फस्टाएको थियो। विगत एक वर्षदेखि तालसँगै आयस्रोत पनि सुक्दै गएको स्थानीय बासिन्दाको भनाइ छ।
सोमबार एक करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब ८५ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ।
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।
कांग्रेसले कार्यादेशलाई टुंग्याएर सदन सञ्चालनलाई सहज बनाउनुपर्नेमा सरकार र सत्तापक्ष सहकारीका केही ठगलाई जोगाउन संसदीय मूल्यमान्यता, परम्परा र लोकतान्त्रिक मर्मलाई कमजोर पार्न उद्धत भएको ठहर गरेको छ।
म्याग्दीको बेनी बजारमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन र गुणस्तर सुधार गर्न सञ्चालित आयोजना निर्माण बजेट अभावमा ठप्प भएको छ।
निर्माण कम्पनीले निर्धारित समयमा काम गरेको भए विसं २०७६ असारमा बनिसक्ने थियो। तर, आठ वर्षसम्म पनि पुल नबन्दा स्थानीयले सास्ती खेप्नुपरेको छ।
चन्द्रागिरि नगरपालिकाको प्रत्येक वडामा एकभन्दा बढी ज्येष्ठ नागरिक क्लब सञ्चालनमा छन्। हरेक क्लबलाई पालिकाले वार्षिक आठ लाख रुपैयाँ बजेट पनि व्यवस्था गरेको छ।
संखुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसको विरोधका बीच विश्वासको मतका लागि प्रधानमन्त्री दाहालले राखेको प्रस्ताव बहुमतले पारित भएको हो।
आजै १५ मिनेटका लागि स्थगित बैठक पुनःशुरू भएलगत्तै कांग्रेसका सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै वेल घेराउ र नाराबाजी गरिरहेका छन्।