साइमेक्सले दुई वर्षअघि तीन महिनाको फरकमा ४१ वटा बीवाईडी कार आयात गर्दा अघिल्लो लटका २० वटाको मूल्य प्रतिगाडी १७ हजार १५० अमेरिकी डलर कम थियो। तर उपभोक्तालाई दुवै लटका गाडी एउटै मूल्यमा बेचिएको थियो।
स्थानीयले इलाका प्रहरी कार्यालय तोडफोड गर्न थालेपछि हंसपुर तनावग्रस्त बनेको छ। स्थानीयले प्रहरीको दुईवटा मोटरसाइकलमा आगजनी गरेका छन्।
विद्यालयहरूले नियमित पोसाकबाहेक चाडपर्वका नाममा विभिन्न पोसाक खरिद गर्न लगाएको भन्ने गुनासो आएपछि काठमाडौँ महानगरले त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ।
पूर्वका पर्यटकीय क्षेत्रलाई लक्षित गरी करिब ४०० किलोमिटर पैदलमार्ग र इलाममा चिया बगैँचा निर्माण गर्ने योजना छ।
नेपाल पोल्ट्री महासंघका अनुसार प्रतिक्रेट अण्डाको लागत मूल्य ४२० रुपैयाँ हाराहारी पर्छ। तर, ३७० रुपैयाँमा बिक्री गर्नुपर्ने बाध्यता छ।
गलकोट नगरपालिकाले वर्षको दुई पटक नागरिकको घरमै पुग्ने, पहिलो पटक स्वास्थ्य परीक्षण गरी औषधी र ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्ड दिने र अर्को पटक जाँदा कार्ड हेरेर उपचार गर्ने योजना बनाएको छ।
विश्वविद्यालयको दर्शन विभागको भवनमा बिहीबार एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाएका थिए। जवाफी कारबाहीमा गोली चलाउने विद्यार्थीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
ताली पाउने भोकमा ‘कमरेड किराती’ले कमल थापा, राजेन्द्र लिङ्देन र दुर्गा प्रसाईंजस्ता धर्मनिरपेक्षताविरोधी पात्रहरूलाई झनै सजिलो पारिदिए।
बाल संगठनमा आश्रय लिइरहेका बालबालिकाको आवास, खाद्यान्न र स्वास्थ्योपचारका लागि ३० लाख रुपैयाँ सहयोग गरिएको काठमाडौँ महानगरले जनाएको छ।
कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ।
पुर्खौली पेसाबाट बनेका सामग्रीले बजार पाउन नसक्दा पेसा नै संकटमा पर्ने अवस्था आएको छ। बजारमा परम्परागत तवरबाट बनेका सामग्रीको माग भए पनि सीपको प्रवर्द्धन गर्न नसक्दा स्थानीय मारमा पर्ने गरेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस ठूलो राजनीतिक दल रहेको र भविष्यमा पनि बहुमत प्राप्त गर्ने पार्टीका रूपमा स्थापित गर्ने गरी अगाडि बढ्न नेता/कार्यकर्तालाई आग्रह गरे।
म्याग्दीमा नदीमा दुई जनाको शव फेला परेको छ।
छबबहादुरका अनुसार आरनमा काम गर्नेलाई समाजले गर्ने हेला, भेदभाव र हिंसाका कारण नयाँ पुस्ताको चासो कम भएको छ। पढेकाले यो व्यवसाय गर्न हुँदैन भन्ने बुझाइले पनि असर गरेको छ।
परमादेशबमोजिम अहिलेसम्म जलवायु परिवर्तनसम्बन्धी कानून नबनाएको भन्दै सरकारविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।
ती रोजगारदाताहरूले आफ्नोमा काम गर्ने घरेलु श्रमिकलाई अर्काको घरमा काम गर्न लगाएका छन्। जुन् यूएईको कानून विपरीत छ।
राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि राष्ट्रिय जनगणना २०७८ को कुल जनसंख्याको ०.५ प्रतिशतभन्दा कम जनसंख्या भएका जातजातिलाई सरकारले अल्पसंख्यकमा राख्ने निर्णय गरेको छ।
बजेट तर्जुमादेखि संसद्मा संशोधनसम्मको कार्यतालिकालाई व्यवस्थित गर्नेगरी नयाँ प्रस्ताव तयार पारिएको अध्ययन समिति संयोजक रामकुमार फुयाँलले जानकारी दिए।
वैदेशिक रोजगारीबाट फर्केर नेपालमा आफ्नै व्यवसाय थालेका तर त्यसमा घाटा भएर पुनः वैदेशिक रोजगारीमै फर्किन खोज्नेको संख्या २० प्रतिशत रहेको छ।
न्यायाधीश शिशिरराज ढकालले मेडिकल रिपोर्टको प्रमाण, पीडितको बयान, जाहेरी र अभियोगको मागदाबीलाई भन्दा पनि प्रतिवादीको इन्कारी बयानलाई निर्णायक आधार मानेर अभियुक्तलाई धरौटीमा छाड्ने आदेश दिएका हुन्।