AnonymousUser

Logout

चिउरीबाट घिउ उत्पादन गर्दै चेपाङ

विगतमा चेपाङ समुदायमा छोरीलाई चिउरीको रुख नै दाइजो दिने चलन थियो। तर, अहिले चिउरीको रुख दाउरा बाल्न, चिउरीको पात खसीबाख्रालाई खुवाउन प्रयोग हुन थालेको छ।

त्रिविका १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुँदै

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार यस वर्ष १२ हजार चार सय १५ विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुने छन्।

डेढ दशकमा १२ हजार नेपाली आप्रवासी श्रमिकले गुमाए ज्यान 

वैदेशिक रोजगार बोर्डका अनुसार पछिल्लो डेढ दशकमा १२ हजारभन्दा धेरै नेपाली आप्रवासी श्रमिकले ज्यान गुमाएका छन् भने करिब तीन हजार श्रमिकहरू अंगभंग भएर स्वदेश फर्किएका छन्।

सार्वजनिक स्थानबाट १६ वटा मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ

पक्राउ पर्नेमा सुनसरीको भोक्राहा नरसिंह २ का २१ वर्षीय निकाइल अन्सारी र सुनसरीकै हरिनगरा ६ का ३९ वर्षीय नजाम अन्सारी रहेका छन्। 

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस: सप्ताहव्यापी कार्यक्रम गरी मनाइँदै

'आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान' भन्ने मूल नाराकासाथ अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस साताव्यापी रूपमा मनाइँदैछ।

उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाको दाबी

सियोल र वासिंटनले प्योङयाङलाई अमेरिका र दक्षिण कोरियामाथि कुनै पनि आणविक आक्रमण गरेमा उत्तर कोरियाली शासनको अन्त्य हुने चेतावनी दिइरहेका बेला उक्त परीक्षण गरिएको हो।

पाँच-दश वर्षमै देशको कायापलट सम्भव देखिन्छ

प्रवासी नेपालीको क्षमता वार्षिक करिब ६० खर्ब जीडीपी छ। ६० खर्ब रुपैयाँमा जम्मा १३/१४ खर्ब मात्रै नेपाल आएको छ।

एस्टन भिल्लासँग ब्रेन्टफोर्ड पराजित, ब्राइटनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

एस्टन भिल्लाले ब्रेन्टफोर्डलाई २–१ तथा आर्सनलले ब्राइटनलाई २–० गोल अन्तरले पराजित गरेको हो।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

हाल देशका पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

काभ्रेभञ्ज्याङबाट १६ टन प्याज बरामद

धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा सवारीसाधन जाँच गर्ने क्रममा चार सय एक बोरा प्याज बरामद भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

बरु कांग्रेस सकिन्छ तर आगामी चुनावमा कसैसँग गठबन्धन गर्दैन : गगन थापा 

दाहाललाई कुनै साइनो परेर प्रधानमन्त्री बन्न सहयोग गरेको नभई केही काम गर्छन् कि भनेर मत दिएको तर अहिलेसम्म कुनै राम्रो काम गर्न नसकेको कांग्रेस महामन्त्री थापाको भनाइ छ।

श्रमसचिव भन्छन्– ‘फ्री भिसा फ्री टिकट’मा वैदेशिक रोजगारीमा पठाउन सकिँदैन

श्रमसचिव केवलप्रसाद भण्डारीले म्यानपावर कम्पनीले श्रमिकहरूबाट एक महिनाको पारिश्रमिक बराबर र सीपयुक्त श्रमिकबाट फरक सेवाशुल्क लिन सक्ने गरी मन्त्रालयले छलफल गरिरहेको बताए।

बाजुरामा दुई वटा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

बाजुराको मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना जाने क्रममा एकअर्कालाई उछिन्न खोज्दा दुवै ट्याक्टर दुर्घटनामा परेको र एउटा ट्याक्टरमा सवार चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

हल्ला धेरै भएको प्रसाईंको आन्दोलन महिना दिनमै तिलमिलायो

बैंक तथा वित्तीय संस्थाबाट लिएको २० लाख रुपैयाँभन्दा कम ऋण मिनाहा र ‘व्यवस्था परिवर्तन’ नभएसम्म चर्काइरहने दाबीसहित शुरू भएको दुर्गा प्रसाईं नेतृत्वको आन्दोलन एक महिना नपुग्दै तितरबितर बनेको छ।

उखु किसानलाई दिन बाँकी ५२ करोड तत्काल उपलब्ध गराउने सरकारको निर्णय

सरकारले उखु किसानहरूलाई भुक्तान गर्न बाँकी ५२ करोड रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको छ।

तत्काल मन्त्रिपरिषद् फेरबदलको सम्भावना छैन: सञ्चारमन्त्री

सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकार र सत्ता गठबन्धनभित्र मन्त्री फेरबदलको विषयमा चर्चासमेत नभएको बताएकी छन्।

राष्ट्रिय झण्डा

मनाइयो राष्ट्रिय झण्डा दिवस

काठमाडौँमा छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ। दिवसका अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले आइतबार काठमाडौँको वसन्तपुरबाट रत्नपार्कसम्म र्‍याली निकालेको थियो। २०७५ पुस १ गतेबाट राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको हो। झण्डाको महत्त्वबारे प्रचार गर्न दिवस मनाउने गरिएको प्रतिष्ठानका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए। 

बांग्लादेशलाई पहिलोपटक यू१९ एशिया कपको उपाधि

यूएईलाई पराजित गर्दै बांग्लादेशले पहिलोपटक यू१९ एशिया कपको उपाधि जितेको छ।

नेप्से २७.७५ अंकले बढ्यो, पाँच अर्बमाथिको कारोबार

आइतबार नेप्से २७.७५ अंकले बढेर २०२२.३५ को बिन्दुमा कायम भएको छ। ११ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

अन्तरमन्त्रालय समन्वयमा समस्या छ: भौतिक पूर्वाधारमन्त्री

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला मन्त्रालयगत समन्वयमा अभावका कारण अर्थ, कानून र वन मन्त्रालयमा गएका फाइलहरू त्यहीँ अड्किने गरेको बताउँछन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।