AnonymousUser

Logout

कीर्तिपुर मैदानमा प्यारापेट निर्माण अन्तिम चरणमा [तस्वीरहरू]

६ वटा फ्लडलाइट जडान गर्न पोल ल्याइसकिएको छ। केही दिनमा जडान शुरू गर्ने तयारी छ।

लिपुलेककै विषयले रोकिएको थियो प्रधानमन्त्री कोइरालाको भारत भ्रमण

२०७२ जेठ अन्तिममा हुन लागेको तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको भारत भ्रमण सी चिनफिङ र नरेन्द्र मोदीबीच भएको ‘लिपुलेक सम्झौता’कै कारण रोकिएको थियो। के होला प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमण?

तोलामा १ हजार ३०० रुपैयाँ बढ्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ८०० रुपैयाँ निर्धारण भएको छ।

‍ढोरपाटन र निसेलढोरमा रित्तै छन् स्याउका बोट

पछिल्ला केही वर्षयता समयमा पानी पर्न छडेको छ। यसको प्रभाव स्याउ उत्पादनमा पनि परेको छ। लाखौँ लगानी गरेर खेती गरेको स्याउ नफल्दा ठूलो नोक्सानी भएको किसानले बताएका छन्।

आप्रवासी श्रमिकका समस्या सुल्झाउन सशक्त लागोस् राज्य

अवैध तवरले वैदेशिक रोजगारीमा पठाउने जो कसैलाई कानूनी दायरामा ल्याइनुपर्छ। अर्कातिर, बढ्दो महँगीको मारबाट श्रमिकलाई के कसरी राहत दिलाउन सकिन्छ, यसमा पनि राज्य गम्भीर हुनुपर्छ।

कोशी, बागमती र गण्डकीमा भारी वर्षा हुने पूर्वानुमान

देशका पहाडी भूभागमा पहिरोको जोखिम रहेको, नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन तथा पूर्वतयारी गर्न महाशाखाले अनुरोध गरेको छ।

कैलाली कारागारमा आन्तरिक मतभेदका कारण झडप: छानबिन समिति

घटनाको थप तथ्य बाहिर ल्याउन विशेषज्ञसहितको उच्चस्तरीय छानबिन आवश्यकता देखिएको समितिले जनाएको छ।

उत्तर कोरियालाई हतियार पठाएको आरोपमा अमेरिकामा चिनियाँ नागरिकलाई ८ वर्ष जेल सजाय

ती चिनियाँ नागरिकले क्यालिफोर्नियाबाट हतियार र सैन्य उपकरणहरू पठाउन उत्तर कोरियाली अधिकारीहरूबाट लगभग २० लाख डलर प्राप्त गरेका थिए।

बजेट अपुग भएपछि किसानलाई ‘स्यालो ट्युबवेल’ वितरण कार्यक्रम स्थगित

मधेश प्रदेश सरकारले किसानलाई वितरण गर्ने भनिएको स्यालो ट्युबवेलका लागि बजेट अपुग हुने भएपछि हालका लागि कार्यक्रम स्थगित गरिएको छ।

साफ महिला च्याम्पियनसिप: नेपाल भारतसँग पराजित

साफ यू–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल भारतसँग ७–० गोलअन्तरले पराजित भएको हो।

अनलाइनमार्फत १६ तरिकाले ठगिँदै सर्वसाधारण, करोडसम्म गुमेपछि बल्ल उजुरी

सबैभन्दा धेरै ठगी सामाजिक सञ्जालमा विज्ञापन गरी सामान पार्सल गरिदिने र साथी बनेर नजिकिँदै महँगा उपहार पठाउने बहानामा भइरहेको छ। प्रायः प्रलोभनमा फस्नेहरू नै ठगिने गरेका छन्।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयक दफावार छलफलका लागि समितिमा

२०८१ चैत ११ गते प्रतिनिधिसभामा दर्ता भएको सो विधेयकमाथि गत साउन ८ गते सामान्य छलफल भएको थियो।

नेप्से परिसूचक ९.७० अंकले घट्यो

बुधबार शेयरबजार ९.७० अंकले घटेर २,७६७.२० को विन्दुमा कायम भएको छ।

अबिच्युरी

कांग्रेसका अनवरत बफादार

सीडीओलाई हानेको गोली सुरक्षागार्डलाई लागेर मृत्यु भयो। त्यहीताका बासुजीले बमसहित पठाएका चार युवक अशोक खनाल, धिरेन्द्र श्रेष्ठ, भिखारी मन्सुर र रामचन्द्र राय बमसहित समातिएका थिए।

काठमाडौँमा अवैध प्लटिङ नियन्त्रणमा कडाइ गर्ने तयारी

काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकामा बढ्दै गएको अवैध प्लटिङ, हाउजिङ र योजना अनुमतिबिना भइरहेका भौतिक पूर्वाधार निर्माणलाई नियन्त्रणमा लिन कडाइ गरिने जनाएको छ।

नेपालको लगातार दोस्रो जित, सोमपालले लिए ५ विकेट

बुधबार भएको आफ्नो पाँचाैं खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो।

कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी परेका नेपालीको अवस्था जानकारी गराउन माग

कुवेतस्थित नेपाली दूतावासले विषादीयुक्त मदिरा सेवनबाट ३५ जना नेपाली अस्पतालमा भर्ना भएको र तीमध्ये 'केहीको ज्यान गएको' भन्दै अपुष्ट सूचना जारी गरेको थियो।

अवरुद्ध काठमाडौँ–मन्थली सडक एकतर्फी खुल्यो

रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक मर्मतपछि यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

अफगानिस्तानमा बस दुर्घटना हुँदा ७६ जनाको मृत्यु

पश्चिमी अफगानिस्तानमा भएको दुर्घटनाका मृतकमध्ये एक दर्जनभन्दा बढी बालबालिका रहेका छन्।

नेपालले मेलबर्न रेनेगेड्सलाई दियो १४० रनको लक्ष्य

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो।