शिक्षासेवी रत्नमान गुरुङद्वारा नेपाली, अंग्रेजी र गुरुङ भाषामा लिखित ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ कृति सार्वजनिक भएको छ।
प्रसिद्ध साहित्यकारद्वय वैरागी काइँला र गोपाल पराजुलीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ।
प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्यले मासिक ५१ हजार चार सय ४७ रुपैयाँ पारिश्रमिक/सुविधा पाउने गरेका छन्।
महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी विभिन्न २० वटा ‘ओपन–एयर प्यानल’ छलफल हुने आयोजक संस्था नवमिथिला फाउन्डेसनले जनाएको छ।
कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ पाल्पामा शनिबारदेखि ११औँ लोकवार्ता सम्मेलन शुरू भएको छ।
नेपाल प्रज्ञाप्रतिष्ठान, संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका नवनियुक्त कुलपतिहरूले प्रधानमन्त्रीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
नेपाल प्रज्ञाप्रतिष्ठानको कुलपतिमा कवि भूपाल राई तथा उपकुलपतिमा कवि विमल निभा नियुक्त भएका छन्।
गण्डकी प्रज्ञाप्रतिष्ठानले कला, साहित्य र संस्कृतिको उत्थानमा सक्रिय स्रष्टाको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ।
गोरखा बजारबाट शुरू हुने पदयात्रा सडक खुलेपछि आरुघाट बजारबाट शुरू भयो। त्यसपछि सोतीखोला र अचेल माछाखोला बनेका छन्, उही पदयात्राको प्रस्थानबिन्दु। फिलिमसम्म सडक छ। दोभानसम्म जिपको सुविधा छ।
जेनिफर इगनको पछिल्लो काल्पनिकी दि क्यान्डी हाउसमा मानिसहरू साइबर स्पेसमा आफ्नो स्मृति अपलोड गर्छन्, बनावटीपनबीच जीवनको सच्चाइको खोजी गर्छन् र अर्थपूर्ण अस्तित्वको लागि अनौठा खालका संघर्ष गर्छन्।