AnonymousUser

Logout

साढे ६ महिनामा ११ अर्ब १६ करोडको विद्युत् भारत निर्यात

नेपाल विद्युत् प्राधिकरणले साढे ६ महिनाको अवधिमा भारतलाई ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ बराबरको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली निर्यात गरेको जनाएको छ।

प्रतितोला सय रुपैयाँले घट्यो सुनको मूल्य

सुनको मूल्यमा सोमबार फेरबदल भएन। मंगलबार प्रतितोला एक लाख चार हजार रुपैयाँ कायम भएको छ।

कसले आउन दिँदैन नेपालमा रासायनिक मल?

धानबाली लगाउने समय असार–साउनदेखि नपाइएको मल हिउँदे बाली लगाउँदा पनि आइपुग्दैन। मल ल्याउने कबुल गरेर ठेक्का पाएका कम्पनीले आयातै गर्दैनन्। किन किसानले वर्षौंदेखि मलको हाहाकार भोग्दैछन्?

काँक्रो खेतीबाट आत्मनिर्भर बन्दै हुप्सेकोटका किसान

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट–१ का किसानले परम्परागत खाद्यबाली छाडेर काँक्रोखेती गर्न थालेका छन्। उनीहरूलाई गाउँपालिकाले पनि सहयोग गरिरहेको छ।

नारायणगढ–मुग्लिन सडक मंगलबारदेखि दिउँसो ४ घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्ड मंगलबारदेखि एक महिनाका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने भएको छ।

लक्ष्यभन्दा १३.६३ प्रतिशत कम राजस्व संकलन, आयकर र भ्याट असुली बढी प्रभावित

विभागले सामान्य अवस्थालाई अनुमान गरेर लक्ष्य निर्धारण गरेको तर परिस्थिति असामान्य बनेका कारण लक्ष्य भेटाउन नसकेको निर्देशक राजुप्रसाद प्याकुरेल बताउँछन्।

नेप्सेमा झिनो अंकको सुधार, ८८ करोडको कारोबार

कूल २५१ कम्पनीको २६ लाख ९९ हजार ३३१ कित्ता सेयर ८८ करोड ६० लाख ९८ हजार ५६८ मूल्यमा खरिद बिक्री भए। कारोबारका आधारमा प्राइम बैंक शीर्ष स्थानमा छ।

धनुषामा ६६ प्रतिशतभन्दा बढी करदाता सम्पर्कमै आउँदैनन्

आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषाका अनुसार करको दायरामा आएकामध्ये ६६ प्रतिशतभन्दा बढी करदाता न समयमा कर विवरण दाखिला गर्छन् न त कार्यालयको सम्पर्कमा आउँछन्।

भाडावृद्धि तत्काल फिर्ता नभए सरकारले गम्भीर मूल्य चुकाउनुपर्छ : उद्योग महासंघ

महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भाडा वृद्धि फिर्ता नलिए सरकारले गम्भीर मूल्य चुकाउनु पर्ने बताएको छ।

सुनवलको १३२ केभी सब-स्टेसन सञ्चालन भएपछि परासी क्षेत्रको विद्युत् आपूर्तिमा सुधार

औद्योगिक करिडोरमा विद्युत् आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत प्राप्त भएको बजेट करिब ६९ करोड रुपैयाँमा सुनवल सब-स्टेसन निर्माण गरिएको हो।

सहकारीमा संचालक र कर्मचारीको मनोमानी, विज्ञहरू भन्छन्– प्रभावकारी नियमन जरुरी

संचालक र कर्मचारीले मनोमानी ढंगबाट ऋण झिकेर अनुत्पादक क्षेत्रमा लगानी गर्दा सहकारीहरू संकटमा परेको भन्दै विज्ञहरूले प्रभावकारी नियमन र कारबाही तथा कानूनमा परिवर्तन नै समस्या समाधान भएको बताएका छन्।

प्रतितोला १ लाख ५०० पुग्यो सुनको मूल्य

सुनको मूल्य एकैदिन ६०० रुपैयाँ बढेर एक लाख ५०० पुगेको छ।

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालन

चितवनको बसपार्कमा दुईवटा विद्युतीय सवारी चार्जिङ स्टेशनमा निर्माण भएको छ। यहाँ एकैपटक छ वटासम्म गाडी चार्ज गर्न मिल्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। 

क्रेटको ६० रुपैयाँले बढ्यो अण्डाको मूल्य

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य प्रतिक्रेट ३६० रुपैयाँ तोकेको छ। लगानी नै नउठ्ने भएपछि बढाउँन बाध्य भएको संघको भनाइ छ। 

गुल्मीकी विपना : जसले चिया बेचेरै दिनको ५ हजारसम्म कमाउँछिन्

गुल्मीकी विपना महतले पढाई र कामलाई सँगसँगै अघि बढाएकी छन्। उनी तम्घास बजारमा चिया बेचेर अन्तनिर्भर बनेकी छन्।   

वन मन्त्रालयले स्वीकृत गर्‍यो ‘सुनकोसी–तेस्रो’ जलाशययुक्त आयोजनाको ईआईए

आयोजनाबाट सिन्धुपाल्चोकको तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेपलान्चोकको तीन गाउँपालिका र दुई नगर, रामेछापको दुई गाउँपालिका र सिन्धुलीको एक गाउँपालिकाका बासिन्दा प्रभावित हुने जनाइएको छ।

आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा मूल्यमा ३/३ रुपैयाँका दरले घटेको छ भने एलपी ग्यासको मूल्य यथावत् राखेको छ।

खाद्य भन्छ– चाँडो धान किन्दा गुणस्तर नपुग्ने भएकाले ढिलाइ गरिइएको हो

धान काट्नेबित्तिकै किन्दा त्यसको चिस्यान बढी हुने र तौल पनि बढी हुने तर गुणस्तर भने नपुग्ने भएका कारण ढिलो गरी धान किन्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ।

विदेश पुग्छ टोखाको चाकु

टोखामा उत्पादन भएको चाकुको नारायणघाट, पोखरा, बुटवल, विराटनगरसहितका शहर र नेपालबाहिर जापान, अस्ट्रेलिया लगायतका देशमा माग छ।

प्रधान र न्यौपानेमाथि सेयर अवैध किनबेचको आरोप, सेबोनले कारबाही गर्ने

सञ्चालक समितिमा रहेकै बेला एकाघर परिवारका सदस्यको नाममा रहेको सेयर किनबेच गरेको भेटिएपछि ज्ञानेन्द्रलाल प्रधान र गुरुप्रसाद न्यौपानेविरुद्ध सेबोनले कारबाही प्रक्रिया अघि बढाएको छ।