सोमबार नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ को विन्दुमा सीमित भएको छ भने पाँच अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जंगलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ।
साना र मझौला उद्यमले केन्द्रीय बैंकसँगको सहकार्यमा सबै क्षेत्रमा दिगो वृद्धि हुने किसिमले काम गर्नुपर्ने राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको भनाइ छ।
दुई महिनाको अवधिमा सरकारले ९० अर्ब आन्तरिक ऋण उठाउँदा ३५ अर्ब रुपैयाँ बराबर ऋण तिरेको छ। भदौ मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण १२ खर्ब ९२ अर्ब ७१ करोड रुपैयाँ छ।
इस्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र अपर साङ्गी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
सरकारी तवरबाटै विशेष दक्ष श्रमिक निःशुल्क जापान पठाउनेगरी थालिएको प्रक्रिया अहिले भद्रगोल छ। कार्यविधिअनुसार म्यानपावर व्यवसायीले पनि कामदार पठाउन पाएका छैनन्, तर कन्सल्टेन्सीले धमाधम पठाइरहेका छन्।
जुरे पहिरो, महाभूकम्प, नेपाल–भारत नाकामा भएको अवरोध, भोटेकोशी नदीमा आएको बाढी, कोभिड तथा ठेकेदारको कमजोर कार्यसम्पादनले आयोजना निर्माण प्रभावित भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा लगातार वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
दिपायल सिलगढी–३ बान्नेकोटका युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले करिब १८ रोपनी जमिनमा बेसारखेती थालेका हुन्। उनीहरूले वर्षौंदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याएका छन्।
जोमसोमदेखि घरपझोङ गाउँपालिका–५ ठिनी भएर तिलिचो तालमा पर्यटक जान थालेका हुन्। यसअघि मनाङको चामेदेखि खाङसार हुँदै तिलिचो ताल जोड्ने पदमार्ग प्रयोगमा थियो।
साउन र भदौमा एक अर्ब १३ करोड ३४ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको छ। गत वर्ष सोही अवधिमा ६९ करोड ९३ लाख ६४ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो।
‘मुख्य कुरा आवश्यकता र अभाव रहेछ। अप्ठ्यारोले बलियो बनाउँदो रहेछ। बिहेवारी भएपछि जिम्मेवारी थपियो, खर्च बढ्यो। अभावले तनाव दियो, त्यसैको समाधान खोज्दा दुनाटपरी उद्योग जन्मियो।’
नेपाल सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम) बैंक, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलियतपूर्ण ऋणमा उक्त आयोजना बनिरहेको छ।
बिहीबार प्रतितोला १ लाख ५५ हजार ६०० रुपैयाँ रहेको सुन शुक्रबार १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको छ।
ऋषिङ गाउँपालिकाको लगानीमा डेढ रोपनी जग्गामा दुई हजार २५० स्ट्रबेरीका बिरुवा रोपिएका छन्। परीक्षणका रूपमा खेती गरिएको हो।
अविरल वर्षापछि आएको बाढी र हावाहुरीले कञ्चनपुरमा धानमा क्षति पुर्याएको छ। दोधारा चाँदनी, भीमदत्त, पुनर्वास, बेलौरीलगायत क्षेत्रका बालीमा बढी क्षति भएको छ।
वायुसेवा निगम सुधारका लागि समिति बनाउने र प्रतिवेदन दराजमा थन्क्याउने क्रम २०५८ सालदेखि निरन्तर चलिरहेको छ। अहिलेसम्म बनेका सात समितिले दिएका तर कार्यान्वयन नभएका निगम सुधारका सुझाव प्रायः उस्तै छन्।
बुधबार प्रतितोला १ लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापवाल सुन बिहीबार १ लाख ५५ हजार ६०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार परिसूचक चार अंकले घटेर २५७६.७६ को विन्दुमा सीमित भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ५६ हजार ७०० रहेको छापावाल सुन बुधबारका लागि एक लाख ५६ हजार ४०० रुपैयाँ निर्धारण भएको छ।