संघीय र स्थानीय तहबाट बाँडफाँट हुने मूल्य अभिवृद्धि कर, आय कर, प्राकृतिक स्रोत उत्खनन दस्तुर, मालपोतलगायत राजस्व संकलनमा आएको कमी र आर्थिक मन्दीका कारण राजस्वमा कमी आएको बताइएको छ।
कोशी प्रदेशका १४ जिल्लामा ६५ हजार ३७२ हेक्टरमा कोदोखेती हुने गरेको छ। त्यसबाट एक लाख आठ हजार ३७५ टन कोदो उत्पादन हुने गरेको छ।
उद्योगबाट उत्पादित प्रांगारिक मल मलिलो र राम्रो हुने भएकाले पहिलो चरणमा नगरपालिकाभित्रकै कृषकलाई अनुदानमा वितरण गर्ने भनिएको थियो।
पर्साको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेपछि आर्थिक वर्ष (आव) २०८१/८२ मा पाँच अर्ब लक्ष्य घटाइएको छ।
डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता उठाउन अपनाइने विधि र प्रक्रिया लगायतका विषयमा सांसदहरूबीच विवाद सिर्जना भएको छ।
शेयर बजार परिसूचक नेप्सेमा साताको पहिलो कारोबार दिन ठूलो अंकको गिरावटका साथ करेक्सन आएको छ।
विद्युत्भार कटौती अन्त्य भई नियमित रूपमा आपूर्ति हुन थालेपछि विद्युत् खपतमा उल्लेख्य वृद्धि भएको प्राधिकरणले जनाएको छ।
चुक्तापुँजी कम रहेका कम्पनीको शेयर संख्या कम हुन्छ। एउटा व्यक्ति वा समूहले ठूलो परिमाणमा शेयर खरिदबिक्री गर्दा मूल्य नियन्त्रित हुन्छ। पछिल्लो समय कतिपय कम्पनीको शेयर मूल्य यसरी अस्वभाविक बढेको छ।
साउनमा नेपालले एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको मात्रै निर्यात गरेको छ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले मात्रै मूल्य तय गर्न निर्देशन दिएपछि फार्मले आफै मूल्य निर्धारण गर्ने गरेका छन्।
सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणार्थ लिइएको ऋण अनुदानमा परिणत गरिदिन चिनियाँ पक्षलाई पत्रमार्फत आग्रह गरेको छ।
बिहीबारको कारोबारमा सात वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एसबीएल डिवेन्चरमा नकारात्मक सर्किट लागेको छ।
बागलुङ नगरपालिकाले कालाखोला बगर, भाटेखोला बगर, दब्ल्याङ बगर, खनियाघाटलगायत बगरमा अवैध रूपमा उत्खनन गरी बालुवा तथा ढुंगा संकलन गर्नेलाई कारबाही गर्न थालेको छ।
सन् २०३० सम्म नेपालमा १० हजार स्टार्टअप प्रवर्द्धन गरी एक लाख रोजगारी सिर्जना गर्ने र देशलाई आत्मनिर्भर बनाउनेलगायत विषयमा छलफल गर्दै सम्मेलन सम्पन्न भएको छ।
नेपाल उद्योग परिसंघले सेजनसँगको सहकार्यमा तयार पारेको प्रतिवेदनले निजी क्षेत्रसँग सम्बन्धित योजनामध्ये करिब २५ प्रतिशत मात्रै पूर्ण कार्यान्वयनमा आएको देखाएको छ।
बुधबार दिनभरको उतारचढावका बीच नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ को बिन्दुमा कायम भएको हो।
मंगलबार प्रतितोला एक लाख ५२ हजार २०० रहेको छापावाल सुन ८०० रुपैयाँले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो।
ड्रागनफ्रुटको खेती इलामको चुलाचुलीसहित माई नगरपालिका, रोङ गाउँपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको तल्लो क्षेत्रमा खेती विस्तार हुँदै आएको छ।
सूर्योदय–१२ का मलिम, आठघरे, याङ तरकारी उत्पादनका लागि राम्रा क्षेत्र हुन्। यहाँका किसानले काँक्रो, गोलभेँडा, इस्कुस, अकबरे, फर्सी, बन्दा, काउलीलगायत तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेका छन्।
हलेसी तुवाचुङ–७ महादेवस्थानस्थित ककनीडाँडामा निर्माणाधीन रक गार्डेनलाई नगरपालिकाले ‘बुङालुङ’ नामकरण गरेको छ।