AnonymousUser

Logout

तोलामा २ हजार ७०० रुपैयाँ घट्यो सुनको मूल्य

सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार ५०० रुपैयाँमा झरेको छ। मंगलबार एक लाख ३७ हजार २०० रुपैयाँ थियो। 

प्रतिलिटर २ रुपैयाँले घट्यो डिजेल र मट्टितेलको मूल्य

 नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ

लगानी सम्मेलनमा उठान भएका विषय तत्काल कार्यान्वयनमा लगिने

सरकारले तेस्रो लगानी सम्मेलनमा उठान भएका विषयलाई तत्काल कार्यान्वयनमा लैजाने भएको छ।

यो वर्ष आर्थिक वृद्धिदर ३.८७ प्रतिशतमा सीमित रहने

तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा सरकारले लिएको लक्ष्यको आधा हाराहारी मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ।

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, ४ अर्ब ८० करोडको कारोबार

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ को विन्दुमा पुगेको छ।

सकियो लगानी सम्मेलन, एक दर्जन समझदारीपत्रमा हस्ताक्षर

सम्मेलनका क्रममा ऊर्जा, सूचना प्रविधि, पूर्वाधार लगायतका क्षेत्रमा महत्त्वपूर्ण छलफल भएको र एक दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षर भएको लगानी बोर्डले जनाएको छ।

स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृत गर्ने प्रणाली कार्यान्वयनमा

सूचना प्रविधिमा आधारित उद्योगका लागि स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्दा लगानीको न्यूनतम सीमा नतोकिएको उद्योग विभागले जनाएको छ।

रारामा भित्रियो अस्ट्रेलियन लगानी

काम शुरू भएको डेढ वर्षभित्र रिसोर्टको निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको रारा होल्डिङ्स जनाएको छ।

चेम्बर अफ कमर्स र क्रोएसियाको निजी क्षेत्रबीच व्यावसायिक सहकार्यको समझदारी

नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ।

नेप्से परिसूचकमा क्रमिक सुधार, कारोबार रकम पनि बढ्यो 

सोमबार ७३ लाख ४१ हजार १७७ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ९५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सार्वजनिक निजी साझेदारी प्रवर्द्धनका लागि ‘वाप’ र ‘नाप’बीच समझदारी

काठमाडाैँमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) प्रवर्द्धनका लागि दुई संस्थाबीच समझदारी भएको हो।

नेप्से परिसूचक १४.३३ अंकले बढ्यो, कारोबार रकममा सामान्य सुधार

धितोपत्र बजारमा आइतबार ६८ लाख ७८ हजार १६९ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ६८ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

डाटा सेन्टर निर्माणसहित २ लगानी सम्झौतामा हस्ताक्षर

काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलनमा दुई वटा लगानी सम्झौतामा हस्ताक्षर भएको छ।

तेस्रो लगानी सम्मेलन शुरू, १ हजार ६०० लगानीकर्ता सहभागी 

लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिएका छन्।

मध्यवर्ती क्षेत्रका स्थानीयले होमस्टेबाट लिँदैछन् बहुआयामिक लाभ

स्थानीयले निकुञ्जबाट वन्यजन्तु बस्तीमा पस्ने स्थानका खेतमा माछापोखरी बनाएपछि वन्यजन्तु निकुञ्ज बाहिर आउन पनि कम भएको छ। साथै पाहुनाका लागि माछापोखरीमा पालेका माछा खपत हुँदा आम्दानीमा थप वृद्धि भएको छ।

बचतकर्तालाई महँगोमा जग्गा ‘भिडाएर’ कमाउने धन्दामा सहकारी सञ्चालकहरू

केही सहकारीका सञ्चालकले बिचौलिया समेतको मिलेमतोमा बचतकर्तालाई महँगोमा जग्गा किन्न बाध्य पारेर त्यसबाट उल्टै असुल्ने धन्दा चलाइरहेको पाइएको छ। यसरी भइरहेको ठगीबारे नियामकीय निकायहरू बेखबर भने छैनन्।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

बिहीबार ६३ लाख १२ हजार ५५२ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ३६ करोड ६९ लाख रुपैयाँ बराबर कारोबार भएको छ।

खासै घटबढ भएन शेयरबजार

बुधबार शेयर बजार परिसूचक नेप्सेमा ०.१५ अंकको सामान्य बढोत्तरी भएर १९६९.१७ विन्दुमा पुगेको छ। 

१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट

निजी क्षेत्रसँगको सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएको वित्तीय विकास संस्थाको प्रतिनिधि मण्डलले अर्थमन्त्री पुनसँग शिष्टाचार भेट गरेको हो।

धार्मिक पर्यटकीय गन्तव्य बन्यो नवलपुरको देवचुली डाँडा

एक हजार ९३६ मिटर अग्लो चुलीबाट उत्तरतर्फ हिमशृंखला, दक्षिणतर्फ सम्म फाँट नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज र विभिन्न बस्तीको दृश्यावलोकन गर्न सकिन्छ।