खोटाङमा यस वर्ष ८१० हेक्टरमा लगाइएको बगानबाट तीन हजार १३५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ।
कच्चा पदार्थ तथा कामदारको अभाव र विद्युत् आपूर्तिमा अनियमिततालगायत कारण मागअनुसार नेपाली हाते कागजको उत्पादन घट्दो क्रममा छ।
मूल्य बढेसँगै व्यवसायी चिराइतो संकलन गर्न गाउँ–गाउँमा पुग्न थालेका छन्। पहिले जस्तो आफैँले बजार खोज्नुपर्ने बाध्यता किसानलाई छैन।
उच्च शिक्षा प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थीको हिस्सा हाल २०.७२ प्रतिशत रहेकोमा यसलाई बढाएर आव २०८५/८६ सम्म ३० प्रतिशत पुर्याउने १६औँ योजनाको मस्यौदामा उल्लेख छ।
मन्त्रिपरिषद् बैठकले उद्योगहरूमा कटिएको विद्युत् लाइन तत्काल जोड्ने र महसुल विवादबारे थप छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने निर्णय गरेको छ।
मंगलबार आठ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। विकास बैंकको शेयर कारोबार बढेको देखिएको छ।
म्याग्दीलाई हिउँदे आलुमा आत्मनिर्भर बनाउन चालु आर्थिक वर्ष ८०० रोपनीभन्दा बढी जमिनमा खेती गरिएको छ।
सोमबार चार अर्ब ६७ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। चार वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
उद्योग परिसंघले नेपालमा लगानीको वातावरण सहज बनाइ अर्थतन्त्र चलायमान बनाउन सरकारले पाँच वटा कानून खारेज गर्नुपर्ने र तीन वटा नयाँ कानून ल्याउनुपर्ने सुझाव दिएको छ।
राखुगाउँका कृषकले न्यूनतम ३० हजारदेखि नौ लाख रुपैयाँसम्मको सुन्तला उत्पादन गरेका छन्।
आइतबार नेप्से परिसूचक १.२८ प्रतिशतले घटेर २०२२.९२ को विन्दुमा कायम भएको छ।
यसबीच शेयर किनबेच सम्बन्धमा सरकारी नियमनकारी निकायलाई नै एनसेलले निरन्तर अटेरी गर्दै आएका कारण यस प्रकरणबारे संसदीय समितिहरूले सतहमा ल्याउन खोजेका विषयसमेत अहिलेसम्म ओझेलमै छन्।
काठमाडौँमा शुरू भएको दुईदिने ‘डब्लुसीपी नेपाल– एआईबी साउथ एशिया कन्फ्रेन्समा विज्ञहरूले देशले बेहोरिरहेको उच्च व्यापार घाटाको समस्या समाधान गर्न उत्पादन र बजारको विविधीकरण गर्नुपर्ने सुझाव दिएका छन्।
फ्लाइ दुबईको उडानबाट काठमाडौँ आएकी श्रीलंकाली नागरिक ५४ वर्षीया कान्थी माथी कावस्करलाई सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
गत साल पुसमा २८ हजार रुपैयाँ प्रतिमन बिक्री भएको अलैँची खहिले ८५ हजारमा बिक्री भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा माग बढेका कारण नेपालमा अलैँचीको मूल्य बढेको व्यवसायी बताउँछन्।
भारतीय चीजका कारण नेपाली चीजको बिक्रीमा समस्या भएको उद्योगीको गुनासो छ। आफूहरूले उत्पादन गरेको चीज पाँच महिनादेखि उद्योगमै थन्किएको इलामका महेन्द्र प्रधानले बताए।
विभिन्न रोग कीराको आक्रमण तथा सुन्तला उत्पादनतर्फ किसानको पर्याप्त ध्यान नपुगेकाले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
उद्योगहरूले तिर्न बाँकी २२ अर्ब २४ करोड महसुल उठाएरै छाड्ने विद्युत् प्राधिकरणको दाबी छ। तर महसुल स्वीकृत हुनुभन्दा अघि र लोडसेडिङ अन्त्य भएपछिको बक्यौता नतिर्ने अडान उद्योगीहरूले छाडेका छैनन् ।
झिमरुकमा उत्पादित कृषिउपजको बिक्रीस्थल छिमेकी माण्डवी गाउँपालिकाको चकचके बजार र प्युठान नगरपालिकाको बाग्दुला हो। तर दुवै व्यापारकेन्द्र बाहिरबाट आउने उत्पादनले भरिँदा स्थानीय किसानले बजार पाएका छैनन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले आन्तरिक उत्पादन र बजार मागअनुसार खाद्यान्न मौज्दातमा देश सहज अवस्थामा नभएको बताएका छन्।