विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणले गरेको निर्णयलाई नै सदर गरेको छ।
उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् भने खेल आज दिउँसो ४ बजे शुरू हुने तय भएको छ।
आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रस्तावित निर्वाचन आचारसंहितामा उम्मेदवारले मनोनयनपत्रसँगै आफूले निर्वाचनमा गर्ने अनुमानित खर्च र त्यसको स्रोतसमेत खुलाउनुपर्नेलगायत नयाँ व्यवस्था गरिएको छ।
राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले दिल्लीस्थित ऐतिहासिक लाल किल्लानजिकै भएको कार विस्फोटमा सहयोगी भूमिका निर्वाह गरेका आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ।
असोज मसान्तसम्ममा शोधनान्तर स्थिति दुई खर्ब ६४ अर्ब ३ करोडले बचतमा रहेको छ।
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ।
नेपाल ट्रस्टको जग्गा हिनामिनासम्बन्धी ठगी र आपराधिक विश्वासघातको कसुरमाथिको अनुसन्धानका क्रममा सीआईबीले ट्रस्टका तत्कालीन सचिव अर्जुनकुमार कार्कीलाई पक्राउ गरेको छ।
बोलपत्रमा मिलेमतो आरोपमा अख्तियारले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरीप्रसाद यादवसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणायता आइतबारसम्म सात नयाँ दल दर्ता र पुराना सात दल खारेज भई १२२ राजनीतिक दल कायम रहेको जानकारी दिए।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार सरकारले निर्वाचनको तयारी र सुरक्षा चुनौतीबारे छलफल गर्न प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना गर्ने भएको छ।
मानव अधिकार आयोग ‘जेनजी’ प्रदर्शनका क्रममा हिरासतबाट मागेका थुनुवा र लुटिएका हतियार फिर्ता नभएको अवस्थामा सुरक्षामाथि चुनौती थपिएको भन्दै समस्या समाधान गर्न आग्रह गरेको छ।
दृष्टिविहीन महिला टी२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अमेरिकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
सर्वोच्च अदालतले मधेश प्रदेश सरकार गठन विवादमा प्रदेश प्रमुखको प्रतिरक्षा महान्यायाधिवक्ताको कार्यालयबाट गर्न आदेश दिएको छ।
पूर्वप्रधानमन्त्री हसिनाविरुद्धको मुद्दामा फैसला आउनुअघि बांग्लादेशको राजनीतिक माहौल तनावपूर्ण बनेको छ। हसिनाको नेतृत्वको अवामी लिगले आइतबारदेखि देशभर दुईदिने हडतालको घोषणा गरेपछि जनजीवन प्रभावित बनेको छ।
पछिल्लो तीन महिनामा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगततर्फ अन्तिम श्रम स्वीकृति लिनेको संख्या एक लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २५७ रहेको छ।
आइतबार नेप्से परिसूचक ५.१५ अंकले घटेर २५४०.५७ को विन्दुमा कायम भएको छ भने तीन अर्ब ८९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.२९ प्रतिशतले र शहरी क्षेत्रको सूचकांक १.५३ प्रतिशतले बढेको छ।
डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान जिल्लामा प्रवेश गरेकाले सर्वसाधारणलाई सावधान रहन आग्रह गरेको छ।
मालढुंगा–बेनी सडक म्याग्दी र मुस्ताङका साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने र चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ।
विदेशमा बस्ने नेपालीको समेत मताधिकार सुनिश्चित गर्न सर्वोच्च अदालतले २०७४ सालमै निर्देशनात्मक आदेश दिए पनि कार्यान्वयन हुन सकेको छैन। यसमा फिलिपिन्सले अपनाएको शैली नेपालका लागि उदाहरणीय बन्न सक्छ।