दिउँसो विद्यालय जाने, साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गर्ने दैनिकी थियो गोमाको। १० कक्षामा भने उनले आफ्नो 'रुटिन' बदलिन्।
लालझाडी गाउँपालिका–४ की वडासदस्य ८ डल्लीदेवी चौधरी भन्छिन्, “जनताको आवाज गाउँसभामा लगेर राख्न सक्ने भएको छु, केबल खाँचो छ पढ्न लेख्नको, त्यो पनि पूरा गरेरै छाड्छु।”
लालबहादुर कक्षा ७ पढ्दापढ्दै २०३५ सालमा प्रहरीमा भर्ती भएका थिए। २०४२ सालमा तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित रामशाह माविबाट एसएलसी दिएर उत्तीर्ण भएका थिए।
सफलता एचआईभी शिक्षा सदन विश्वको पहिलो पहिचानसहितको एचआईभी विद्यालय हो। लन्डनस्थित ‘वर्ल्ड बुक अफ रेकर्ड्स’को सर्वेक्षणका आधारमा एचआईभी पहिचानसहितको पहिलो विद्यालय प्रमाणित भएको हो।
त्रिवि प्रशासनमा कार्यालय सहयोगीका लागि आवेदन दिन गोविन्द स्नातकोत्तरका प्रमाणपत्र बोकेर गएका थिए। आवेदन त दिन पाएनन्, अर्को वर्ष त्रिवि अन्तर्गतकै क्याम्पसमा पढाउने अवसर पाए।
विद्यार्थीले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यालयको कौसीमा विभिन्न प्रकारका तरकारी फलाएका हुन्। यी तरकारीमध्ये केही उनीहरूले आफैँ पनि पकाउँछन् भने केही बिक्री पनि गर्छन्।
सिरहाको डण्डास्थित मुसहर बस्तीमा बब्लु मात्रै यस्ता पात्र थिए, जो पहिलो एसएलसी उत्तीर्ण भए। तर उनी पनि भारत भासिए। अब दिनाभद्री पुस्तकालयमा पढ्न हौस्याउने कसले!
खप्त्याडस्थित गम्थाको श्री लोकप्रिय माविमा स्थापित सामुदायिक पुस्तकालय मुगुको पहिलो हो। यो पुस्तकालय बनाउन उमेरले भर्खरै २० वर्ष टेक्दै गरेका टेकेन्द्र उपाध्यायले नेतृत्व गरेका थिए।
माघदेखि च्याउ उत्पादनमा लागेका विद्यार्थीले फागुनको पहिलो सातादेखि बिक्री गर्न थालेका छन्। बाली विज्ञान अध्ययनरत ४४ जना विद्यार्थीले सामूहिक रूपमा च्याउखेती गरेका छन्।
त्रिवि मानवशास्त्र विभागअगाडि बगैँचा बनाउन गरिएको खर्चको कुनै समय आलोचना हुन्थ्यो तर अहिले यही बगैँचा विभागको गुणस्तरलाई झल्काउने सुन्दर बिम्ब बनेको छ। कसरी फरक बन्यो मानवशास्त्र विभाग?
विद्यार्थीलाई पाठ घोक्न लगाउने र जस्ताको तस्तै भन्न नजाने शारीरिक यातना दिने विद्यालय पनि छन्। अनुशासनका नाममा विद्यार्थीमाथि काठमाडौँका विद्यालयहरूले पनि शारीरिक र मानसिक यातना दिने गरेका छन्।
भीमदत्त–१० का ललित सार्कीले घरैमा तयारी गरेर एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा गर्न नाम निकाल्न सफल भएका छन्। अब उनलाई काठमाडौँमा कसरी खाने र बस्ने भन्ने चिन्ता छ।
अध्ययनको लागि अमेरिका पुगेका डा. दिग्विजय राजा महत म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा क्यान्सरसम्बन्धी अनुसन्धानरत छन्। नेपालमा उच्च प्रविधिको क्यान्सर अनुसन्धान प्रयोगशाला बनाउने उनको सपना छ।
कुखुरा फार्मको कामले दिनभर थाकेको ज्यानलाई आराम दिनुको सट्टा रात्रिभोजका 'क्याटरिङ'हरूमा खटिएर शंकरले प्रतिभोज ७० भारु पाउँथे। त्यसरी जोडेको पैसा पढाइमा लगानी गर्ने सपनालाई उनले कहिल्यै मर्न दिएनन्।
बालज्योति स्कुलमा कतैबाट आएको सहयोग कसलाई आवश्यक छ भनेर विद्यार्थीहरू स्वयंले मूल्यांकन गरी वितरण गर्छन्। प्रयोगात्मक शिक्षण, विद्यार्थीकेन्द्रित सिकाइलगायत कारण विद्यार्थीले विद्यालय छाड्दैनन्।
मनोजले सामाजिक रूपान्तरण, सेवा तथा शिक्षाक्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै सम्मान गरिएको केन्द्रले जनाएको छ।
उनको अगुवाइमा चलेका निःशुल्क ट्युसन कक्षामा ५४० दलित विद्यार्थीले पढिरहेका छन्। गाउँघरका बालबालिकालाई अशिक्षाको अन्धकारबाट शिक्षाको ज्योतितर्फ डोर्याएका मनोजले आफैँ भने कहिल्यै ट्युसन पढ्न पाएनन्।
एउटै विद्यालयमा तीन दशक बढी समय बिताएका आलमले जागिर मात्रै नगरेको, गाउँको शैक्षिक उत्थानमा योगदान दिएको भन्दै धवलागिरि गाउँपालिकाले उनलाई अभिनन्दन गरेको छ।
‘पढ्ने विषयको रोजाइमा अभिभावकको चाहना पछ्याउँदा बालबालिकाको आफ्नै क्षमता चाहिँ मर्न सक्छ। छोराछोरीलाई आफ्नो चाहनाअनुसारको बनाउनुभन्दा पनि उनीहरू आफैँ के बन्न चाहन्छन् पत्ता लगाउनु महत्वपूर्ण हो।’
दाङ तुलसीपुर–१ भमकेका ९० वर्षीय प्रेमबहादुर डाँगी पनातिसमान उमेरका विद्यार्थीसँग कक्षा १ मा पढ्न थालेका छन्। अब, बाँचुन्जेल पढिरहने उनको भनाइ छ।