AnonymousUser

Logout

५० बर्से साइनो  

‘वेदना’ बन्दै बनेन, ‘वासुदेव’ले चिनाउनु चिनायो [भिडियोसहित]

ध्रुवचन्द्रले लेखेको फिल्म बनाइछाड्ने प्रतिज्ञा लिएका नीरले ‘वेदना’मा पाएको तोडपछि हात पारेका थिए, ‘कट्टेल सरको चोटपटक’। उनले यसमाथि पटकथाको काम पनि थालेका थिए, जुन पछि गएर बन्यो– ‘वासुदेव’।

नेपालमा ‘इन्डोर प्लान्ट’: कसरी शुरू भयो, किन राख्ने?

घरमा मात्र नभई, कार्यालय, रेस्टुरेन्ट, होटल, रिसोर्टलगायत स्थानमा इन्डोर प्लान्टहरू देख्न सकिन्छ। नेपालमा यो चलन शुरू भएको लामो समय भएको छैन। घरभित्र किन राखिन्छ वनस्पति?

होलीको सेतो पहिरनले छपक्कै बजार

बजारमा होलीका लागि बेच्न राखिएका सेतो रङका थरीथरीका टिसर्ट र कुर्ताहरू प्रशस्तै भेटिन्छन्। होलीका बेला यस्ता कपडा किन्नेको चहलपहल पसलहरूमा बाक्लो हुन्छ।

प्रविधिले छाडेको डोबः कसरी हराए सीडी र डीभीडी?

कुनै समय फिल्मका पारखी न्युरोड, महाबौद्ध र ठमेल पुगी सीडी, भीसीडी तथा डीभीडी बटुल्थे। हलमा नचल्ने सिनेमा मात्र नभई हलमा जान नचाहने दर्शका लागि पनि यी सामग्री विकल्प थिए। कहिले र कसरी हरायो यो प्रविधि?

बुंगमतीका बुद्धिरत्न जो आफ्नो जिउधन खर्चेर सार्वजनिक सम्पत्ति जोगाइरहेछन्

भूमाफियाले कब्जा गरेका सार्वजनिक सम्पत्ति फर्काउन आफ्नो खेतबारी बेचेर मुद्दामामिलामा लागिपरेका व्यक्ति हुन् बुद्धिरत्न शाक्य, जसलाई विपक्षीहरूले दिने धाकधम्कीको कुनै पर्वाह छैन। 

रेडियो घन्काउँदै आउने लाहुरेले ल्याउँथे दशैँ

दशैँको बेला लाहुरे छुट्टीमा घर आउँदा रेडियो मात्र होइन, उनीहरूले नाडीमा बाँधेको घडी पनि आउँथ्यो। छुट्टी सकेका लाहुरेलाई फर्किने बेलाको बाटोखर्च तिनै रेडियो र घडीले जुटाइदिन्थे।

‘रेलको बाटो’का गायक सुरजको कथाः वनरक्षकको जागिर, साथमा हार्मोनियम

चार वर्षअघि काठमाडौँ–केरुङ रेलको चर्चा चलिरहेको थियो। त्यही बेला सुरज पण्डितले ‘रेलको बाटो...’ गीत निकाले र देशभर चर्चा कमाए। तर उनलाई जुम्लामा भने पहिलो गीतले नै चिनाएको थियो।

पोखरातिर झरिरहेछ गाउँ, ‘होमस्टे’मा पाहुना पर्खिरहेछन् सन्तबहादुर

धमाधम शहरतिर बसाइँ सरेकाहरू चाडपर्वमा त फर्कन्छन् तर केही दिनमै गाउँ रित्तो भइहाल्छ। गाउँ छाडेकाहरू कतिन्जेल आइरहलान् सन्तबहादुरलाई थाहा छैन, उनी भने सिधानेमा होमस्टे कुरेर बसेका छन्।

खेतीमा रमाउँदै वनकरिया समुदाय

मान्छे देख्दा डरले भाग्ने आफूहरू अहिले बस्तीमा बस्ने र खेतीपाती गर्ने भएको सम्झिँदा सन्तमाया वनकरिया छक्क पर्छिन्।

सर्पको उद्धारमा रमेका सुबोध, यसरी समात्छन् सर्प (तस्वीरहरू)

सुबोधले काठमाडौँमा पाइने प्राय सबै प्रजातिका सर्प उद्धार गरेका छन्। उद्धार गरिएका सर्प जिल्ला वन कार्यालय, निकुञ्जसँग समन्वय गर्दै सुरक्षित वासस्थानमा छाडिने गरेको छ।

प्रणवका एआई तस्वीरमा ‘कान्तिपुरी नगरी’को परिकल्पना

प्रणव कतै कलकल बगिरहेको सफा बागमती देख्छन्, कतै डोकोमा पानी बोकेर हिँडिरहेका तान्त्रिक जामन गुभाजू भेट्छन्। काठमाडौँका बस्तीमा घुसेको लाखेलाई पनि भेट्छन् र उतार्छन् एआई तस्वीरमा।

महिलामाथि हिंसा र दुर्व्यवहारको पर्याय बनेको होली पर्व बन्दैछ संयम

डेढ दशक अघिसम्म होली आउनुभन्दा एक महिना अघिदेखि महिलालाई बाटोमै लोला हान्ने र जबर्जस्ती अबिर दलेर आनन्द लिने प्रचलन थियो। अहिले भने त्यस्तो प्रवृत्तिमा कमी आएको छ। 

बिरामी नहुने गाउँ ‘सिक्लेस’ 

सिक्लेसको प्रमुख पेसा कृषि र पर्यटन हुन्। गाउँमा २९ वटा सामुदायिक होमस्टे छन्। सिक्लेस, करीतसा, हुगु र क्हफुचे क्षेत्रमा ४६ वटा होटल सञ्चालित छन् ।

बाजा बजाउने आमाहरू

जनशक्ति अभाव भएर बाजा बजाउने प्रचलन लोप हुन थालेपछि आमा समूहले संरक्षणका लागि अभियान थालेको देउरालीचोक आमा समूहकी अध्यक्ष सरिता थापामगरले बताइन्। 

जागिरे जीवनपछि मौलिक भाका संरक्षणमा जुटेका लालबहादुर

नेपाल प्रहरीबाट सेवा निवृत्त भएपछि सामाजिक सेवामा लागेका लालबहादुर पछिल्लो समय सिरफुले, यानिमया, सालैजो, ठाडो, खेली, साइलोलगायतका पुराना र मौलिक भाकाको संरक्षणमा जुटेका छन्।

म्याग्दीका घुम्ती गोठ रित्तिँदै

गाउँबाट घुम्ती गोठ रित्तिन थालेका छन्। बढ्दो वैदेशिक रोजगारीका कारण गोठमा युवापुस्ताको आकर्षण छैन।

चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण गर्न तालिम

अन्नपूर्ण गाउँपालिकाले ३० जनालाई निगालो र बाँसको चोयाबाट डोका, थुन्से, नाङ्लो, डाली, थुन्से, भकारी, नाम्लो र दाम्लो बुन्ने तालिम दिएको छ। 

मधेशबाट फुटबलर जन्माइरहेका कल्याण: खेल्न मन भए धारापानी जानू

कल्याण खड्का संयोगले स्कुल पढाउन पुगे। पढाउन थालेपछि विद्यार्थीसँगै फुटबल खेल्थे। क्षमता भएका खेलाडीले पनि मौका नपाएको देखेपछि उनी आफैँ त्यस्ता खेलाडीलाई अवसर जुटाइदिन अघि सरेका थिए।

चिसाे बढेसँगै ‘बुकी’बाट बेँसी झर्न थाले गोठाला

 शरदयामको शुरूआतसँगै चिसो बढ्न थालेपछि बर्खायाममा हिमालको फेदीमा पुगेका गाई, भैँसी, भेडाबाख्राका गोठ गाउँ नजिकका खर्कमा झार्न थालेका हुन्।

मान्छेलाई मान्छेकै रूपमा चिन्ने कि?

जीवन कुनै कविको कल्पनाजस्तो हुँदैन, नत चित्रकारले कोरेको सुन्दर चित्रजस्तो हुन्छ। वास्तविक जीवनका वास्तविक चुनौती र समस्या हुन्छन्।