‘ट्युबवेल’ नाटक मात्र होइन, सरकारले किसानमाथि गरेको अन्यायको वास्तविक कथा पनि हो। २०५६ सालदेखि तराईका जिल्लामा सिँचाइ गर्न ट्युबवेल गाड्ने २० वर्षे परियोजना चलाइएको थियो, तर ती किसानको अवस्था उस्तै छ।
यो कर्णालीको सेरोफेरोमा कुँदिएको वियोगान्त कथा हो। तपाईंको आँखामा आँसु आएन भने, तपाईं नौरतीले काखमा प्रेमले सुमसुम्याइरहने बच्चाजस्तै हो। आँसु त आउँछ नै, हाँस्दाहाँस्दै आउँछ।
'बुद्ध र भिखारी' नैतिक कथामा आधारित कला स्याडो पपेट्री नाटक हो। एउटा भिखारी केही प्रश्नहरु बोकेर बुद्धलाई भेट्न हिँडेको यात्राको कथा यसमा छ।
वान वर्ल्ड थिएटरकी संस्थापक डेबोरा मेरोलाले निर्देशन गरेको नाटक दुई घण्टा ४५ मिनेटको रहेको छ।
हाम्रो शरीर जन्मसँगै अनेकौँ अणुहरूले बनेको छ। हामीलाई चाहिने चरित्रहरू ब्रह्माण्डबाट लिन्छौँ। त्यो चरित्रलाई अगाडि खडा गर्छौं। र त्यसभित्र प्रवेश गर्छौं, हातमा पन्जा लगाएजसरी।
नाटकमा कलाकारले परीको संघर्षरत दन्त्यकथा प्रस्तुत गर्न खोजेका छन्। नाटक वैशाख २४ सम्म मञ्चन हुनेछ।
हामीले आफूले जति जानेको छ, त्यति नै पढाइरहेका छौँ। कसैले नाटक निर्माणलाई मात्रै प्राथमिकतामा राखेका छन्। कसैले विषयलाई पनि। यद्यपि, अभिनय र रंगमञ्च सम्बन्धी खेलहरू नै पठनपाठनको मूल विषय हो।
जीवन र नाटकबीचको भिन्नता भनेको हामीले समयको गतिमा निर्वाह गर्दै जाने एउटा चरित्र र भन्ने एउटा कथा हो। नाटक भनेको एउटा प्रस्तुति हो। तर जिन्दगी, जिउनको लागि हो र अरू धेरै पनि।
सन् १९४९ मा अमेरिकामा पहिलोपल्ट मञ्चन भएको नाटक ‘डेथ अफ अ सेल्समेन’लाई अनुप बरालले समसामयिक बनाएर प्रस्तुत गरेका छन्।
नाटक भइरहेका वा नभएका कुनै पनि थिएटरले, आफ्नै आम्दानीबाट कलाकार र कर्मचारीको खर्च धान्न सकेका छैनन्। यस्ता अनेकौँ बाधाहरू पन्छाउँदै आ-आफ्नो सपनाको गोरेटो निर्माणमा थिएटर र रंगकर्मी तल्लीन छन्।
नाटक हेरिरहँदा दर्शकले रूपा सुनारलाई केन्द्रमा राख्न पुग्छन्। रूपा सुनुवारसँगै शहरका घरधनीहरूबाट अपमानित दलित साथीहरूका थुपै घटनाहरू साझा भइदिन्छन्।
किराँत सभ्यताको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै खुवालुङ नाटक समूहलाई जरोकिलो महाअभियानले पुरस्कृत गरेको छ।
प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको ‘महाभारा’ उपन्यासलाई निर्देशक अन्वेश राई थुलुङले नाटकमा रूपान्तरण गरेका छन्।
‘विश्वव्यापीकरणमा ग्रामीण सौन्दर्यको खोजी’ गर्ने ध्येयका साथ इलामको चुलाचुलीमा शुरू भएको नाट्यसंस्था चुलाचुली रंगमञ्चले ‘चुलाचुली पाठशाला नाट्य उत्सव २०७९’ घोषणा गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि जनमत पार्टीका अध्यक्ष सीके राउतसम्म सहभागी हुने फेस्टिभलमा देश-विदेशका करिब २०० साहित्यकार, राजनीतिज्ञ, लेखक एवं विशिष्ट व्यक्तित्वको उपस्थिति रहने छ।
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट) मा बिहीबार इटालीयन मजदुरको कथा बोकेको नाटक मञ्चन हुँदैछ।
काठमाडौँमा चार दिनदेखि जारी नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट २०२२) मा सोमबार प्यानल डिस्कसन र दुई नाटक मञ्चन हुँदैछन्।
थापागाँउस्थित मण्डला थिएटरमा मंसिर ९ गतेबाट शुरू भएको निट फेस्टिभल मंसिर १७ गतेसम्म चल्ने छ।
यो नाट्य महोत्सवमा नेपालबाट पहिलो पटक शिल्पी थिएटरले ‘हिउँको पृथ्वी यात्रा’ मञ्चन गर्न लागेको हो।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप–कुलपति एवं वरिष्ठ कलाकार हरिहर शर्माले गीत र चलचित्रलाई समान व्यवहार गर्नुपर्ने बताए।