नियात्रा
बुद्ध इतिहास र जातक कथा जोडेर त्यो प्रस्तुति बनाइएको रहेछ। बुद्धले ज्ञान प्राप्त गरेको बरगद (बर) को रूखमुनि भन्ने प्रस्तुति महत्त्वपूर्ण रह्यो।
स्कुल त फेरियो तर तारन्तार विद्यालय फेर्दा मेरो पठनपाठन सोचेझैँ अघि बढ्न सकेन। बन्दीपुरमा मेरो पढाइले छुट्टै लय लिएको थियो, त्यो बीचमै रोकियो।
देशमा केही भएको छैन भनेर निराशाको बाँसुरी बजाउनेहरू धेरै छन्, तर मैले आशाका ध्वनिहरू पनि सुने; देश बिस्तारै बन्दैछ; पूर्वाधारहरू निर्माण हुँदैछन्।
दशैँ टीका र पारिवारिक भेटघाटसँगै यात्राको मौसम पनि बन्न थालेको छ। धेरैले दशैँलाई ट्रेकिङ र भ्रमणको उपयुक्त समयको रूपमा उपयोग गरिरहेका छन्। यतिबेला पर्यटकीय गन्तव्यहरूमा चहलपहल बढेको छ।
यात्रा
अब पालो थियो इदी अमिनलाई भेट्ने। हो, हामीले इदी अमिनलाई भेट्यौँ। एउटा क्रुर इतिहास सम्झियौँ। तर उनी जीवित छैनन्। जीवित इदी अमिनका सन्दर्भबारे गफियौँ।
यात्रा
मलाई लाग्यो, हामी तिब्बतको पठारमा यात्रा गरिरहेका छौँ। तिब्बती सभ्यतासँग नजिक मानिने यहाँको भूगोल, समाज, संस्कृति र इतिहास निकै महत्त्वपूर्ण छ।
यात्रा
दायाँपट्टिको कालीगण्डकी किनारमा एकातिर लमतन्न फैलिएको छ, जोमसोम विमानस्थल। अर्कोपट्टी निलगिरी पर्वत, जो यहाँबाट उत्तरमा होइन, दक्षिणमा देखिन्छ। यही भएर पनि होला मुस्ताङलाई हिमालपारिको जिल्ला भनिएको।
चीनतिरको अध्यागमनमा मभन्दा अगाडि रसुवाका मानिस लाइनमा थिए। उनीहरू घरायसी सामान किनमेल गर्न तिब्बत जाँदै रहेछन्। केहीले भन्दै थिए- नेपालबाट एउटा सियो पनि जाँदैन, चीनबाट हात्तीसमेत ल्याउन मिल्छ।
यात्रा
समुन्द्र सतहबाट १ हजार ४५० मिटरको उचाइमा रहेको सराङकोट समग्रमा फेवा, पोखरा र हिमाल अवलोकनका दृष्टिले महत्त्वपूर्ण छ। जिपलाइन, हवाई साइक्लिङ र पिङमा पनि यहाँ पर्यटक झुम्मिन्छन्।
युरोपमा गएर धन कमाएको देख्नेहरूले त्यहाँका सडकमा भौँतारिएका हजारौँ सञ्जय अनि आफ्नो पहिचान र स्वाभिमान लुकाएर बसेका लाखौँ गैरकानूनी आप्रवासीको दुःख देखेनन् वा अनदेखा गर्दै थिए, खुट्ट्याउन सकिनँ।
हिमाल आरोहणदेखि हिप्पी पर्यटक आगमनको जगमा फस्टाउँदै आएको पोखराको पर्यटनमा व्यवसायीले लगानी थप्दै गएका छन्। पर्वतारोहण, पदयात्रादेखि बिदा मनाउन र दृश्यावलोकन गर्न आउने पर्यटक यहाँका पाहुना हुन्।
उक्लँदै गर्दा सास फुल्नु त सामान्य थियो, ट्रेकिङ लट्ठी टेक्दै सुस्तरी हिँडिरह्यौँ। माथि टुप्पो निकै टाढा थियो, तल भीरजस्तो देखिन्थ्यो रिंगटै लाग्ने। कतै त बिग्रिएको थियो, टेक्ने ढुंगा पनि पाउन गाह्रो।
हुम्लामा अत्यधिक हिउँ पर्थ्यो तर विश्वव्यापी रूपमा तापक्रम वृद्धिका कारण हिउँको मात्रा घट्दै गयो र लवाइमा परिवर्तन आयो। विज्ञान पढेका लेखकले थोरै वैज्ञानिक आँखाले पनि हेरेका भए राम्रो हुन्थ्यो।
सोचेँ– सुन्दर पोखरालाई आजीवन मनमा साँचिराख्ने योभन्दा सुन्दर अनुभूति अरू के नै हुन सक्छ र? मनमा प्रश्न खेल्न थाले–यो समयमा कसलाई फोन गर्नु?
हिमालको चोटीमा सेतो कम, कालो रङ बढी भएजस्तो लाग्थ्यो। यद्यपि, दृश्य अद्भुत, मनमोहक थियो, हेरेर नअघाउने सुन्दरता। हावाको मन्द सिरेटो हाम्रो ज्यानमा आनन्ददायक स्पर्श गर्दै बहेली खेलिरहेको थियो।
बसिरहेका एक जोडी उठ्ने भए। अनि हामी त्यसैमा गएर बस्यौँ। मान्छे अरूलाई बसाउनभन्दा उठाउन चाहन्छ। मान्छे सामाजिक प्राणीभन्दा राजनीतिक प्राणी धेर हो कि!
नबहकियोस् र खेत नकाटोस् भनी हाम्रा पुर्खाले भक्तपुर खासांखुसीका दुवै किनारमा बैंस रोपेको पनि ख्याल भयो, जसका कारण नदी भड्किन पाएको थिएन।
लिटिल आदम पिकबाट पनि हामीले सूर्यास्त हेर्न पाएनौँ। कतिपयले भनेकै रहेछन्– ‘श्रीलंकाबाट सूर्यास्त राम्रो देखिन्छ तर बादलबाट प्रभावित नभएको सूर्यास्त भेट्न गाह्रो हुन्छ।’
नगरप्रहरी यहाँ पनि छन्, तर तिनीहरू सडकमा सामान बेचेर जीविका चलाउनेविरूद्ध जाइलागेका छैनन्। मासु पोल्नेहरूलाई लछारपछार पार्दैनन्। सानो ठेलामा फलफूल बेच्नेहरूलाई लखेट्दैनन्।
हामीले पदयात्रा गरेकै अन्नपूर्ण पदमार्गमा पर्ने थोरङ्ला क्षेत्र र आसपासमा हुडहुडका कारण हिमआँधीमा परेर ३१ जनाको दुखद् निधन भयो। त्यतिबेला अहिलेजस्तो मौसम पूर्वानुमान त्यति मिल्दैनथ्यो।