AnonymousUser

Logout

थाइल्यान्ड–कम्बोडिया सीमा विवाद चर्किँदै, दुवै देशले फिर्ता बोलाए राजदूत

दुवै पक्षले आपसी सहमतिको बाबजुद सीमामा नयाँ बारुदी सुरुङ बिछ्याएको आरोप एकअर्कामाथि लगाइरहेका छन्।

युनेस्कोबाट बाहिरियो अमेरिका

अमेरिकी पक्षले युनेस्कोले इजरायलप्रति पूर्वाग्रही धारणा अपनाएको र विवाद उत्पन्न गर्न सक्ने सामाजिक तथा सांस्कृतिक विषयहरूमा जोड दिएको उल्लेख गरेको छ।

ढाका विमान दुर्घटना: २५ बालबालिकासहित २७ जनाको मृत्यु

बांग्लादेशको ढाकास्थित माइलस्टोन स्कुलमा प्रशिक्षण लडाकु जेट दुर्घटना हुँदा २५ बालबालिकासहित २७ जनाको मृत्यु भएको छ।

भारतका उपराष्ट्रपति जगदीप धनखरले दिए राजीनामा

उपराष्ट्रपति पदबाट अचानक राजीनामा दिएपछि धनखर फेरि एकपटक राजनीतिक छलफलको केन्द्रमा छन्। उनको राजीनामालाई लिएर धेरै अड्कलबाजी भइरहेको छ।

ढाकामा लडाकु विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो

बांग्लादेशको राजधानी ढाकामा सोमबार लडाकु विमान विद्यालय परिसरमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश विद्यार्थी छन्।

ढाकास्थित विद्यालयमा वायुसेनाको विमान खस्दा १६ जनाको मृत्यु

बांग्लादेशको ढाकास्थित एक विद्यालय परिसरमा वायुसेनाको विमान खस्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ। १०० जनाभन्दा बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छन्।

पाकिस्तानमा मनसुनी विपद‍्बाट मृत्यु हुनेको संख्या २१६ मृत्यु, सयौँ घाइते

पाकिस्तानमा यस वर्षको मनसुनी वर्षाका कारण जुन २६ देखि हालसम्म २१६ जनाको मृत्यु भएको छ भने ५८० जना घाइते भएका छन्।

जापानमा सरकारले गुमायो बहुमत, तर शिगेरु इशिबा प्रधानमन्त्रीको रूपमा रहने

आइतबार भएको चुनावमा जापानको सत्तारुढ गठबन्धनले संसदको माथिल्लो सदनमा बहुमत प्राप्त गर्न असफल भएको छ।

युक्रेनी ड्रोन आक्रमणले मस्कोका एयरपोर्ट अवरुद्ध, रुसी हवाई हमलाबाट युक्रेनमा ३ जनाको मृत्यु

युक्रेनी ड्रोन आक्रमणले मस्कोका प्रमुख एयरपोर्टहरू अस्थायी रूपमा बन्द भई १४० भन्दा बढी उडान रद्द वा अन्यत्र पठाइएका छन्, भने रुसले युक्रेनमा रातभर गरेको हवाई हमलामा कम्तीमा तीन जनाको मृत्यु भएको छ।

तिब्बतमा ‘मेगा ड्याम’ निर्माण शुरू, भारत र बांग्लादेशमा चिन्ता

मध्य चीनको थ्री गर्जेज बाँधभन्दा ठूलो अनुमान गरिएको यो बाँधमा पाँच जलविद्युत केन्द्र निर्माण हुनेछन्। यसको कुल लागत करिब १६७.१ अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको छ।

गाजामा खाद्य संकट गहिरिँदै, राष्ट्रसंघको गम्भीर चिन्ता

संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको अवस्था अत्यन्त भयावह बन्दै गएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ।

सिरिया–इजरायलबीच युद्धविराम भएको अमेरिकाको घोषणा

सिरियन मानव अधिकार अनुगमन केन्द्रका अनुसार, ड्रुज र बेदुइन समुदायबीचको झडपमा कम्तीमा ६३८ जनाको मृत्यु भइसकेको छ।

अमेरिकी कंग्रेसद्वारा ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदन

यस कटौतीले खासगरी रोग, युद्ध र प्राकृतिक प्रकोपले प्रभावित देशका लागि तय भएका कार्यक्रम प्रभावित भएका छन्।

पाकिस्तानमा बाढी, ५४ जनाको मृत्यु

जुन २६ मा मनसुन शुरू भएदेखि पाकिस्तानमा ७० बालबालिकासहित करिब १८० जनाको मृत्यु भएको र करिब ५०० जना घाइते भएका छन्।

बांग्लादेशमा हिंसा चर्कियो, ४ जनाको मृत्यु

बांग्लादेशमा अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच झडप हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

बेलायतमा ३ व्यक्तिको डीएनएबाट जन्मिए आनुवंशिक रोगमुक्त ८ शिशु

बेलायतमा ३ जनाको डीएनएबाट जन्मिएका ८ शिशु वंशाणुगत माइटोकोन्ड्रियाल रोगमुक्त भएको चिकित्सकले बताएका छन्। यो डीएनए छोरीबाट सन्तानमा सर्ने भएकाले यसलाई मानव आनुवंशिक बनावटमा स्थायी परिवर्तन मानिएको छ।

इजरायलद्वारा सिरियाली सेनाको मुख्यालयमा आक्रमण

सिरियाली सुरक्षा बल र ड्रुज सशस्त्र समूहबीच जारी द्वन्द्वको क्रममा इजरायलले दमास्कसको रक्षा मन्त्रालय नजिकै आक्रमण गरेको हो।

इजराय–हमास युद्ध: सम्भावित कारबाहीबारे ईयूका परराष्ट्रमन्त्रीबीच छलफल

गाजामा करिब २० लाख बासिन्दा युद्धका कारण अत्यन्तै कठिन मानवीय परिस्थितिको सामना गरिरहेका छन्।

युक्रेनलाई अमेरिकाले हतियार दिने, रुसविरुद्ध भने कर लगाउने धम्की

ट्रम्पले ओभल अफिसमा नाटो महासचिव मार्क रुटलाई भेट्दै युक्रेनलाई सहयोग गर्ने हतियारसम्बन्धी सम्झौताको घोषणा गरेका छन्।

पाकिस्तानमा मनसुनी विपद‍्बाट १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

पाकिस्तानमा जुनको अन्त्यदेखि शुरू भएको मनसुनका कारण देशभर ५३ जना बालबालिकासहित १११ जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागले जनाएको छ।