AnonymousUser

Logout

अन्तरिक्षबाट नौ महिनापछि फर्किए बुच विल्मोर र सुनी विलियम्स

नासाको अन्तरिक्ष सञ्चालन मिसन डाइरेक्टर्सका डेपुटी एसोसिएट एडमिनिस्ट्रेटर जोएल मोन्टाल्बानोका अनुसार सुनी र बुचले ९०० घण्टा आईएसएसमा अनुसन्धान गर्नुका साथै १५० भन्दा बढी वैज्ञानिक प्रयोग गरेका थिए।

ट्रम्प–पुटिन वार्ता: ३० दिन युद्धविराम गर्ने सहमति

वार्तापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा वार्ता महत्त्वपूर्ण चरणमा पुगेको बताएका छन्। अझै धेरै विषयहरू टुंग्याउन बाँकी रहेको उनले उल्लेख गरेका छन्। 

इजरायली आक्रमणबाट गाजामा ४०० जनाको मृत्यु, अस्तव्यस्त अस्पताल

इजरायलको शृंखलाबद्ध आक्रमणबाट गाजामा ४०४ जनाको मृत्यु र ५६२ जना घाइते भएको हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

होन्डुरसमा जहाज दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु

लान्सा एयरलाइन्सको जहाजले रोआटानबाट सोमबार साँझ उडान भरेको थियो र ला सेइबा बन्दरगाहतर्फ जाने क्रममा दुर्घटनामा परेको थियो।।

गाजामा इजरायलको आक्रमण, १३० जनाको मृत्यु

इजरायली सेनाले हमासको आतंकवादी क्षेत्रलाई लक्षित गरी आक्रमण गरेको बताएको छ। मध्य गाजामा देर अल–बलाहमा इजरायली सेनाले तीन घरलाई निशाना बनाएको छ।

अमेरिकामा आएको आँधीबेहरीबाट मृत्यु हुनेको संख्या ४० पुग्यो

मध्य तथा दक्षिणी अमेरिकामा आएको विनाशकारी आँधीबेहरीका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ।

 मंगलबार पृथ्वीमा फर्किँदै अन्तरिक्षमा फसेका बुच विल्मोर र सुनी विलियम्स

उनीहरू सन् २०२४ को जुनमा बोइङ स्टारलाइनर अन्तरिक्ष यानको पहिलो परीक्षण यात्राका क्रममा प्रोपल्सनमा समस्या देखिएपछि अन्तरिक्षमा फसेका थिए।

अमेरिकी हवाइ आक्रमणमा ५३ हुथी विद्रोहीको मृत्यु

अमेरिकाले शनिबार हुथी विद्रोहीविरुद्ध 'निर्णायक र शक्तिशाली' हवाइ आक्रमण शुरू गरेको बताएको थियो।

उत्तर म्यासेडोनियाको रात्रि क्लबमा भएको आगलागीमा ५९ जनाको मृत्यु

उत्तर म्यासेडोनियाको एक रात्रि क्लबमा आइतबार बिहान आगलागी हुँदा ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ।

अमेरिकामा आँधीबेहरीका कारण कम्तीमा ३४ जनाको मृत्यु

अमेरिकामा आँधीबेहरी र हावाहुरीका कारण ३४ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

हुथी विद्रोहीविरुद्ध निर्णायक सैन्य कारबाही शुरू गरेको ट्रम्पको घोषणा

हुथी विद्रोहीले अमेरिकी सैन्य र व्यापारिक जहाजमाथि गरेको आक्रमणले विश्व अर्थतन्त्रलाई अर्बौं डलरको क्षति पुगेको ट्रम्पको भनाइ छ। 

दक्षिण अफ्रिकाका राजदूतलाई अमेरिकाले गर्‍यो देश निकाला

अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घृणा गरेको आरोपमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनका लागि दक्षिण अफ्रिकाका राजदूतलाई देश निकालाको घोषणा गरेका छन्।

रुसी क्षेत्रमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको निर्देशन

युक्रेनी सेनाले हतियार त्यागेर आत्मसमर्पण गरे जीवन र सम्मानजनक व्यवहारको प्रत्याभूति हुने पुटिनको भनाइ छ।

हमास इजरायली–अमेरिकी बन्धक र अन्य ४ को अवशेष फिर्ता गर्न तयार

हमासले एक इजरायली–अमेरिकी बन्धक र अन्य चार जनाको अवशेष फिर्ता गर्न आफू तयार रहेको बताएको छ।

ट्रम्पद्वारा युरोपेली वाइन र अन्य मदिराजन्य उत्पादनमा भारी कर लगाउने चेतावनी

अमेरिकाले स्टिल र आल्मुनियमको आयातमा लगाएको करको बदलामा ईयूले प्रतिशोधात्मक कर लगाउने घोषणा गरेपछि ट्रम्पले युरोपेली मदिराजन्य आयातमा पनि २०० प्रतिशत करवृद्धिको घोषणा गरेका हुन्।

युरोपेली संघले अमेरिकामाथि प्रतिशोधात्मक कर लगाउने

युरोपेली संघले सबै स्टील र आल्मुनियम आयातमा अमेरिकी करको जवाफमा २६ अर्ब युरो मूल्यका अमेरिकी सामानहरूमा प्रतिशोधात्मक कर लगाउने जनाएको छ।

रेलका बन्धक मुक्त गर्न पाकिस्तानको ‘पूर्ण–स्तर’को अपरेसन

दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मंगलबार दिउँसो विद्रोहीहरूले रेलमा आक्रमण गरेका थिए। सो क्रममा उनीहरूले रेलमार्गको एक भागमा बम विस्फोट गराएका थिए।

रुससँग ३० दिने अस्थायी युद्धविराम गर्न युक्रेन सहमत 

वार्तापछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः शुरू गर्ने तथा खुफिया जानकारी आदानप्रदानमा रोक नलगाउने उल्लेख गरिएको छ।

पाकिस्तानी पृथकतावादी समूहले नियन्त्रणमा लियो सयौँ यात्रु सवार रेल

पाकिस्तानी सशस्त्र समूह बलुच लिबरेसन आर्मीले ४०० भन्दा बढी यात्रु सवार रेललाई नियन्त्रणमा लिएको दाबी गरेको छ।

मानवताविरुद्ध अपराधको आरोपमा फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे पक्राउ

अन्तर्राष्ट्रिय अपराध न्यायालयले पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्तेविरुद्ध मानवताविरुद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो।