AnonymousUser

Logout

ट्रम्पको पुनरागमन ‘गलत नीति’को पुनरावलोकन गर्ने मौका : इरान

इरानले अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयलाई अमेरिकाका लागि विगतका ‘गलत नीति’को पुनरावलोकन गर्ने अवसर भएको बताएको छ।

१६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउँदै अस्ट्रेलिया

फेसबुक र इन्स्टाग्राम सञ्चालन गरेको मेटा कम्पनीले सरकारले पेस गर्न चाहेको जुनसुकै पनि उमेर सीमालाई सम्मान गर्ने जनाएको छ।

ट्रम्पको जितमा विश्वभरबाट नेताहरूले दिए बधाई, कसले के भने?

नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले ट्रम्पलाई बधाई दिँदै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा उनको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गरेका छन्।

गाजा युद्धपछि संयुक्त राष्ट्रसंघविरुद्ध ‘आक्रामक’ इजरायल, सहज छैन शान्तिप्रक्रिया

गाजामा दुईतिहाइ अर्थात् १ लाख ६३ हजारभन्दा बढी भवन खण्डहर छन्, ३६ मध्ये १७ अस्पताल मात्र आंशिक रूपमा सञ्चालनमा छन्। ८७ प्रतिशत विद्यालय भवन पूर्ण क्षतिग्रस्त छन्। गाजा अनिकाल र भोकमरीको चपेटामा छ।

सन् २०५० सम्ममा विश्वमा क्यान्सरबाट हुने मृत्यु दोब्बर हुन्छ: अध्ययन

मानव विकास सूचकांकमा कम वरियता भएका देशमा क्यान्सरका बिरामी र मृत्युदर तीन गुणाले बढ्ने अनुमान गरिएको छ।

अमेरिकी राष्ट्रपति निर्वाचन: शुरूआती गणनामा ट्रम्पको अग्रता

अमेरिकाको ४७‍औँ राष्ट्रपति छान्न मंगलबार निर्वाचन भएको थियो। रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस प्रतिस्पर्धामा छन्। 

हसिना शासनकालमा अपहरणमा परेका २०० बांग्लादेशी अझै बेपत्ता

अनुसन्धान आयोगले हसिनाको निष्कासनपछि पाँच जनालाई गोप्य हिरासत केन्द्रबाट रिहा गरिएको तर अझै धेरैको विवरण नआएको जनाएको छ।

सिरियास्थित हिजबुल्लाहको गुप्तचर मुख्यालयमा इजरायलको आक्रमण

इरानी एजेन्टसँग काम गरिरहेका आतंककारी कार्यकर्ता पक्राउ गर्न इजरायली सेना सिरियामा प्रवेश गरेका थिए।

उत्तराखण्डको मार्चुला बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुग्यो

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले अल्मोडा बजारनजिकैको जंगलमा भएको उक्त दुर्घटनाबारे अनुसन्धान गर्न निर्देशन दिइसकिएको बताएका छन्।

उत्तराखण्डको मार्चुलामा बस दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु

सोमबार बिहान उत्तराखण्डको अल्मोडा जिल्लामा पर्ने मार्चुला क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।

कमला ह्यारिसले चुनाव जितेको हेर्न चाहन्छ युरोप

यदि डोनाल्ड ट्रम्प राष्ट्रपतिमा पुन: निर्वाचित भए युरोपले गम्भीर समस्याहरूको सामना गर्न सक्छ। सुरक्षा र स्वतन्त्र व्यापार सम्झौता खतरामा पर्न सक्छ।

प्रदूषणका कारण पाकिस्तानको लाहोरमा विद्यालय बन्द

पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरको आकाश धुलोधुवाँ, प्रदूषण मिश्रित कुहिरोले ढाकिएपछि सरकारले एक हप्ताका लागि प्राथमिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

खैबर ओएसिसमा भेटियो कांस्य युगको पुरातात्त्विक शहर

रोयल कमिसन फर अलउलाले पुरातत्त्वविद्ले साउदी अरबको उत्तर–पश्चिमस्थित खैबर ओएसिसमा कांस्य युगको पुरातात्त्विक शहर पत्ता लगाएको घोषणा गरेको छ।

स्पेनमा बाढीबाट मृत्यु हुनेको संख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइँदै

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढी प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा थप १० हजार सैनिक र प्रहरी खटाइने बताएकी छन्। 

ट्रम्पले अमेरिकी चुनाव जिते युद्ध सहयोग रोकिने चिन्तामा युक्रेनी

रुस–युक्रेन युद्ध तेस्रो वर्षमा प्रवेश गरिरहेका बेला मंगलबार अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदै छ। राष्ट्रपति निर्वाचन अभियानका अन्तिम दिनलाई युक्रेनीले चिन्तापूर्वक हेरिरहेका छन्।

आदिवासीको हितका लागि स्थायी निकाय स्थापना गर्ने प्रकृति सम्मेलनको निर्णय

सम्मेलनमा १९६ देशका प्रतिनिधिले आदिवासी जनता र स्थानीय समुदायसँग सम्बन्धित विषयका लागि समर्पित सहायक निकाय स्थापना गर्न सहमति जनाएका हुन्। 

स्पेनमा बाढीबाट मृत्यु हुनेको संख्या २०० पुग्यो

स्पेनमा बुधबार आएको भीषण बाढीका कारण शुक्रबारसम्म ज्यान गुमाउनेको संख्या २०० नाघेको छ।

युक्रेनमाथि ‘विजय’ नभएसम्म रुसको साथमा रहने उत्तर कोरियाको घोषणा 

युक्रेनमाथि ‘विजयसम्म सधैँ रुसी सेनासँग दृढतापूर्वक उभिने’ विदेशमन्त्री चो सोन-हुईले रुसी समकक्षी सर्गेइसँगको वार्तापछि मस्कोमा घोषणा गरेकी हुन्।

पाकिस्तानमा पोलियोविरुद्ध खोप अभियानमा बम विस्फोटमा ७ जनाको मृत्यु

पाकिस्तानको पश्चिमी क्षेत्रमा पोलियो खोप लगाउनेहरूको सुरक्षार्थ खटिएका प्रहरीलाई लक्षित बम विस्फोटमा परी पाँच बालबालिकासहित सात जनाको मृत्यु भएको छ।

स्पेनको बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह

स्पेनी अधिकारीहरूले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन आग्रह गरेका छन्।