AnonymousUser

Logout

हमासको आक्रमणमा २२ जनाको मृत्यु, इजरायलले भने– हामी युद्धमा छौँ

तेल अवीवस्थित नेपाली दूतावासले अप्ठ्यारोमा परेका नेपाली नागरिकको सहयोग तथा उद्धारका लागि इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।

इजराइलमा हमासको रकेट हमला, आईडीएफद्वारा युद्धको चेतावनी

हमासले गरेको अप्रत्याशित हमलापछि आईडीएफले जवाफी हमला गरेको छ। मुलुकका दक्षिण–मध्यक्षेत्र तथा गाजाका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ।

इरानी अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

महिलामाथि हुने दमनविरुद्ध गरेको संघर्षका लागि इरानकी अधिकारकर्मी नोर्गिस मोहमदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्न घोषणा गरिएको छ।

सिरियामा सैनिक अधिकृतको दीक्षान्त समारोहमा ड्रोन हमला, कम्तीमा १०० जनाको मृत्यु

एक दशकभन्दा लामो समयदेखि सिरियामा गृहयुद्ध चलिरहेको छ। अहिले तत्कालै कुनै पनि विद्रोही समूहले हमलाको जिम्मा लिएका छैनन्। 

युक्रेनमा रुसको आक्रमण, ५१ जनाको मृत्यु

कुपियान्स्क शहरबाट आक्रमण भएको स्थान ३० किलोमिटर दूरीमा छ। जहाँ युक्रेनले युद्धका क्रममा गत वर्ष गुमाएको क्षेत्र फिर्ता लिन प्रयास गरिरहेको छ।

साहित्यतर्फको नोबेल पुरस्कार नर्वेजियन लेखक जोन फोसलाई

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेका लेखक जोन फोसले पाउने भएका छन्।

सिक्किममा बाढी: १४ जनाको मृत्यु, १२० भन्दा बढी बेपत्ता

राङ्पो र आसपासका क्षेत्रका छ हजारभन्दा बढी बाढी प्रभावित मानिसलाई सुरक्षित स्थानमा सारिएको सिक्किम सरकारले जनाएको छ।

सिक्किममा भारी वर्षासँगै आएको बाढीमा २३ भारतीय सेना बेपत्ता

भारतको पूर्वी उत्तरी राज्य सिक्किमको टिस्टा नदी किनारमा रहेको लिचेन उपत्यकामा बुधबार बिहान एक्कासि बाढी आएको थियो। 

अमेरिकी सभामुख केभिन म्याकार्थी पदमुक्त

डेमोक्र्याटको समर्थनमा सरकारी खर्च विधेयक पारित गरेपछि सभामुख म्याकार्थीप्रति आफ्नै दलभित्र असन्तुष्टि बढेको थियो।

चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण 

अर्थशास्त्रीहरूको विश्लेषणअनुसार यस वर्ष पूर्वी एशिया र प्रशान्त क्षेत्रको आर्थिक वृद्धि दर अन्य सबै उदीयमान बजार र विकासशील अर्थतन्त्रको औसतभन्दा बढी छ।

कोरोनाविरुद्धको खोप विकासमा योगदान पुर्‍याउने दुई वैज्ञानिकलाई नोबेल चिकित्सा पुरस्कार

यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरुद्धको एमआरएनए खोप विकासमा संलग्न दुई वैज्ञानिकले प्राप्त गरेका छन्।

फ्रान्समा सार्वजनिक यातायातदेखि सिनेमा हल जताततै उडुसको बिगबिगीः ओलम्पिकमा असर पर्ने चिन्ता

सार्वजनिक यातायातमा चढ्न मान्छेहरू डराउन थालेका छन्। उडुसको संक्रमण हुने डरले यात्रुहरू सिटमा नबसेर उभिएरै यात्रा गर्न थालेका छन्।

मेक्सिकाेमा चर्चकाे छत भत्किँदा ७ जनाकाे मृत्यु

स्थानीय सञ्चारमाध्यमका अनुसार त्यहाँ नामकरण संस्कार भइरहेको थियो।

स्पेनकाे नाइटक्लबमा आगो लाग्दा १३ जनाकाे मृत्यु

मानिसहरूले भरिएका क्लबमा आगलागी भएका कारण मृत्यु हुनेको संख्या बढ्नसक्ने बताइएको छ। आगलागीको कारण भने खुल्न सकेको छैन। 

बन्द हुँदै दिल्लीस्थित अफगानी दूतावास

भारत सरकारको असहयोग र अपमानजनक व्यवहारका कारण दूतावास बन्द गर्न लागिएको अफगानिस्तानले जनाएको छ। 

न्युयोर्कमा शक्तिशाली आँधी: आपत्कालीन अवस्था घोषणा

बाढीका कारण न्युयोर्क शहरका सबैजसो सबवे प्रणाली, सडक र राजमार्ग डुबानमा परेका छन्। 

पाकिस्तानमा विस्फोट हुँदा ५० जनाको मृत्यु

पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएकाहरूलाई लक्ष्य गरी विस्फोट गराइएको बताउँदै गृह मन्त्रालयले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।

४ लाख आप्रवासी ‘ड्यारियन ग्याप’को बाटो हुँदै अमेरिकातर्फ

आप्रवासीका लागि २६५ किलोमिटर लामो जोखिमपूर्ण ड्यारियन ग्यापको बाटो मेक्सिको हुँदै अमेरिका पुग्ने प्रमुख करिडोर बनेको छ।

नेदरल्यान्ड्समा गोली प्रहारबाट ३ जनाको हत्या, बन्दुकधारी पक्राउ 

प्रहरीका अनुसार बन्दुरधारीले पहिले एउटा घरमा आगजनी गरेका थिए। त्यसपछि शहरको मध्यभागमा रहेको मेडिकल सेन्टरमा आक्रमण गरेका थिए। 

पाकिस्तानमा ‘रकेट लन्चर’ विस्फोट: ८ जनाको मृत्यु

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।