क्रेमलिनले असफल विद्रोहमा भाग लिएकाहरूलाई बेलारुस जान प्रस्ताव गरे पनि वाग्नरका सदस्यहरूले आफ्नो देशमा शिविर स्थापना नगरेको बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले बताएका छन्।
जर्मन प्रहरीले आईएस समूहबाट प्रेरित भई जर्मनीमा आतंकवादी हमलाको योजना बनाएको आरोपमा सात जनालाई पक्राउ गरेको छ।
झट्ट हेर्दा थ्रेड्स धेरै हिसाबमा ट्विटर समान देखिन्छ। प्रयोगकर्ताले सन्देशहरू स्क्रोलिङ फिडमा पोस्ट गर्न सक्छन्, जहाँ उनीहरूलाई फलो गर्ने र उनीहरूले फलो गर्ने व्यक्तिले जवाफ दिन सक्छन्।
ईयूका सदस्य राष्ट्र र युरोपेली संसद्ले छलफल गर्ने यो प्रस्ताव वातावरणलाई मजबुत बनाउन भएको ‘ग्रीन डिल’ अभियानको एक हिस्सा हो।
दक्षिणपश्चिम चीनको चोङकिङमा बाढीका कारण ८५ हजार मानिस विस्थापित भएका छन्।
गोली चलाए लगत्तै बन्दुकधारीलाई प्रहरीले पक्राउ गरेको छ। तर, गोली चलाउनुको कारण भने खुलेको छैन।
दुई सेनाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने, नौसेना सञ्चारलाई सुदृढ गर्ने र व्यावसायिक क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा पनि छलफल भएको छ।
फ्रान्समा नाहेल मेर्जोकलाई ट्राफिकको चेक-पोइन्टमा गाडी नरोकेका कारण गोली हानी हत्या गरिएपछि सन् २०१७ मा ट्राफिकलाई बन्दुक प्रयोगको अनुमति दिन परिवर्तन गरिएको दण्डसंहितामाथि प्रश्न उठाइएको छ।
धेरै वर्षअघि भागेर स्वीडेन आएकी ३७ वर्षीय इराकी साल्वान मोमिकाले कुरानका पाना च्यातेर केही पेज जलाएकी थिइन्। यो घटनापछि इरानलगायत केही देशमा स्वीडेनविरोधी प्रदर्शन भएका छन्।
एम्नेस्टीले ‘अन्यायपूर्ण तरिका’ले थुनामा राखिएका ६० जना नागरिकलाई तत्काल रिहा नगरे कोप–२८ को बैठक ‘दमनले कलंकित’ हुने चेतावनी दिएको छ।
राष्ट्रपति म्याक्रोँ आइतबार जर्मनी पुग्ने र सोमबार लुडविग्सबर्ग, बर्लिन तथा ड्रेसडेन शहरको भ्रमण गर्ने कार्यक्रम थियो।
बस दुर्घटनामा बाँचेका आठ जनालाई नजिकैको अस्पतालमा लगिएको र उनीहरू सकुशल रहेको प्रहरीले जनाएको छ।
बुर्किना फासोमा सन् २०१५ यता १० हजारभन्दा बढी सर्वसाधारण, सैनिक र प्रहरीको मृत्यु भइसकेको छ।
पछिल्लो योजनाले सन् २०३७ सम्ममा एनएचएसमा थप ६० हजार चिकित्सक, एक लाख ७० हजार नर्स र ७१ हजार स्वास्थ्यकर्मी थप गर्ने सरकारको अनुमान छ।
सन् २०२२ अप्रिल २ देखि युद्धविराम गर्ने सहमति भएपछि करिब एक वर्ष छिटफुट घटनाबाहेक यमनमा ठूला आक्रमणका घटना भएका थिएनन्।
फ्रान्सको राजधानी पेरिसमा सवारी चालक रहेका १७ वर्षीय किशोरको प्रहरीले गोली हानी हत्याको घटनापछि एक दर्जनभन्दा बढी शहरमा रातभर हिंसात्मक आन्दोलन चर्किएको थियो।
विश्व स्वास्थ्य संगठनको क्यान्सर अनुसन्धान शाखा आईएआरसीले कृत्रिम गुलियोमध्ये ‘एस्पार्टेम’लाई क्यान्सरकारक सूचीमा राख्ने तयारी गरेको छ।
पारिवारिक विवादका कारण आक्रमण भएको र तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बुधबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको र त्यसमा नेपाली रहेको बताइएको छ। मृतक नेपाली सुरक्षा गार्डको नाम र ठेगाना खुलेको छैन।
पुटिनले आफ्नो वर्चस्व कायम राख्ने र कुनै एउटा समूहलाई अधिक शक्तिशाली हुन नदिने रणनीति अनुरूप 'पालेको' यो प्रतिस्पर्धात्मक अन्तर्द्वन्द्व आखिर उनकै लागि घातक/प्रतिकूल सिद्ध भयो।