एकै ठाउँमा अभ्यास गरिरहँदा अभ्यासस्तर राम्रो बनाउन नसकिएकाे भन्दै सरकार र निजी निकायहरूले पूर्वाधार तथा खेलाडीहरूमा लगानी बढाउनुपर्ने उनले बताए।
काठमाडाैँ– एशिया कपमा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार स्वदेश फर्किएको छ। स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सरकारले पूर्वाधारमा लगानी बढाउनुपर्ने बताए।
एकै ठाउँमा अभ्यास गरिरहँदा अभ्यासस्तर राम्रो बनाउन नसकिएकाे भन्दै सरकार र निजी निकायहरूले पूर्वाधार तथा खेलाडीहरूमा लगानी बढाउनुपर्ने उनकाे भनाइ थियाे। यस्तै, उनले भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा भएको र खेलबाट खेलाडीले धेरै कुरा सिकेको पनि बताए।
"इण्डिया र पाकिस्तानसँग खेल्ने रहर जुन थियो, त्यो पूरा भएको छ। सबैले राम्रो महसुस गरिरहका छन्। यो वर्ष हाम्रो लागि राम्रो भयो। हामीले र कोच, समर्थक सबैको साथ र सहयोग पायौँ। विश्वकै उत्कृष्ट बलरले बल फालिँरहँदा हाम्रो तर्फबाट राम्रो खेल्दा पोजेटिभ फिल भइरहेको थियो। नयाँ अनुभव लिएका छौँ," उनले भने, "अब हाइ टाइम भइसक्यो, इन्फास्ट्रक्चरमा लगानी गर्नुपर्छ। एउटै स्ट्रक्चरमा सबैले अभ्यास गरिरहनुपरेको छ। स्पशेली पिचहरू भए, ग्राउण्ड भए प्रिपेशन गर्न सकिन्छ। सबैले खेलाडीमा इन्भेष्ट गरेमा राम्रो हुन्छ।"
सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओपनर ब्याट्सम्यान आसिफ शेखले राम्रो टिमसँग खेलेर राम्रो स्कोर बनाउँदा आत्मविश्वास बढेको बताए। ड्रेसिङ रुममा भारतीय खेलाडीले मेडल लगाइदिँदा गर्व महसुस भएको भन्दै उनले खुशी व्यक्त गरे।
उनले भने, –"राम्रो टिमसँग राम्रो स्कोर गर्दा आत्मविश्वास बढेको छ। विराट कोहोलीले हामीलाई मेडल लगाइदिँदा धेरै नै प्राउड फिल भयो। अन्तिममा उहाँले एउटा मेडल मलाई पनि दिनु मैले क्याच छोडेँ नि त भन्नुभयो।"
विश्वका शक्तिशाली ब्याट्सम्यान र टिमसँग खेलेपछि अब नेपाली खेलाडीहरू कुनै पनि बलियो टिमसँग निर्धक्क भएर खेल्न सक्ने भएको क्यानको बुझाइ छ। एशिया कपमा नेपालले विश्व क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग खेलेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
