टस जितेर पहिला बलिङ गर्ने पाकिस्तानकाे निर्णय

श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर बलिङ गर्ने निर्णय लिएको हो।

काठमाडाैँ– एसिया कप क्रिकेटकाे सुपर फाेर अन्तर्गत भारतविरुद्धको खेलमा पाकिस्तानले पहिला बलिङ गर्दैछ। श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर बलिङ गर्ने निर्णय लिएको हो।

भारत ब्याटिङ गर्नकाे लागि मैदानमा तयार छ। याे खेल भारत र पाकिस्तानबीचकाे  दोस्रो खेल हुनेछ। सेप्टेम्बर–२ तारिखमा भएको समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो। पाकिस्तानले सुपर फोरको पहिलो खेलमा बङ्लादेशलाई ७ विकेटले हराएको थियो । 

सुपर फोरमा भारत बंगलादेश, श्रीलंका, पाकिस्तान र भारत रहेका छन्। आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा 'रिजर्भ डे' राखिएको छ। आज खेल पूरा हुन नसकेमा भोलि हुनेछ।

हिजो भएको खेलमा श्रीलङ्कासँग २१ रनले पराजित बङ्लादेश फाइनल पुग्ने सम्भावना सकिएको छ। भारत र बङ्लादेशबीचको खेल शुक्रबार हुनेछ। सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन्।