समूह विजेता बन्दै सेमिफाइनलमा हङकङसँग खेल्ने आफ्नो लक्ष्य रहेकाे तर, वर्षाको कारण त्यो सम्भव हुन नसकेको उनले बताइन्।
काठमाडाैँ– राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रूविना क्षेत्री बेलबासेले नेपाली महिला क्रिकेट विकास गर्न दीर्घकालीन सोच आवश्यक रहेको बताएकी छन्। मलेसियामा सम्पन्न आईसीसी एशिया क्षेत्र छनोटमा सेमिफाइनलबाटै बाहिरिएपछि उनले दीर्घकालीन सोचको आवश्यकता औँल्याएकी हुन्।
“मलाई दीर्घकालीन सोच आवश्यक छ जस्तो लाग्छ। एक प्रतियोगिता खेल्न जान्छौँ, त्यसको लागि सर्टेन क्याप हुन्छ। त्यसपछि के के भन्ने हुन्छ। त्यसैले हामीलाई धेरै समय दिएको जस्तो लाग्छ। तर, त्योभन्दा अगाडि के गर्दै थियौँ भन्ने कुरा हो नि,” उनले भनिन्, “यो छनोट मिस भयो। अब दुई वर्षपछि आउने छनोटका लागि के गर्ने भनेर अहिलेदेखि नै योजना बनाउनुपर्यो।”
ग्लोबल छनोटमा पुग्ने लक्ष्यसहित मलेसिया पुगेको नेपालले समूह चरणमा मलेसिया, बहराएन, भुटान र कतारलाई पराजित गरेको थियो। तर, यूएईविरुद्धको अन्तिम खेल भने वर्षाको कारण रद्द भयाे। समान ९ अंक भए पनि नेपाल नेटरननेटको आधारमा समूह उपविजेताको रूपमा सेमिफाइनलमा पुगेको थियो। तर, सेमिफाइनलमा थाइल्यान्डसँग ४६ रनले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरियो।
नेपाली टोली सोमबार स्वदेश फर्किसकेको छ। स्वदेश फर्किएपछि कप्तान रुविनाले अभ्यासमा राम्रो राम्रो खेलाडी छानेर लागे पनि मैदानमा टिक्न नसक्दा प्रतियोगिताबाट बाहिरिन परेको बताइन्।
“हामीलाई क्रिकेट खेलाइराख्नुपर्ने हो। त्यसरी खेलाइराखे पो प्लेअरहरू रन गराइराख्न पाइन्थ्यो, १८ बाट होइन २४ बाट खेलाडी छनोट गर्न पाइन्थ्यो। तर, प्रतियोगिता अगाडि छोटो समय हुन्छ, राम्रो गरिरहेका खेलाडी छनोट गर्छौं,” उनले भनिन् “त्योबेलासम्म चलेका खेलाडी प्रतियोगितामा अचानक फ्लप भइदिन्छ। एक खेलबाटै कसरी आशा राख्ने। हामी पनि १०/१२ वर्षदेखि खेलिरहेका छौँ। तर, हामी नै कहिले चल्छौँ, कहिले चल्न सक्दैनौँ।”
यूएईविरुद्धको खेलमा पानीले प्रभाव पार्दा पनि असर गरेको उनकाे भनाइ छ। समूह विजेता बन्दै सेमिफाइनलमा हङकङसँग खेल्ने आफ्नो लक्ष्य रहेकाे तर, वर्षाको कारण त्यो सम्भव हुन नसकेको उनले बताइन्।
“क्रिकेटमा लकको फ्याक्टर पनि हुन्छ। तर, हाम्रो इन्टेन्सन समूह विजेता बनेर सेमिफाइनलमा जाने थियो, पानी पर्दियो। प्लान एक थियो, अर्को भइदियो। त्यसले पनि असर गर्योजस्तो लाग्छ,” उनले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
