चिकित्सकहरूले स्वास्थ्य मापदण्ड पालना नगर्दा कोभिड–१९ सँगै अन्य सङ्क्रमणको जोखिम बढ्ने भन्दै सतर्कता अपनाउन सुझाव दिएका छन्।
काठमाडौँ– निर्वाचनका समयमा उम्मेदवारी मनोनयन दर्तादेखि विजयी जुलुससम्ममा भीड हुन्छ। मंसिर ४ को निर्वाचनका लागि अहिले उम्मेदवारहरू घरदैलो कार्यक्रम र प्रचारप्रसारमा व्यस्त हुँदा जनस्वास्थ्य मापदण्डलाई भने बेवास्ता गरेका छन्।
स्वास्थ्य मापदण्ड पालना नगर्दा कोभिड–१९ सँगै अन्य सङ्क्रमणको जोखिम बढ्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको सुझाव दिएका छन्।
त्यस्तै, शनिबारसम्म पछिल्लो २४ घण्टामा ८ जना कोभिडका नयाँ संक्रमित भेटिएका छन्। कोरोनाको संङ्क्रमणदर घटे पनि जोखिम कायमै रहेको भन्दै लापरबाही नगर्न चिकित्सकले सुझाव दिएका हुन्।
“उम्मेदवारहरूले जनस्वास्थ्यको मापदण्ड पालना गरेको देखिँदैन, जति धेरै हुल र हल्लामा हिँड्नुभयो उति शक्ति प्रदर्शन ठान्दै हिँडिरहनु भएको छ, यसले सरुवा रोगको सङ्क्रमणको जोखिम बढाएको छ”, डा. सागरराज भण्डारी भने, “अहिले हेलचेक्र्याइँ गरे रुघाखोकी, इन्फल्युएञ्जा र कोभिडको परिवर्तित स्वरूपको जोखिम बढ्न सक्छ।”
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक डा. भण्डारीले सभा सम्मेलन समारोह बन्द कोठामा आयोजना नगर्न सुझाव दिन्छन्। चिसोका कारण रुघाखोकीका बिरामी पनि बढ्दै गएको चिकित्सक बताउँछन्।
कोभिड– १९ को सङ्क्रमण शून्यमा झरिनसकेको र मौसमी रुघाखोकी, श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण निरन्तर बढिरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले जानकारी दिए। उनले सभा सम्मेलन र भेलामा सहभागीले खानपानमा समेत विशेष सजग हुनुपर्ने बताउँछन्।
उनले भने, “जाडो महिना शुरू हुँदैमा झाडापखाला लाग्दैन भन्ने नसोचौँ । जथाभाबी खानपानले वान्ता र झाडापखालाको सङ्क्रमण हुन सक्छ।”
रुघाखोकी ज्वरोको लक्षण देखिएको शङ्कास्पद व्यक्ति भीडमा सहभागी नहुन चिकित्सकहरूको सुझाव छ। साथै सकेसम्म सामाजिक दूरी कायम राख्ने, मास्क प्रयोग गर्न र सरसफाइमा ध्यान दिनुपर्ने उनीहरू बताउँछन्।
उम्मेदवार, दलसँगै निर्वाचनमा सहभागी हुने कर्मचारीले पनि स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने चिकित्सकको सुझाव छ। प्रत्येक नागरिकले आफ्नो स्वास्थ्यसँगै अरूको पनि ख्याल गर्नुपर्ने र त्यसका लागि जनस्वास्थ्य मापदण्ड पालना गर्नु नै पहिलो सर्त हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक डा. भण्डारीले भण्डारीको राय छ।
यता, निर्वाचन आयोगले भने स्वास्थ्य सतर्कता अपनाउन आफूहरू लागिपरेको बताउँछन्। “हामी स्वास्थ्य मापदण्डमा सचेत छौँ। राजनीतिक दल र उम्मेदवारलाई स्वास्थ्य मापदण्ड पालना गर्न गराउन आचारसंहितामै उल्लेख छ”, आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल भने, “आयोगले मतदान केन्द्रमा ‘स्यानिटाइजर’ र मास्कको वितरणसमेत गरेको छ। सामाजिक दूरी कायम राख्न हामीले आग्रह गर्दै आएका छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
