शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले ऐनकानूनबिना लोकतन्त्रको अभ्यास नहुने भन्दै संविधानको कार्यान्वयनका लागि शिक्षा ऐन पारित हुनुपर्ने उल्लेख गरे।
काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारले प्रयत्न गरिरहेको बताएका छन्।
मंगलबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री राईले शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गर्दै वार्तामार्फत गुनासो समेट्ने प्रयत्न गरिने बताएका हुन्। उनले शिक्षकहरूको मागका सन्दर्भमा समस्याको निकास खोजिने बताए। उनले ऐनकानूनबिना लोकतन्त्रको अभ्यास नहुने भन्दै संविधानको कार्यान्वयनका लागि शिक्षा ऐन पारित हुनुपर्ने उल्लेख गरे।
मन्त्री राईले संसद्ले छलफल नै गर्न नपाई संसद्मा दर्ता मात्रै भएको आधारमा केही सरोकारवाला निकायहरूले आपत्ति जनाएको बताए। उनले संविधान जारी भएको आठ वर्षसम्म पनि विद्यालय शिक्षा ऐन बन्न नसकेको भन्दै ढिलै भए पनि शिक्षा विधेयक संसद्मा प्रवेश गरेको बताए।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारीले समतामूलक समाज निर्माणमा शिक्षाले अहम् भूमिका निर्वाह गरेको बताइन्। उनले संविधान कार्यान्वयनका लागि शिक्षा विधेयक अपरिहार्य रहेको उल्लेख गरिन्। संविधानले दिएको अधिकार उपभोग गर्न नयाँ शिक्षा ऐन कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ।
उनले विधेयकमा धेरै नै परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि संसदीय समितिमा संशोधन हालेर परिमार्जन गरेर अगाडि बढाउन सकिने उल्लेख गरिन्। उनले मानव विकास सूचकांकमा पछाडि परेका समुदायको शिक्षाको स्तर बढाउन जरुरी रहेको बताइन्। संविधान कार्यान्वयनका लागि संघीय शिक्षा विधेयक संसद्बाट परिमार्जनसहित पारित गर्नुपर्ने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
