आन्दोलनका लागि ७७ वटै जिल्लाबाट करिब ५० हजार शिक्षक काठमाडौँ आएको नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले बताइन्।
काठमाडौँ– शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघले बुधबारदेखि काठमाडौँ केन्द्रित आन्दोलन थालेको छ। आन्दोलनका लागि देशभरबाट शिक्षकहरू काठमाडौँमा भेला भएका छन्।
७७ वटै जिल्लाबाट करिब ५० हजार शिक्षक काठमाडौँ आएको महासंघका अध्यक्ष कमला तुलाधरले बताइन्। “देशभरबाट साथीहरू काठमाडौँ आइसक्नुभएको छ। हामी शान्तिपूर्ण सडक प्रदर्शन गर्छौँ,” उनले उकालोसँग भनिन्, “माग सम्बोधन नभएसम्म आन्दोलन रोकिँदैन।”
शिक्षकहरूले सरुवा, बढुवा, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलन घोषणा गरेका हुन्। संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तह मातहत राख्ने व्यवस्था गरेको छ।

यो व्यवस्थाप्रति शिक्षकहरूको असन्तुष्टि छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार महासंघलाई वार्तामा बोलाएको थियो। तर महासंघले वार्ता अस्वीकार गरेको थियो। शिक्षामन्त्री र मन्त्रालयका अधिकारीसँग वार्ता गरेर समस्याको समाधान ननिस्किने भएकाले वार्तामा नगएको अध्यक्ष तुलाधरको भनाइ छ।
पटक–पटक ज्ञापनपत्र बुझाउँदासमेत वास्ता नगरेकाले मन्त्रालयसँग वार्ता गर्नुको औचित्य नरहेको उनको भनाइ छ। महासंघले मंगलबारको शिक्षा दिवसको कार्यक्रम पनि बहिष्कार गरेको थियो।

शिक्षहरूको आन्दोलनको कारण देशभरका विद्यालय ठप्प भएका छन्। तर, आफूहरूको आन्दोलनले विद्यार्थीलाई मार नपर्ने उनको भनाइ छ। “विद्यार्थीको पढाईमा असर पुर्याउँदैनौँ। अहिलेको क्षतिपूर्ति हुनेगरी पछि बिदाको समय पनि पढाउँछौँ,” अध्यक्ष तुलाधरले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
