यसअघि नेपाली टोलीले केल्मीको किट्स लगाउँदै आएको थियो। तर, बक्यौता दिन ढिलासुस्ती गरेपछि केल्मीले आफ्नो तीन वर्षे सम्झौता सकिएपछि नवीकरण गरेको थिएन।
काठमाडाैँ– अखिल नेपाल फुटबल संघ (एन्फा)ले बक्यौता नदिँदा नेपाली राष्ट्रिय टोलीको मुख्य प्रायोजक केटीएम सिटीले यू-१९ टोलीलाई किट्स अर्थात् जर्सीलगायत खेलाडीहरूकाे लागि आवश्यक सामग्री दिन अस्वीकार गरेको छ।
नेपालले बिहीबार साफ यू-१९ च्याम्पिनसिपअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५:३० बजे पाकिस्तानसँग खेल्दै छ। तर, खेलको अघिल्लो दिनसम्म केटीएम सिटीले खेलाडीलाई किट्स नदिएको एन्फाका एक पदाधिकारीले बताए।
“बक्यौता बाँकी थियो। त्यो उपलब्ध गराइदिन एन्फालाई ताकेता गरेको थियो। ढिलासुस्ति भएपछि केटीएम सिटीले प्रतियोगिताका लागि उपलब्ध गराउनुपर्ने किट्स रोक्दिएको हो,” ती पदाधिकारीले भने।
यसअघि नेपाली टोलीले केल्मीको किट्स लगाउँदै आएको थियो। तर, बक्यौता दिन ढिलासुस्ती गरेपछि केल्मीले आफ्नो तीन वर्षे सम्झौता सकिएपछि नवीकरण गरेको थिएन। त्यसपछि एन्फाले खुल्ला प्रतिस्पर्धामार्फत् राष्ट्रिय टोलीको किट्स निर्माणका लागि आह्वान गरेको थियो। एडिडासहित चार ब्रान्डले आवेदन दिएपनि एन्फाले शेर्पा आउटडोरको केटीएम सिटी रोजेको थियो। एन्फाले शेर्पा आउटडोरसँग तीन वर्षको लागि सम्झौता गरेको थियो। तर, कार्यमसितिले उक्त सम्झौता खारेज गरेको थियो।
शेर्पा आउटडोरले वार्षिक १ करोड ५० लाख रुपैयाँ बुझाउने गरि राष्ट्रिय टोलीलाई प्रायोजन गरेको छ। त्यहीमध्येको केही रकम एन्फाले नदिएको ती पदाधिकारी बताउँछन्।
“वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई यस्तो हुन्छ भनेर बिहानै थाहा रहेछ। उहाँले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई पनि जानकारी दिनुभएको थियो रे,” उनले भने,“केटीएम सिटीका प्रतिनिधिले १ करोडको चेक मागेका छन्। नत्र प्रतियोगिताको लागि किट्स दिन्नौँ भनेका छन्।” केटीएम सिटीले यू-१९ टोलीलाई अभ्यास किट्स भने यसअघि नै दिइसकेको छ।
वरिष्ठ उपाध्यक्ष खड्काले पनि अध्यक्ष नेम्वाङ र महासचिव राईलाई आफूले जानकारी दिएको स्वीकारे। “अध्यक्ष र महासचिवज्यूलाई बिहानदेखि नै पटकपटक जानकारी गराएको थिएँ। तर, उहाँहरूले के गरिरहनुभएको छ मलाई थाहा छैन।”
राष्ट्रिय टोली तयारी समितिका संयोजक मनिष जोशीले केटीएम सिटीले किट्स ल्याइदिन्छु भनेको बताए। “सामान आएकाे छैन, तपाईंसँग झुट के बाेल्नु। मैले आफैले किनेर पनि दिन्थेँ तर नमिल्ने रहेछ। केटीएम सिटीले भोलिसम्म ल्याइदिन्छु भनेको छ। हेराैँ, ल्याइदिन्छ कि।”
यता, एन्फा महासचिव किरण राईले किट्स आइपुगेको दाबी गरे। “आइसक्यो आइसक्यो। कसले भन्यो फेरि आएन भनेर? महासचिवले नै आइसक्यो भनेपछि सकिएन र?” उनले भने, “खेलाडीले जर्सी र किट्स नपाएको भन्ने हल्ला मात्रै हो। त्यस्तो कुनै समस्या छैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
