छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, शिक्षासचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरलगायत शिक्षक प्रतिनिधि सहभागी थिए।
काठमाडौँ– आन्दोलनरत शिक्षक र सरकारबीच भएको छलफल निष्कर्षविहीन भएको छ।
गृह मन्त्रालयमा बिहीबार बिहान भएको छलफलमा कुनै सहमति नजुटेको नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले बताइन्। “गृहमन्त्रीले बोलाउनुभएको थियो। शिक्षकका मागमा सरकार सकारात्मक रहेको उहाँले जानकारी गराउनुभयो। तर, कुनै सहमति भने भएन,” उनले उकालोसँग भनिन्। आफूहरूको आन्दोलन भने जारी रहेको अध्यक्ष तुलाधरले बताइन्।
बिहान ८ बजेदेखि भएको छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, शिक्षा सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरलगायत शिक्षक प्रतिनिधि सहभागी थिए।
यसअघि मंगलबार शिक्षा मन्त्रालयले बोलाएको वार्ता अस्वीकार गरेर शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन शुरू गरेका थिए। उनीहरूले बुधबार देशभरका विद्यालय बन्द गरेर काठमाडौँमा शक्ति प्रदर्शन गरेका थिए।
संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरू आन्दोलित बनेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
