यसअघि बिहीबार बिहान सरकारले आन्दोलनरत शिक्षकका प्रतिनिधिसँग छलफल गरेको थियो। गृह मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन भएको थियो।
काठमाडौँ– शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै सामुदायिक विद्यालयका शिक्षकहरू बिहीबार पनि सडकमा उत्रिएका छन्।
नेपाल शिक्षक महासंघको अगुवाइमा विद्यालय बन्द गरी शिक्षकहरू आन्दोलित भएका हुन्।

आन्दोलनका लागि देशभरबाट करिब ५० हजार शिक्षक काठमाडौँमा आएको महासंघका अध्यक्ष कमला तुलाधरले बताइन्। सरकारले आफूहरूको मागमाथि बेवास्ता गरेकाले काठमाडौँ केन्द्रित आन्दोलन गरेको उनको भनाइ छ।
यसअघि बिहीबार बिहान सरकारले आन्दोलनरत शिक्षकका प्रतिनिधिसँग छलफल गरेको थियो। गृह मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई र शिक्षकबीच भएको छलफल निष्कर्षविहीन भएको थियो।

शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन गर्न नसकेको महासंघको भनाइ छ।

यसअघि मंगलबार महासंघले शिक्षा मन्त्रालयले बोलाएको वार्ता अस्वीकार गरेको थियो। सरकारले आफूहरूको माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने महासंघका अध्यक्ष तुलाधरले बताइन्।
शिक्षकहरूको आन्दोलनका कारण नयाँ बानेश्वर, बबरमहल, माइतीघर, तीनकुनेलगायत स्थानको सवारी आवागमन अस्तव्यस्त बनेको छ।



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
