समूह ‘बी’को पहिलो खेलमा भारतले साबिक उपविजेता बंगलादेशलाई ३–० गोल अन्तरले पराजित गरेको छ।
काठमाडौँ– साफ यू–१९ च्याम्पियनसिपमा साबिक विजेता भारतले विजयी शुरूआत गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न समूह ‘बी’को पहिलो खेलमा भारतले साबिक उपविजेता बंगलादेशलाई ३–० गोल अन्तरले पराजित गरेको हो।
खेलको ३३ सेकेन्डमै भारतले अग्रता लिएको थियो। भारतका लागि गवामसार गोवारेले डिबक्स भित्रबाट गोल गरे। खेलको ४०औँ मिनेटमा बंगलादेशले खेलमा फर्किने अवसर गुमायो। राजु अहमद जिशानले करिब ३५ यार्डबाट माथिल्लो बारमा गरेको प्रहार भारतका गोलरक्षक लिओनल डेरिल रिम्मिइले मुस्किलले पञ्च गरेर बचाए।
तर, पहिलो हाफको इन्ज्युरी समयमा भारतले अग्रता दोब्बर बनायो। मिडफिल्डबाट आएको बललाई नियन्त्रणमा लिँदै नोब्बा मिथाई पांगम्बामले बंगलादेशी डिफेन्डरलाई बिट गर्दै गोल गरे।
खेलको ५२औँ मिनेटमा बंगलादेशका अनिक सुबानले गरेको प्रहार भारतीय गोलरक्षक लिओनलले सहजै बचाए।
६७औँ मिनेटमा भारतले अग्रता तेब्बर बनाएको थियो। गोवारेले मध्य भागभन्दा तलबाट दिएको बललाई नोब्बाले रनिङमा गोल गरेका थिए। तर, सहायक रेफ्री साहिम हुसेनले अफ साइडको झन्डा उठाइदिए। भारतका मुख्य प्रशिक्षक सुभेन्दू पाण्डाले आपत्ति जनाए पनि रेफ्री नदिम अलि निर्णयमा अडिग रहे।
निर्धारित समय सकिनै लाग्दा भारतले अग्रता ३–० मा पुर्यायो। भारतका लागि अर्जुन सिंहले गोल गरे।
गत वर्ष भुवनेश्वरमा सिंगल राउन्ड रोबिनमा आयोजना भएको साफ च्याम्पियनसिपमा बंगलादेश र भारतको समूह चरणमै भेट भएको थियो। उक्त भेटमा बंगलादेशले घरेलु टोली भारतलाई २–१ गोल अन्तरले पराजित गरेको थियो।
अनि, श्रीलंका, मालदिभ्स र भारतलाई पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान पक्का गरेको थियो। नेपालसँग भने बंगलादेश १–१ गोलको बराबरीमा रोकिएको थियो।
फाइनलमा भने भारतले पुनरागमन गर्दै ५–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो। यता, भारतले समूह चरणमा श्रीलंका, नेपाल र मालदिभ्सलाई पराजित गरेको थियो।
अब भारतले समूह चरणको दोस्रो खेल भुटानसँग शनिबार खेल्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
